Butwal Today

मन्त्रीद्वय किंराती र मोदी आउट, नयां दुई मन्त्रीको सपथ आजै

२८ श्रावण २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२८ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। उनले माओवादी केन्द्र र जनमत पार्टीबाट एक(एकजना मन्त्रीको शपथग्रहण गराउने तयारी गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले आजै शपथग्रहण गराउने तयारी गरेको स्रोतले जानकारी दियो। उनी चितवनमा रहेकाले काठमाडौं फर्किएपछि मन्त्री नियुक्तिको पत्र राष्ट्रपतिलाई पठाउनेछन्। राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको पत्र आएपछि शपथग्रहण गर्ने जनाएको छ।
माओवादीबाट हितबहादुर तामाङ र जनमतबाट अनितादेवी मन्त्री बन्दै छन्। प्रधानमन्त्री प्रचण्डले पर्यटनमन्त्री सुदन किराँती र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी गरेको छ।

प्रधानमन्त्री सचिवालय स्रोतले उनी चितवनबाट फर्किएपछि नवनियुक्त मन्त्रीहरुलाई शपथग्रहण गराउने जानकारी दियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?