Butwal Today

गण्डक बाँधका सबै ढोका खोलियो

२९ श्रावण २०८०, सोमबार
अ+
अ-

सुनवल, २९ साउन ।

लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक बाँधका सबै ढोका खोलिएको छ । पानीको वहावले सतर्कता तह पार गरेपछि ३६ वटै ढोका खोलिएको गण्डक बाँधका भूआर्जन अधिकारी अमित खड्काले जानकारी दिए ।

ब्यारेजमा अहिले प्रतिसेकेन्ड ३ लाख १० हजार क्युसेक पानीको वहाव छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको वहाव पुगेपछि खतराको सुचक मानिन्छ । पानीको बहाव बढ्ने क्रममा रहेकाले नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नारायणी नदीका कारण पश्चिम नवलपरासीका २२ गाउँ डुबानको जोखिममा पर्दै आएका छन् ।