Butwal Today

लागुऔषध सहित पाल्पामा एक जना पक्राउ

२६ श्रावण २०८०, शुक्रबार
अ+
अ-

पाल्पा, २६ साउन ।

पाल्पामा ठूलो मात्रामा लागु औषध सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका १२ घर भई हाल तानसेन नगरपालिका २ नारायणस्थान डेरा गरि बस्ने वर्ष २४ का कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खड्काले आफ्नै कोठामा लुकाईछिपाई लागुऔषध राख्ने र बिक्री समेत गर्ने गरेको सूचनाका आधारमा बिहीबार बेलुका खानतलासी गर्ने क्रमा कोठाबाट डाईजेपाम, फेनारगन र आइपिपिएल टाईजेसिक लेखेको लागुऔषध जस्तो देखिने एम्पुल एक÷एक वटा गरी तीन वटा, डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुल गरी जम्मा ९३ एम्पुल, सिरिन्ज निडिल सहित १५ थान, निडिल ११ थान, प्रयोग गरेर फुटेको एम्पुल ८ थान फेला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका खड्का र लागुऔषध नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।