© 2026
काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यक औँल्याएका छन् । आइतबार सबेको संसदीय दल बैठकमा कोइलालाले उच्चस्तरीय समिति बनाएर सुन प्रकरणमाथि छानबिन गरिनुपर्ने बताए।
प्रचण्डको सचिवालयमा काम गर्ने अर्थ मन्त्रालयका एक कर्मचारी एक साता पहिले राजश्व अनुसन्धानको महानिर्देशक भएर गएपछि सुन समातिएको भन्दै डा. कोइरालाले यही कारण सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक रहेको बताए ।
सुन कुन देशबाट नेपाल भित्रिएको हो र ती देशहरूलाई सरकारले पत्राचार गरेर बुझ्यो कि बुझेन भन्ने कोइरालाको प्रश्न थियो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गरेकोबारे पनि सोच्नुपर्ने उनको भनाइ छ ।
यस्तै उनले लुम्बिनी विकास कोषको उपाध्यक्षमा सरकारले विवादित व्यक्ति ल्यारक्याल लामालाई नियुक्त गरेकोमा पनि कोइरालाले विरोध गरे ।