ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

गीतकार/संगीतकार जानकी पन्थको नयाँ तीज गीत ‘चाहियो काठमाडौंमा घर’ बजारमा आउँदै

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

बुटवल, २६ साउन ।

हिन्दु नारीहरुको महान चाँड हरितालिका तीज नजिकिंदै गर्दा तीज सम्बन्धी गीत गाउने गायक गायिकाहरुबीच एल्वम निकाल्ने होडबाजी नै चलेको छ । यसै सन्दर्भमा गीतकार/संगीतकार जानकी पन्थले नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा ल्याउने तयारी गर्दैछिन् ।

केही पृथक र सबैले भोगेको साझा समस्यालाई जानकीले गीतमा ढाल्ने प्रयास गरेकी छन् । पहाडतिरबाट मानिसहरु अवसर खोज्दै काठमाडौंलगायतका सहरमा भौतारिनुपरेको, जसका कारण गाउँको विकास समेत पछाडि परेको, नागरिकले समेत अवसर नपाएको जस्ता विषयलाई उजागर गरेर उनले आफ्नै गाउँ फर्कनुपर्छ भन्ने सन्देश गीतमार्फत दिएकी छन् ।

भदौ १ गतेदेखि बजारमा आउने भनिएको गीतको अडियो भिडियो निर्माण कार्य यही साउन २८ गते हुने गायीका पन्थले जानकारी दिइन् । गीतको रेकर्डिङ काठमाडौंको म्यूजिक नेपालमा गरिएको छ । गीतमा शब्द÷संगीत जानकी पन्थको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । अस्मिता अधिकारी र आलिफ खानको स्वर रहेको गीतमा कलाकार अनु साह, यशराजका साथै बालकलाकार आदित्य र हृदयाले अभिनय गरेका छन् । आदित्य र हृदयाले यही गीतबाट डेब्यु गरेका हुन् । बालकलाकार हृदया जानकी पन्थकी छोरी हुन् भने आदित्य म्यूजिक नेपालका लेखा अधिकृत यादव बरालका छोरा हुन् । गीतको छायाँकन टिकाथली, ललितपुर÷सुकेधारामा हुँदैछ । भिडियोको निर्देशन सुव्रत आचार्यले गर्दैछन् ।

गीतकार संगीतकार हुँदै गायिकाको समेत परिचय बनाएकी जानकी पन्थले गीतको निर्माण, निर्देशन, मोडलिङ समेत गरी ६ वटा क्षेत्रमा अगाडि बढी अलराउन्डरको परिचय दिएकी छन् । ‘हेर्दा हेर्दै यसपालीको तीज पनि आएछ, हाम्रो माया बसेको नी चार वर्ष लाएछ, चन्चल भो मन जब तनमा, वैश चढ्दै गयो भन्छन् अब घरमा, ज्वाई खोज्ने बेला भयो…’ तीजको एल्वम उनले यसअघि नै निकालिसकेकी छन् ।

त्यस अगाडि जानकीले २०६५ सालमा निकालिएको ओए बुढा, २०६६ सालमा निकालिएको पल्लाघरे लाहुरेले लान्छ अरे बाई र २०६७ सालमा बबाल तीज गरी ३ ओटा तीज एल्बम हल्ला चल्छ चलिरहन देउ, २०६६ लोकदोहोरी एल्बम, संघार २०६८ तथा जीत २०७० समेत उनले आफ्नै एकल शब्द र संगीतमा एल्बम निकालिसकेकी छन् । कतिपय गीतमा उनले अभिनय समेत गरेकी छन् । आफ्नो क्षमताको पनि परीक्षण गरौँ भनेर आफैले निर्देशन गर्न शुरू गरेको जानकी बताउँछिन् । अहिलेसम्म एकसय भन्दा बढी गीत आफूले रचना गरिसकेको उनले बताइन् ।

स्वर्गीय मामा लक्ष्मीनाथ अधिकारीको हौसलाबाट कविता र गजलहरु लेख्न सिकेकी पन्थ आफुलाई गीतकार भनेर अरुले चिन्न थालिसकेपछि मात्र यो क्षेत्रम प्रवेश गरेको अनुभुति भएको बताउँछिन् । जानकी पन्थले चलचित्रमा लेखेका गीत पनि लोकप्रिय भएका छन् चलचित्र जिन्दगानी दर्पण छायाँको शीर्ष गीत उनको पहिलो रेकर्डेड गीत हो । ‘यो क्षेत्रमा लागे पछि धेरै माया गर्ने श्रोता र दर्शक पाएकाले थप उर्जा प्रदान गरी हौंसला मिलेको छ ’ जानकी भन्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?