Butwal Today

सुन तस्करी र संसद् अधिवेशनबारे एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

२८ श्रावण २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२८ साउन । नेकपा एमालेले सुन तस्करी प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो १२ः४५ बजे उक्त विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको हो ।

वर्तमान समसामयिक राजनीतिक, संसद्को गतिरोध लगायत विषयमा पार्टीको औपचारिक धारणा सार्वजनिक गरिने केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।
सुन तस्करी प्रकरणमा माओवादी केन्द्रकाा नेताहरुको नाम जोडिंदा सरकारले छानवीन नगर्ने तर विपक्षीका हकमा प्रतिशोध सांधेर अघि बढेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?