ट्रेंडिंग:

>> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क

होमस्टेले यसरी फेरियो पूर्व कमैयाको जीवनस्तर

जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे । अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया पनि लगाउन छोडिसकेका छन् । दंगाली होमस्टे सञ्चलन गरेकी फूलमति थारु भन्छिन् ‘आफ्नै खेतमा पनि खेती गर्ने समय छैन, अव अँधिया खेती गर्ने त कुरै छैन ।’
२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

नेपालगञ्ज, २७ असार ।

बाबुराम थारुले बाँकेको गाभर फाँटमा होमस्टे सञ्चालन गरेको करिव ७ बर्ष पुग्न लाग्यो । सुरुवात गरेदेखि पाहुना झन् झन् बढ्दै गएका छन् । ‘पाहुना आउनुहुन्न भन्ने दिन नै छैन, नेपालगञ्ज, कोहलपुर, बुटवल, नवलपरासी र पश्चिम धनगढीका पहुनाले समेत सेवा गर्ने अवसर दिईरहनुभएको छ,’–बाबुराम भन्छन् ।

सुरुमा आफ्नो घर अगाडि विश्वकै ठूलो चराका रुपमा चिनिने अस्ट्रिच फार्म खुलेपछि टाढाटाढाबाट हेर्न आउनेको संख्या बढ्दै गएको देख्दा बाबुराम थारुले नमुना थारु होमस्टे सञ्चालन गर्ने योजना बनाए । दुई कठ्ठा मात्र जग्गा भएपनि त्यसैमा होमस्टे सुरुवात गरेको बबुरामले बताए । अस्ट्रिच फार्म सञ्चालनमा आउँदा घर वरिपरि अडहर छरेको थियो । उनले भने –‘मैले अडहर मासेर होमस्टे बनाउँदा गाउँलेले दाल खाने अडहर मासेर बौलायो भन्थे, अडहर फालेर अहिले त्यो भन्दा धेरै अडहर कमाईसकेँ दाल पनि धेरै खाईसकेँ र आम्दानी पनि राम्रै भइरहेको छ ।’

पछिल्लो समय होमस्टेमै ठूला कार्यक्रम, पार्टी, सेमिनार गर्ने माग बढ्दै गएकाले दुई कठ्ठामा सञ्चालन गरेको नमूना थारु होमस्टेले धान्न मुस्किल भएको बाबुरामको भनाई छ । ‘होमस्टेकै आम्दानीबाट मिनीगाभर भ्यालीमा जग्गा खरिद गरेर हाल ८० लाख लगानी गरेर ठूलो हल र पार्किङको ब्यवस्था सहित गत बैशाखदेखि अर्को होमस्टे सञ्चालन गरिरहेको छु’, उनले भने । उनी एक्लैले नभ्याएर तीनजना युवालाई आफ्नो होमस्टेमा रोजगारी समेत दिएका छन् । आमाबुवाले विगतमा जमिन्दारको जग्गा जोतेर कमैयाको रुपमा दुःख गरे पनि होमस्टेले अहिले आफ्नो अवस्था फेरिएको बाबुरामको भनाई छ । पुरानो होमस्टे भाईलाई जिम्मा दिएर नयाँ होमस्टे विस्तार गरेको बाबुराम बताउँछन् ।

बाँकेको बैजनाथ गाउँपालिका –१ गाभर फाँटका डम्बर बहादुर थारु पनि कुनै दिन जमिनदारको जग्गामा अँधिया खेती गरेर जमिनदारकै चाकडीमा समय बिताउँथे । अहिले उनी आफ्नै घरमा सञ्चालन गरिएको होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त छन् । उनको लागि होमस्टे नै आयआर्जनको राम्रो स्रोत बनेको छ । सम्पत्तिको नाममा यसअघि माटोको घरसँगै दुई कठ्ठा ऐलानी जग्गा मात्र रहेको बताउने डम्बरले अहिले १२ कठ्ठा नम्बरी जग्गा खरिद गरिसकेको प्रगति सुनाउँछन् । उनी भन्छन् –‘होमस्टेकै आम्दानीबाट दुई छोराको नममा ४÷४ कठ्ठा र मेरो नाममा पनि ४ कठ्ठा जग्गा जोडेका छौं, अहिले सबै परिवार होमस्टेमै भ्याईनभ्याई छ ।’

उमेरले ७० बर्ष पुग्न आँटेका डम्बरलाई जीवनको उर्जावान समय जमिन्दारको चाकडीमा खेर फालेकोप्रति पछुतो छ । ‘२८ बर्ष सम्म जमिनदारको चाकडी गरेँ केही उपलब्धि भएन, अहिले आफ्नै घरमा रमाउने बेला बुढेसकालले छोयो,’–जमिन्दारको घरबाट कमैया मुक्त भइसकेपछि पनि आफ्नो जग्गा नभएकाले जमिन्दारको जग्गा अँधिया लगाएर परिवार पालेको तीतो अनुभव सुनाउँदै उनले भने– ‘जमिन्दारको घरमा सबै काम अँधिया लगाउनेले नै गर्नुपर्ने हुन्थ्यो, कमैया जस्तै काम गरिरहनु पर्दथ्यो, धेरै दुःख थियो ।’

आमाबुवा दुवैजना जमिनदारको घरमा कमैया कम्लहरीको रुपमा काम गर्दा आफू सानैदेखि भारतको विभिन्न स्थानमा मजदुरी गर्न जाने गरेको डम्बरका जेठा छोरा बालकृष्ण थारुले विगतको अवस्था सुनाउँछन् । विगत ६ बर्षदेखि दङ्गाली अर्गानिक होमस्टे सञ्चालनमा ल्यएपछि उनको परवारमा कसैलाई पनि रोजगारीको लागि घरबाहिर जानुपरेको छैन ।

जमिन्दारको खेत अँधिया लगाउँदा यसअघि उनीहरु सँधै खेतबारीमै ब्यस्त हुन्थे । अहिले छोराछोरी सबै विद्यालय जाने र आफुहरु होमस्टेमा पाहुनाको स्वागतमा ब्यस्त भएर अँधिया पनि लगाउन छोडिसकेका छन् । दंगाली होमस्टे सञ्चलन गरेकी फूलमति थारु भन्छिन् ‘आफ्नै खेतमा पनि खेती गर्ने समय छैन, अव अँधिया खेती गर्ने त कुरै छैन ।’

फूलमतीका श्रीमान बुझावन थारु पहिले अँधिया खेती सकेर खाली समयमा मजदुरी गर्न नेपालका पूर्वी जिल्लाका साथै भारत सम्म पुग्ने गर्दथे । अहिले होमस्टे सञ्चालन गरेर घरमै आयआर्जन गर्न पाउँदा खुसी लागेको बताउँछन् । पहिले आय आर्जनको कुनै स्रोत थिएन, उनले भने –‘नेपालमा मजदुरीको काम नपाउँदा भारत पनि गइन्थ्यो, अहिले पाहुनाको स्वागत गर्न ठिक्क छ ।’

जमिन्दारको जग्गा अँधिया जोत्ने भनेरै दाङबाट बाँकेको बैजनाथ १ गाभर फाँटमा झरेका जग्गाविहीन तीन परिवार अँधिया खेती गरेर जीवन धान्दै आएका थिए । अहिले तीनै परिवार होमस्टेको मालिक भएर आयआर्जन गरिरहेका छन् ।

होमस्टेमा आउने पाहुनालाई उनीहरुले थारु परिकार ढिक्री, लोकल कुखुराको मासु, घोंगी, आलु र सिन्कीको अचारले स्वागत गर्ने गरेको बताउँछन् । थारु परिकारको स्वाद मन पराएर एकपटक आएर गएका पाहुनाहरु धेरैपल्ट आईराख्ने गरेको होमस्टे सञ्चालक बाबुराम बताउँछन् ।

ब्यक्तिगत लगानीमा तीन पूर्व कमैया परिवारले सुरुवात गरेको होमस्टेबाट राम्रो आम्दानी भएको देखेर हाल थप तीन परिवारले पनि होमस्टे सञ्चालन गरिरहेका छन् । ६ परिवारले छुट्टाछुट्टै होमस्टे सञ्चालन गरे पनि पाहुना एकैचोटी धेरै आउँदा सबैले बाँडेर बसाल्ने गरेका छन् ।

अस्ट्रिच फार्मकै कारण मिनीगाभर भ्यालीमा होमस्टे सञ्चालन भए पनि हाल अस्ट्रिच फार्ममा दुईवटा मात्र अस्ट्रिच रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पनि होमस्टे स्थापनामा बल पु¥याएको पूर्व कमैयाहरु बताउँछन् । पूर्व कमैया परिवारले ७ वर्ष अघि सुरु गरेका सबै होमस्टे अहिले आत्मनिर्भर भइसकेका छन् । होमस्टेमा आउने पाहुनाहरु अस्ट्रिच फार्म अवलोकन गर्नुका साथै नजिकैको सामुदायिक वनमा घुमफिर गर्ने र जंगल सफारीको ब्यवस्था समेत रहेको होमस्टे सञ्चालकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?