ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

अन्त्य गर गुटको राजनीति

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

नेपाली कांग्रेसमा पछिल्लोसमय गुटगत राजनीति बढ्दै गएको छ । नेपाल महिला संघको कतिपय जिल्ला नेतृत्व खारेजी र नेपाल बिद्यार्थी संघमा चार दिन अघि भएको केन्द्रिय सदस्य मनोनयनले कांग्रेसमा गुटको राजनीति छताछुल्ल भएको छ । गुटकै कारण नेविसंघका दुई गुटबीच बुधबार पार्टी केन्द्रिय कार्यालयमा झडपको अवस्था आएको छ । संस्थापन र इतर समूह अहिले दह्रोरूपमा एकले अर्कोलाई गिराउने दाउमा लागेका छन । कांग्रेसभित्र देखिएको पछिल्लो रडाकोले कांग्रेसका इमान्दार कार्यकर्तालाई चिन्तित बनाएको छ । कांग्रेसभित्रको विवाद उसको आन्तरिक बिबाद हो तर कांग्रेसको विवादले देशको राजनीतिलाई असर गर्न सक्छ । तसर्थ कुनै दल विशेषको भन्दा पनि त्यसले समग्र राजनैतिक स्थीरतामा प्रभाव पर्छ कि भन्ने चासो र चिन्ता हो ।

कतिपय दलहरू विघटन हुँदा पनि फरक परेको छैन । तर, कांग्रेस विभाजन हुँदा त्यसको असर देशले भोग्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ यो केवल कांग्रेसका नेता कार्यकर्ताको चिन्ताको कुरा होइन, यो आम चासो बन्नु जरुरी छ । विगतको इतिहास साक्षी छ– कति तामझामका साथ एक भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी तहसनहस भयो । करिब दुई तिहाइ शक्ति भएको यो पार्टी फुट्दा के बिग्रेको छ भन्दा पनि बिभाजनले ल्याएको फुटको असर देशमाथि परेको सवैलाई थाहा भएको कुरा हो । कांग्रेस एक नहुँदा के फरक पर्छ भन्ने प्रश्न आउन सक्छ तर त्यसको असर भोलिका दिनमा कस्तो पर्दछ भन्ने चासो र चिन्ताको बिषय हो । जसपाको मिलन र विग्रहको कुनै महिना वा बार छैन तैपनि देश र जनतालाई के असर परेको छ भन्ने हुनसक्छ । कांग्रेस रहनै पर्दछ भन्ने पनि के छ ? भन्ने पनि होलान् । तर, त्यो होइन ठूला राजनैतिक दलहरू देशका मेरुदण्ड हुन । कांग्रेस र एमाले देशका धरोहर हुन । यी पार्टीमा संकट आउनु भनेको देशमै संकट आउनु हो । तसर्थ पछिल्लोसमय कांग्रेसभित्र देखिएको विवाद समाधानमा नेताहरू गंभीर बन्नु जरुरी छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरूको बाहुल्य हुनुपर्छ भन्ने माग उठेको धेरै भइसक्यो । निरन्तरको आवाजका कारण अहिलेको कांग्रेस केन्द्रमा युवाको संख्या पर्याप्त छ । युवाहरूले माथिल्लो पुस्तालाई आराम गर्न सल्लाह दिईरहेका छन । कांग्रस सभापति आफै ७५ बर्ष भैसके । अव सभापति शेरवहादुर देउवाबाट कांग्रेसको नैया पार लाग्दैन भन्ने आवाज बढ्दै छ । तर, त्यो आवाजलाई दवाउने काम भैरहेको छ । त्यही नाममा सभापति गुटले इतरलाई दवाउने काम गर्दै आएको छ । कांग्रेसभित्र देखिएको विवाद नेतृत्व पुस्तान्तरणको हो भन्दा अत्युक्ति हुँदैन । संस्थापन पक्ष अहिले भयभित देखिएको छ । त्यही नाममा इतर समूहलाई दवाउँदै आएको घटनाक्रमले देखाएका छन । त्यसो त कांग्रेसभित्र यो प्रवृत्ति विगत धेरै बर्षदेखि देखिदै आएको छ । अहिले त्यो बाहिर प्रकट हुन लागेको मात्र हो ।

कांग्रेसभित्रको गुटगट प्रवृत्ति केन्द्रमामात्रै होइन, त्यो जिल्लातहसम्मै फैलिएको छ । धेरै जिल्लाका कांग्रेसका इमान्दार नेता कार्यकर्ता गुटकै कारण पछि पर्नुपर्ने अवस्था छ । इमान्दार नेता पछि पर्ने र तिकडम गर्नेहरू माथि बढ्ने अवस्था देखिएको छ । कांग्रेसको भविष्यका लागि यो राम्रो भने अवश्य होइन । समय अझै छ । लोकतन्त्रको प्राण भनेको कांग्रेस र एमाले नै हुन । नेपाली जनताको ढुकढुकी नेपाली कांग्रेस र नेकपा एमाले नै हो । त्यसपछि माओवादी तेश्रो शक्तिको रूपमा उपस्थित छ । जेहोस विकास र समृद्धि दलहरूबाटै संभव छ । जनताको यो आस्था, विश्वास र भरोसालाई दलहरूले जोगाउने काम गरुन् । खासगरि नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवाद समाधान गर्नेतर्फ नेताहरूमा सतबुद्धि फिरोस् । सवाल कांग्रेसको मात्र होइन, यो रोग अरू पार्टीमा पनि प्रवेश गर्ने चिन्ता हो । कांग्रेसमा गुट चलाउने परम्परा अन्त्य भएन भने त्यसले कांग्रेसलाई त हित गर्दैन, त्यसको सिधा असर देशमाथि पनि पर्छ भन्ने चेतना कांग्रेसका नेताहरूमा आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?