Butwal Today

युवा संघद्वारा वृक्षारोपण र डेंगुविरुद्ध सचेतना

२८ श्रावण २०८०, आइतबार
अ+
अ-

भैरहवा,२८ साउन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले वृक्षारोपण तथा डेंगु रोग विरुद्ध सचेतना कार्यक्रम गरेको छ ।

युवा संघले शनिबार सिद्धार्थनगर–१२ स्थित स्वर्गद्वारी घाटमा वृक्षारोपण तथा डेंगु रोगविरुद्ध सचेतना कार्यक्रम गरेको हो । एकमहिने वृक्षारोपण कार्यक्रम अभियान अन्तर्गत वृहत वृक्षारोपण कार्यक्रम तथा सचेतना कार्यक्रम शुभारम्भ गरिएको राष्ट्रिय युवा संघ सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यले बताए । कार्यक्रममा १५१ वटा विरुवा रोपिएको आचार्यले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थैवले युवा संघले सामाजिक कार्यहरुलाई निरन्तरता दिएको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरी, केन्द्रीय सदस्य केशव रोक्का, किरण नेपाल, मनोज गौचन, कल्पना पांडे मगर, एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन गिरी, एमाले सिद्धार्थनगर उपसचिव तथा सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङ, युवा संघ रुपन्देहीका अध्यक्ष विकासजंग बस्नेत, सिद्धार्थनगर इञ्चार्ज विशाल श्रेष्ठलगायतले युवा संघले राजनीतिसंगै सामाजिक र मानवीय सेवाका कामहरु पनि गर्नुपर्नेमा जोड दिए ।