ट्रेंडिंग:

>> कर्णालीसँगको प्रतिस्पर्धात्मक खेलमा चितवन विजयी >> वर्तमान सरकारले देशलाई लोकतान्त्रिक मार्गबाट विचलित पार्न खोज्यो : झाँक्री >> च्यासलमा बस्यो एमाले संसदीय दलको बैठक >> ओलीले अब गर्न बाँकी काम एमालेलाई कहिल्यै उठ्न नसक्ने बनाउनु हो : घनश्याम भुसाल >> विशेष महाधिवेशनबारे छलफल गर्न गगन-विश्वले शेखरलाई भेट्दै >> विप्लव नेतृत्वको पार्टीको नाम फेरियो >> सरकारले क्याबिनेटबाटै सहकारीसम्बन्धी रिपोर्ट पुर्नविचार गरोस्: स्वर्णिम वाग्ले >> नेत्रहीन महिला टी–२० विश्वकप : नेपालसँग पाकिस्तान १० विकेटले पराजित >> दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति >> नेपाल औषधि लिमिटेडद्वारा ९ प्रकारका औषधि उत्पादनको तयारी >> सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक >> पन्चलको अर्धशतकमा कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य >> कांग्रेसका विशेष महाधिवेशन पक्षधरसँग प्रधानमन्त्री कार्कीको भेट >> दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिल कार्यालय लगियो >> आगामी दुई दशकमा साढे ४२ हजार जहाज आवश्यक पर्ने अनुमान >> तोलामा ३ हजार ८ सय घट्यो सुन >> दिवंगत पत्रकार रजककी श्रीमतीलाई सरकारले दियो रोजगारी >> चितवनविरुद्ध कर्णालीका पन्चलले पूरा गरे अर्धशतक >> आगामी निर्वाचन अघि नै पार्टीको नियमित महाधिवेशन हुनुपर्छ: शेखर कोइराला >> राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइट ह्याक >> अपडेट : दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने तयारी >> महान्यायाधिवक्ता विरूद्धको रिट न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा >> जसपाको कार्यकारिणी समिति बैठक आज पनि >> दुर्गा प्रसाईं पक्राउ परेपछि उपत्यकाको सुरक्षा व्यवस्थामा कडाइ >> कतारमा बृहत् “रक्तदान कार्यक्रम” हुँदै >> आन्दोलनको तयारीमा रहेका दुर्गा प्रसाईं पक्राउ >> निर्माण थालेको ५ वर्षपछि नयाँ भवनबाट सेवा  >> ‘अब दृष्टिकोण बदल्ने समय आएको छ’ >> खाद्यवस्तुमा मिसावट बढ्दो: मारमा उपभोक्ता ! >> वायु प्रदूषणको बढ्दो चिन्ता  >> रुपन्देहीबाट सडक उपभोग दस्तुर सङ्कलन पुनः सुरु >> सरकार बदमास कि ठेकेदार ? नापीमा सरासर, मालपोतमा मनपरी ! >> श्रीराम आधारभूत विद्यालयमा बाल विकास केन्द्रका ४० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण >> अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबी र ट्रिप्पर नियन्त्रणमा >> निगमको जहाज अबदेखि डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने >> एनपीएल उद्घाटन खेलमा काठमाडौँको जित >> नेप्से बढ्यो, ४ कम्पनीको मूल्य १० प्रतिशतले उकालो >> काठमाडौं–गोर्खाजले टस जितेपछि जनकपुर बोल्ट्सले ब्याटिङ रोज्यो >> वायुसेवा निगमको बैठकमा कामू महाप्रबन्धक कालाखेतीले काम गर्न नसकिने घोषणा >> नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्यो >> प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनासम्बन्धी रिट दर्ता >> बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय >> राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब >> सर्वोच्चले मधेसका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न आदेश >> प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगमा ६ राजनीतिक दल दर्ता >> एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस >> अनेरास्ववियुका अध्यक्ष कडरिया पदबाट हटे, जिम्मेवारी महासचिव धामीलाई >> कात्तिक महिनामा १४ अर्बले घट्यो राजस्व संकलन >> मानवताविरुद्धको अपराधमा शेख हसिना दोषी ठहर >> आफ्नै घरबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

अन्तर्राष्ट्रिय युवा दिवसः शिवराजको चन्द्रौटामा नगर स्तरीय वक्तृत्वकला र वृहत सरसफाई

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

चन्द्रौटा (कपिलवस्तु), २७ साउन ।

अन्तर्राष्ट्रिय युवा दिवस कपिलवस्तुको चन्द्रौटामा भव्यताका साथ मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नव प्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने मूल नारासहित नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा वृहत सरसफाई गरी दिवस मनाइएको हो । शिवराज नगरस्तरीय आशा सञ्जालको आयोजना, शिवराज नगरपालिकाको समन्वय र किर्डाक नेपालको सहयोगमा युवा दिवस मनाइएको सञ्जालका सागर थारुले बताए ।

कार्यक्रम पूर्वसन्ध्यामा युवाहरुले प्लेकार्ड, ब्यानर बोकी ¥याली सहित चन्द्रौटा बजार सरसफाई गर्दै कोणसभामा परिणत भएकाे जनाइएको छ । कोणसभामा ’लागूपदार्थ दुव्र्यसनी न्युनिकरणमा युवा तथा सरोकारवालाहरुको भूमिका‘ विषयक वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा शिवराज नगरपालिकाका विभिन्न वडामा गठित विभिन्न आशा सञ्जालका ९ जनाले भाग लिएका थिए । प्रतियोगितामा बालापुर आशा सञ्जालका रमेश विश्वकर्मा प्रथम पुरस्कार हात पारे । भने थुन्हिया आशा सञ्जालका युवराज प्रसाद चौधरी दोस्रो र शिवपुर आशा सञ्जालकी राधा खनाल तेस्रो स्थान ल्याउन सफल भए ।

लुम्बिनी प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.ले कार्यक्रमलाई सम्बाेधन गर्दै अबको युवा कृषि र उद्यमशिलतातर्फ उन्मुख हुनुपर्नेमा बताए । पछिल्लो समय युवापुस्ता दुव्र्यसनतर्फ आकर्षिक हुँदै गएकोप्रति सभासद के.सी.ले चिन्ता व्यक्त गरे । सभासद के.सी.ले युवाहरुलाई शिक्षा र रोजगारतर्फ उन्मुख गरी उद्यमशील बनाउन सके दुव्र्यसन मुक्त समाज बनाउन सकिनेमा जोड दिए । दुव्र्यसन मुक्त समाज निर्माणमा दिवसले युवायुवतीहरुमा उर्जा प्रदान गरोस्, के.सी.ले शुभकामना व्यक्त गरे । यसैबीच कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष नेत्रप्रसाद बेल्बासेले उत्कृष्ट प्रतियोगीलाई सफलताको शुभकामना दिए ।

कार्यक्रमले प्रतियोगीको अन्तरनिहीत क्षमता प्रस्फुटनमा ठूलो टेवा पुग्ने वडाध्यक्ष बेल्बासेले बिचार व्यक्त गरे । युवाहरु सक्रिए भए मात्र समाजको समृद्धि हुने वडाध्यक्ष बेल्बासेले विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष रामबहादुर चौधरीले कार्यक्रमबाट युवाहरुमा उर्जा थप्ने बताए । देशविकासका सम्बाहक नै युवा भएकाले देशको समृद्धि र विकासका लागि युवाहरु जागरुक हुनुपर्ने बताए । यस्तै कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य महादेव पोखरेलले युवामैत्री समाज निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको बताए । गलत बाटोमा लागेका युवाहरुलाई सही बाटोमा ल्याउन युवाहरुले नै कदम चाल्नुपर्ने पोख्रेलले जोड दिए ।

महिला मानव अधिकारकर्मी मीना परियारले सबै संघसंस्थाहरुलाई एकीकृत गरी युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने धारणा राखिन् । कार्यक्रममा राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु शाखा सभापति विष्णुप्रसाद खतिवडा, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्ती लगायत विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न आशा सञ्जालका किशोरकिशोरी, किर्डाक नेपालका सामुदायिक विकास अधिकृत विनोद केवट लगायतले कार्यक्रमलाई सम्बाेधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?