ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

प्राकृतिक प्रकोपमाथि पूर्व होसियारी

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

सोमबार र मंगलवार परेको अविरल वर्षाका कारण देभैभरी बाढी पहिरो र डुबानलगायतका प्राकृतिक विपद्ले जनधनमा ठूलो क्षति पुगेको छ । त्यसक्रममा दुईजनाको ज्यान गएको छ भने पाँचजना ब्यक्ति बेपत्ता भएका छन् । मृत्यु हुनेमा मकवानपुर र धनुषाका रहेका छन ।

त्यस्तै पाल्पामा पहिरो जाँदा तीनजना घाइते भएका छन् । चितवन, बागलुङ, नुवाकोट र सिन्धुलीमा वर्षा र बाढीपहिरोका कारण जनजीवनमा असर पुगेको छ । कैलाली, कञ्चनपुरलगायतका तराईका अधिकांश जिल्ला बाढी र डुबानको चपेटामा परेका छन् । अविरल वर्षा, बाढीपहिरो र डुबानमा परेर दुईवटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका र नौ घर परिवार पूर्ण प्रभावित बनेको बताइएको छ । प्रारम्भिक अनुमान अनुसार हालसम्म २० लाख रुपियाँभन्दा बढीको धनमाल क्षति भएको छ । वैशाखयता बाढीपहिरो लगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ जना बेपत्ता भएका छन् । त्यसयता चार हजार ६३१ घर परिवार प्रभावित बनेका छन ।

सामान्यतया प्रकृतिमा आउने विनासकारी हलचल, रोग, महामारीलाई प्रकोप भनिन्छ । प्राकृतिक प्रकोप पनि विभिन्न प्रकारका हुन्छन् जस्तो आँधीबेहरी, बाढी पहिरो, भूकम्प, रोग र महामारी आदि । मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकोले प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो । भूकम्प र बाढीको प्रकोपलाई केही वर्ष अगाडि मात्रै हामीले बेहोरिसकेका छौं । २०७२ सालमा गएको महाभूकम्पको धङधङी अझै पनि हामीमा छ । भूकम्पले भत्काएका भौतिक संरचनाको निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । मानिसको नियन्त्रणभन्दा बाहिर हुने भएकाले प्रकोपबाट बच्न अपनाउनुपर्ने सावधानी नै प्रकोप न्यूनीकरणको सर्वोत्तम उपाय हो ।

बाढी पहिरोबाहेक अन्य प्रकोपको कुनै अग्रिम संकेत हुँदैन । प्रकोप सधैं अप्रत्यासित रूपमै आउनेगर्छ । यसर्थ, यसको सम्भाव्यतालाई दृष्टिगत गरी सधैं सावधानी अपनाउँदै जाने हो भने यसको असरबाट बच्न सकिन्छ । बाढी पहिरो प्राकृतिक प्रकोपमै पर्ने भए पनि यसको अग्रिम लक्षण भने पाउन सकिने भएकोले होसियारी अपनाए यसको प्रभावबाट बच्न सकिन्छ । पछिल्लो समयमा हाम्रो मुलुकले सालिन्दा बाढी पहिरोको प्रकोप बेहोर्नुपरिरहेको छ । अविरल वर्षाको कारण भूक्षय हुने वा पहिरो जाने, नदी कटानमा परिने, नदीको डुबानमा परिने तथा नदीले आफ्नो बहाव नै परिवर्तन गर्दा ठूलो धनजनको नोक्सान हुने र बाढीको विनाश सहन बाध्य हुनुपर्ने अवस्था सिर्जना हुँदै आएको छ ।

अझैपनि बाढी पहिरोको प्रकोप रोकथामका लागि हामी सचेत बन्न सकेका छैनौं । नदी किनारको बसोबास त्यसैपनि जोखिमयुक्त हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । सकेसम्म यस्तो जोखिमयुक्त ठाउँमा स्थायी बसोबास गनु दिनु हुँदैन । तर, नेताहरूले नदी किनारमा बस्ती बसालेर यिनीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आएका छन । बुटवलको तिनाउ नदी किनारको बस्ती एउटा उदाहरण हो । तसर्थ अवका दिनमा सरकारमात्र होइन स्थानीय तहले पनि सावधानी अपनाउन जरुरी छ । यसैगरी प्रकोपको समयमा सबैले ध्यान पु¥याउनुपर्ने अर्को महत्वपूर्ण कुरा सुरक्षा हो । बाढी पहिरो, आँधिबेहरी र भूकम्पको समयमा मिलाउनुपर्ने सुरक्षा व्यवस्था सामान्यतया उस्तै हुने भए पनि प्राकृतिक प्रकोपको सुरक्षा व्यवस्था भने प्रकोपको चरण समाप्त भएपछि नै प्रारम्भ हुने भएको कुरा सर्वविदितै छ । अवको दिनमा प्रकोपबाट बच्नेतर्फ समयमा ध्यान दिनु जरूरी छ । यो बर्ष बाढी पहिरोकै कारण भएको क्षतिको सरकारले सम्वन्धित पीडित परिवारलाई राहत दिन ढिलाई नगरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?