ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

फेरिएको बुटवल र बजार बन्दको इतिहास

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

पुराना लिखत पढ्दा र अलि पहिलेदेखि बुटवलको सेरोफेरोमा रहेर बुटवलको इतिहासको बारेमा जानकारी राख्नेहरूले पहिलेको बुटवल र अहिलेको बुटवलमा धेरै फरक अर्थात परिवर्तन आएको बताउँछन । गणेशस्थानदेखि गढीसम्मको बजार क्षेत्रलाई बुटवल बुझ्नेहरूका लागि साविकको तामनगर, सेमलार र मोतिपुरलाई समेत बुटवल भन्दा आश्चर्य नै पर्दछन । राजनैतिक परिवर्तनसंगै स्थानिय निकाय, तह र सरकार भन्ने शव्दावली परिवर्तन संगसगै भूगोल ब्यापक परिवर्तन आएको छ । २००७ साल अघिदेखि नै अहिलेको गण्डकी प्रदेश, लुम्बिनी प्रदेशको सबैजसो भाग र कर्णाली प्रदेशको केही भागमा व्यापार विस्तार गरेको थियो बुटवलले ।

२००८÷२००९ सालतिर बुटवलबाट हुने ब्यापारको बिस्तार हुँदै थियो, नयाँ राजनैतिक र सामाजिक परिस्थितिमा केही नयाँ गरौँ भन्ने उत्साही ब्यवसायीहरूले ब्यावसायिक संस्था गठन र दर्ता गर्ने विश्वासका साथ २००९ सालमा बुटवल व्यापार संघ नामक संस्था दर्ता भयो । यो सस्था दर्ता गर्दाको मूख्य उद्देश्य भनेकै ब्यावसायीक एकता, आपसी विवादको निरूपण र सामाजिक कार्यमा रचनात्मक र दवावमूलक कार्य गर्नु रहेको देखिन्छ । तत्कालिन अबस्थामा बुटवल व्यापार संघले २०१० देखि २०१६ सालसम्म बुटवल नगरपालिका गठन नहुँदासम्म बुटवलबासीको साझा अभिभावक संस्थाको रूपमा काम गरेको तथ्य यस अघिका आलेखहरूमा समेत आईसकेको छ ।

आजको सन्दर्भ साप्ताहिक बजार बन्दको पृष्ठभूमि र ऐतिहासिक निर्णयका सन्दर्भमा नयाँ पुस्ताका ब्यवसायीलाई जानकारी गराउनु बढी सान्दर्भिक सम्झेर भेटाएसम्मका तथ्य समाबेश गर्ने प्रयास गरेको छु । बुटवल व्यापार संघको स्थापनाको समयदेखि २०१६ सम्म पद्मचन श्रेष्ठको कुशल नेतृत्व पश्चात संस्थापक मध्येकै रुद्रविलास तुलाचनले संघको नेतृत्व सम्हाल्ने अवसर पाउनु भयो । यहि अवधिमा बुटवल व्यापार संघको तर्फबाट निर्णय र सहयोगका लागि तत्कालीन बुटवल खस्यौली नगर पंचायतलाई पत्राचार गरेपछि २०२४ साल असोज २० गते शुक्रवार च. नं. ६८४÷०२४ बाट नगर पञ्चायत ऐन २०१९ को परिच्छेद ४ को दफा १७ को उपदफा (ङ) मा उल्लेखित कानुनको ब्यवस्था अनुसार यस नगरभित्र प्रत्येक शनिवारका दिन प्रत्येक ब्यापारीहरूले आ–आफ्नो पसल अनिवार्य रूपले बन्द राख्ने ब्यवस्था मिलाउने । सो अनुसार पसल बन्द नगर्ने ब्यापारीलाई नगर पंचायत ऐन २०१९ को परिच्छेद ८ को दफा ५४ मा तोकिएको सजाय अनुसार दण्ड गर्ने निर्णय भएको देखिन्छ ।
असंगठित अर्थात स्वेच्छिक रूपमा केहीले बन्द गर्ने र केहीले नगर्ने हँुदा बाहिरबाट माल सामान किन्न आउने ब्यापारी तथा उपभोक्तालाई समेत पिरमर्का परेको र एक आपसमा असमानता समेत देखिएको हुँदा बुटवल व्यापार संघको पहल र बुटवल खस्यौली नगर पंचायतको निर्णय अनुसार २०२४ असोज २० गतेदेखि साप्ताहिक रूपमा बुटवल बजार शनिवार बन्द हुने गरेको देखिन्छ ।

 

बुटवल व्यापार संघले आफ्नै पहल र प्रयत्नबाट स्थापित भएको शनिवार पसल बन्द गर्ने प्रकृयाका केही ब्यावहारिक कठिनाई र असुविधाको महसुस गरि २०२५ साल फागुन २९ गते बुटवल खस्यौली नगर पंचायतका नाममा पत्राचार गरेको देखिन्छ । तत्कालिन परिवेशमा तीन कारणले शनिवारे बन्द अब्यवहारिक देखियो ।

१– खासगरी बुटवल नजिकको तानसेन समेतका बजार पनि साप्ताहिक रूपमा शनिवार बन्द हुने गरेको र सोही दिन माल खरिदका लागि बुटवल आउँदा बुटवल समेत बन्द हुदा क्रेता÷बिक्रेता दुवैलाई असुविधा भएको ।
२– सरकारी कर्मचारी, स्कुलका शिक्षक विद्यार्थीहरूलाई समेत शनिवार पसल बन्द गर्दा किनमेलमा असुविधा हुने ।
३– व्यापारी आफैले पनि शनिवार पसल बन्द रहँदा सरकारी अड्डा पनि बन्द हँुदा आफ्नै काम गर्न समेत कठिनाइ भएको ।
यी माथि उल्लेखित तीनवटा तथ्यका कारण शनिवार बन्द नगर्ने र त्यस बेलाको सामाजिक मूल्य मान्यता र चलन चल्ती अनुसार सोमवार नयाँ कपडा किन्दा र लगाउदा अशुभ हुन्छ भन्ने मान्यता रहेको र बुटवलको समग्र ब्यापारमा काँचो कपडाको प्रभाव बढी भएका कारण पनि २०२६ साल बैशाखदेखि लागू हुने गरि सोमवार बन्द गर्ने साप्ताहिक प्रस्ताव समेत गरेको देखिन्छ ।

२०२६ सालदेखि हालसम्म पनि बुटवलको मुख्य बजार क्षेत्र सोमवार बन्द हुँदै आएको छ । बजारको विविधता र विस्तारले फेरि पनि बुटवललाई सोमवार र शनिवारमा छुट्टाएको छ । पछिल्लो समय कपडा, फेन्सी, किराना, खाद्यान्न, लिकर, डिष्टिब्युटर्स, पुस्तक तथा स्टेशनरीका थोक बिक्रेता, सैलुन, प्लाष्टिक, फर्निचर जस्ता धेरै ब्यवसायीहरूले सोमवार नै पसल बन्द गर्ने गरेका छन । हार्डवेयर, मोटर पार्टस, उद्योग (कलकारखाना) हरू शनिवार बन्द हुने गरेका छन । संस्थागत हिसावले बुटवल व्यापार संघको विधानमा संशोधन गरि २०३५ सालमा उद्योग वाणिज्य संघ बुटवल र २०६४ सालको संसोधनबाट बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही भएको बुटवल मात्र होइन रूपन्देहीकै जेठो संस्था अन्तरगत रहेका सदस्य ब्यवसायिक प्रतिष्ठानहरू मध्ये उद्योग, अटो र राजमार्ग चौराहा दक्षिणका हार्डवेयर ब्यवसायी शनिवार बन्द गर्न निर्देशन गरेको पाइन्छ भने अन्य ब्यावसायिक प्रतिष्ठानहरू सोमवार बन्द गर्न आव्हान गरिएको छ ।

२०३५ सालमा रूपन्देहीमा रहेका उद्योगका विशिष्टिकृत समस्याको पहिचान र समाधानको एकीकृत प्रयासका लागि स्थापना भएको रूपन्देही उद्योग संघले आफ्ना सदस्य उद्योग प्रतिष्ठानहरूमा सरकारी कार्यालय÷संस्थान र सरकारी स्वामित्वमा रहेका उद्योगका श्रमिक तथा कर्मचारी सरह शनिवार नै साप्ताहिक बन्दको निर्देशन गरेको संघका वरिष्ठ सदस्य एवम उद्योगपति राजेन्द्र सिंह गुरुङको भनाइ रहेको छ । २०५७ सालमा रूपन्देही व्यापार संघ, २०६२/०६३ राष्ट्रिय उद्योग व्यापार संगठन लगायत विभिन्न विशिष्टिकृत अर्थात बस्तुगत संघ सस्थाहरूको पनि प्रभावशाली उपस्थिती रहेको छ । ती संस्थाहरूले पनि आ–आफ्नो ब्यवसायको प्रकृति अनुसार सदस्य ब्यवसायी प्रतिष्ठानहरूलाई सोमवार वा शनिवार मध्ये एक बारमा बन्द गर्ने निर्देशन गरेको पाइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?