ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

पार्टीको सन्देश घरघरमा पु-याऔंः कृष्णबहादुर महरा

२९ श्रावण २०८०, सोमबार
२९ श्रावण २०८०, सोमबार

चन्द्रौटा (कपिलवस्तु), २९ साउन ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको एजेण्डा बोकेर सबै नेता तथा कार्यकर्ताहरू घरदैलो अभियानमा लाग्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रले सुरु गरेको तीन महिने अभियान सफल बनाउन उनले आम नागरिकको घरघरमा पुग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटास्थित मदरसाको सभाहलमा कार्यकर्तासँग भेट गर्दै महराले पार्टीको सन्देशलाई आम जनतासामु लैजानुपर्ने बताए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको सकारात्मक सन्देश आम नागरिकसामु पु¥याउने अभियानमा जुट्न अपिल गरे । कार्यक्रमा माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी र आम नागरिकबीचको सम्बन्ध सुधार्न तीन महिने अभियान सुरूवात गरिएको बताए । प्रदेश इन्चार्ज शाक्यले जनताको मन जित्न नेता र कार्यकर्ताहरू घरदैलो अभियानमा सक्रिय भई लाग्न निर्देशन दिए ।

मदरसा बोर्ड लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशहुद खाँ ’नेपाली’ ले अल्पसंख्यक मुस्लिम समुदाय राज्यको सेवासुविधाबाट बन्चित भएको दुखेसो पोखे । साढे १३ सय धार्मिक विद्यालयमा अध्यापन गराउने धर्मगुरूलाई नयाँ शिक्षा ऐनले उपेक्षा गर्नु दुःखदायी रहेको उनले औंल्याए । आफ्नै पार्टीको सरकारले पनि मुस्लिम समुदायलाई समेट्न नसकेको उनले गुनासो गरे ।

भेटघाट कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं पार्टी नेता अनुप कुमार चौधरीले जिल्लाका उखु कृषकहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको गुनासो गरे । उखु किसानको समस्या लिएर काठमाडौंमा गई आन्दोलन गर्दा समेत आफ्नै पार्टीबाट साथ नपाउँदा जनविश्वास घट्दै गएको औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?