ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

‘कुनै पनि पीडितले अन्याय सहनु हुँदैन’— न्यायाधिस कार्की

२८ श्रावण २०८०, आइतबार
२८ श्रावण २०८०, आइतबार

दाङ,२८ साउन । जिल्ला अदालत दाङका न्यायाधीश कृपासुर कार्कीले सही सत्य र तथ्यमा आधारित भई न्याय सम्पादनमा ध्यान दिनुपर्ने बताए । नेपालमा चिकित्सा लापरवाही र चिकित्सा उपचारसंग सम्बन्धित अपराधमा कानूनी व्यवस्था बारेमा घोराहीमा आईतबार आयोजित कार्यक्रममा न्यायाधीश कार्कीले जिम्मेवार रुपमा न्याय सम्पादन हुन सकेको अवस्थामा कुनै पनि पीडितले अन्याय सहनु नपर्ने बताए ।

उनले भने,‘जनहीत हुने गरी कानूनले निर्देशित कुरामा रहेर न्यायपालिकाले कार्य सम्पादन गरेको अवस्थामा मात्रै कोही कसैले प्रश्न गर्ने ठाउँ रहँदैन । यसमा हामी सबै सजग रहनुपर्छ । किनभने हरेकले न्यायको अन्तिम भरोसा न्यायालयसँग गरेको हुन्छ । यसमा हामी कुनै पनि अवस्थामा प्रभावित हुन मिल्दैन र गर्नु पनि हुँदैन ।’

पछिल्लो समयमा उपचारका क्रममा हुने त्रुटीलाई लिएर न्यायालयसम्म पुग्ने गरेका घटना बढ्दै गएको प्रति उनले चासो व्यक्त गरे । ‘सकेसम्म कोही पनि न्याय माग्न अदालत धाउनुु नपरोस् भन्ने तर्फ नै लाग्नुपर्छ तर यति हुँदाहुँदै पनि मानिसलाई अन्याय भएको महसुस भएको अवस्थामा अदालतले न्याय दिन बिलम्ब गर्नुहुँदैन । यसका लागि न्याय सम्पादनको सबै श्रोत, प्रमाणका आधारमा गर्नुपर्छ’, उनले भने । बिरामीको उपचारका क्रममा हुने हेलचक्र्याइँ वा लापरवाहीका बारेमा स्पष्ट हुन सकेको अवस्थामा धेरै समस्या त्यहीबाट समाधान हुने र अदालती प्रकृयामा पनि न्याय सम्पादन गर्न सहज हुने बताए । ‘इलाजसम्बन्धी कानुनमा पछिल्लो अभिलेखलाई सबैले आत्मसात गरेर अघि बढ्ने सन्दर्भमा कानून व्यवसायी, सरोकार निकाय र आम नागरिक पनि यस बारेमा जानकार हुनुपर्छ, उनले भने, कानूनलाई कोही कसैले हातमा लिएर काम गर्नुहुदैन। यसका लागि सही न्याय निरुपण गर्न पहिलो दायित्व कानून व्यवसायीहरुको पनि हो ।’

चैतन्य कानूनी सेवा तथा अनुसन्धान केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङ शाखा र नेपाल बार एशोसियसन घोराहीको सहजीकरणमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष दुर्गालाल केसी, जिल्ला प्रहरी कार्यालय दाङकी प्रहरी निरिक्षक मिरा खड्का, बार एशोसिएसन घोराहीका मुरली घिमिरेलगायत बोलेका थिए । सेमिनारमा चैतन्य कानूनी सेवाका निकेश लम्सालले मेडिकल उपचारका क्रममा आई पर्ने समस्या, यसका कानूनी अवस्था, विद्यमान कानूनी प्रावधानका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी, कानुन व्यवसायी र संचारकर्मीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?