ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मन्त्री जन्माउने रोल्पाले गतिलो सडक बनाउने नेता पाएन

संघ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुँदा यहाँका भित्रि गाउँहरूमा समेत सडक संजाल बिस्तार भएको छ । सडक संजाल बिस्तार भएपनि गतिला सडक नबन्दा जिल्लामा सवारी दुर्घटनाका घटना बढ्दै जान थालेका छन ।
२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

साउन, २५ रोल्पा ।  गत मंगलबार रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्वरको वस दुर्घटना भयो । बस दुर्घटनामा ४ जनाको मृत्यु र १९ जना घाईते भए । दुर्घटना शहीद मार्ग सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका ७ तिला रिचि भन्ने स्थानमा भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा २३ जना यात्रू सवार रहेको प्रहरीको भनाइ छ । शहीद मार्गमा वर्षेनी सवारी दुर्घटनामा परि ठूलो धनजनको क्षति हुने गरेको छ ।

दुर्घटनामा एक दम्पत्ती सहित थप २ जनाको मृत्यु भयो । माडी ४ रोल्पाका ५० वर्षिय गोर्खे डाँगी र उनकी ५० वर्षिया श्रीमती हस्ता डाँगीको एउटै चिहान भयो । उनीहरू उपचारका लागि दाङ घोराही तर्फ जाँदै थिए । दुर्घटनामा माडी २ का २२ वर्षिय प्रकाश वाँठामगर र परिवर्तन ३ का ४६ वर्षिय भक्त विकले पनि घटना स्थलमै ज्यान गुमाए । दुर्घटनामा घाइते १९ मध्ये ३ जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाइ छ । घाइते मध्ये १३ जना मध्यम र ३ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । घाइतेहरूको घटना स्थलमा प्राथमिक उपचार गरि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

माओवादी सशस्त्र युद्धताका माओवादी जनसत्ताको अगुवाईमा निर्माण आरम्भ गरिएको शहीद मार्ग रोल्पाको रुन्टीगढी, त्रिवेणी, रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र थवाङ गाउँपालिकाको भूभाग भएर जान्छ । दाङको घोराही देखि रोल्पाको थवाङ खण्ड र रुकुमको चुनवाङ सम्म जोडिने सो सडक माओवादी शान्ति प्रकृयामा आएसँग यसको निर्माणको जिम्मा सरकारले लिएको छ । माओवादी सशस्त्र युद्धताका सो सडक खन्न रोल्पा, रुकुम, सल्यान, जाजरकोट, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, म्याग्दी, पर्वतका जनताले २ पटक गरि २०/२० दिन श्रमदान गरेका थिए ।

आर्थिक वर्षको सुरुआतमै रोल्पामा भएको यो दुःखत र भयावह दुर्घटना जिल्लामा भएको पहिलो वा एकमात्र दुर्घटना भने होईन । रोल्पामा प्रत्येक वर्ष यसैगरि दुर्घटना भएर धनजनको ठूलो क्षति हुने गरेको छ । सहिद मार्ग मात्र हैन रोल्पामा सडकको पहुँच ह्वात्तै बढेको छ । संघ, प्रदेश र स्थानीय तहका बजेटको ठूलो हिस्सा सडकमा खर्च हुदा यहाँका भित्रि गाउँहरूमा समेत सडक संजाल बिस्तार भएको छ । सडक संजाल बिस्तारसँगै जिल्लामा सवारी दुर्घटनाका घटना समेत बढ्दै जान थालेका छन ।

आर्थिक वर्ष २०७९/०८० मा रोल्पामा ७२ वटा सवारी दुर्घटना भएका थिए । दुर्घटनामा ८० वटा सवारी साधनहरू संलग्न रहेका थिए । जिल्लामा सबभन्दा धेरै दुर्घटना हुने सवारी साधनमा मोटर साईकल देखिएको छ । सो वर्ष जिल्लामा ३१ वटा मोटरसाईकल दुर्घटना भएका थिए । यसैगरि कार, जीप भ्यान १६ वटा, ट्याक्टर १० वटा, टेम्पो ८ वटा, बस ५ वटा, टिप्पर ४ वटा, ट्रक र एम्वुलेन्स २/२ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा १८ जनाको ज्यान गएको र १५२ जना घाईते भएका थिए । मृत्यु हुनेमा सवभन्दा धेरै मोटरसाईकल सवार यात्रु थिए । मोटर साईकल दुर्घटनामा परि ५ जनाको मृत्यु भएको र ४० जना घाईते भएका थिए । सवभन्दा बढी क्षति भने चार पाङ्ग्रे साना सवारी साधन बाट भएको थियो । चार पाङ्ग्रे साना सवारी साधनका १७ वटा दुर्घटनामा ७ जनाको मृत्यु र ५८ जना घाइते भएका छन । ट्राफिक प्रहरीले चार पांग्रे साना सवारी साधनमा कार,जीप र भ्यानलाई राखेको छ । ट्याक्टर दुर्घटनामा वढी मृत्यु हुने देखिएको छ । गत वर्ष जिल्लामा भएका ११ वटा ट्याक्टर दुर्घटनामा परि ६ जनाले ज्यान गुमाए भने १८ जना घाईते भएका छन ।

सो वर्ष जिल्लामा सवभन्दा वढी सवराी दुर्घटना हुने स्थानीय तहमा सुनिलस्मृती गाउँपालिका देखिएको छ । सो गाउँपालिकामा २२ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनावाट ४ जनाको मृत्यु र ३३ जना घाईते भएका थिए । यसैगरि त्रिवेणी गाउँपालिकामा १२ वटा सवारी दुर्घटना भएकोमा ३ जनाको मृत्यु हुनुका साथै २९ जना घाईते भएका थिए । रोल्पा नगरपालिकामा १३ वटा सवारी दुर्घटनामा परि ४ जनाको मृत्यु र २१ जना घाईते भएका थिए ।

यसैगरि रुन्टीगढी गाउँपालिकामा भएको १० वटा दुर्घटनामा परि १८ जना घाईते भएका थिए । माडी गाउँपालिकामा भएको ६ वटा दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाईते भएका थिए । गंगादेव गाउँपालिकामा भएको ४ वटा दुर्घटनामा २ जनाको मुत्यु र १६ जना घाइते भएका थिए । लुंग्री गाउँपालिकामा भएको ४ वटा दुर्घटनामा परि २ जनाको मुत्यु र ९ जना घाइते भएका थिए । परिवर्तन गाउँपालिमा भएको ६ वटा दुर्घटनामा १ जनाको मृत्यु र २ जना घाइते भएका थिए । थवाङ गाउँपालिमा भएको ३ वटा दुर्घटनामा ५ जना घाइते भएका थिए । सो वर्ष कुनै पनि सवारी दुर्घटना नहुने स्थानीय तहमा सुनछहरी गाउँपालिका देखिएको छ ।

महिना अनुसार सवारी दुर्घटनाको अवस्था हेर्दा सवभन्दा वढी दुर्घटना जेठ महिनामा भएको थियो । जेठ महिनामा भएको १८ वटा सवारी दुर्घटनामा ४ जनाले ज्यान गुमाउनुका साथै २० जना घाइते भएका थिए । वैशाखमा भएको ८ वटा दुर्घटनामा परि ४ जनाको मृत्यु र २० जना घाईते भएका थिए । यसैगरि कार्तिक महिनामा ५ वटा सवारी दुर्घटनामा परि ३ जनाले ज्यान गुमाउनुका साथै २८ जना घाईते भएका थिए ।
दुर्घटनाको मुख्य कारण तीव्र गति, क्षमता भन्दा वढी यात्रु चढाउने र सवारी चालक अनुमती पत्र नपाएकाले पनि गाडी चलाउने रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरको भनाइ छ । दुर्घटनाको अर्को कारण लापरवाही र छत तथा पिकअपको खुल्ला भागमा चढी यात्रा गर्ने पनि रहेको सारु मगरको भनाई छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाको मुख्य कारण हो सारु मगरले भने ।

साघुँरा सडक, क्षमता भन्दा वढी यात्रू र यातायात व्यवसायी समितिहरूको अस्वस्थ्य प्रतिस्पर्धाले दुर्घटना वढाउन भूमिका खेलेको नागरिकहरूको गुनासो छ । हिउँदमा धुलाम्य र वर्षातमा हिलाम्य रोल्पाका सडकको विशेषता भएको उनीहरूको भनाइ छ । चालकलाई सधै खुसी एवम् जिम्मेवार वनाउन नियमित स्वास्थ्य जाँच गराउने, मानसिक स्वास्थ्य प्रति सचेत रहन ध्यानाकार्षण गराउनु पर्ने पत्रकार काशीराम डागी सुझाव दिन्छन । सडक मेरो मात्रै हो भन्ने र भए जति यात्रु मै मात्रै लैजान्छु भन्ने प्रवृत्ती न्यूनिकरण गर्नु पर्ने डाँगीको सुझाव छ । चलकलाई वीच वीचमा रिफ्रेस गर्न र थकान मेटाउन रिफ्रेस सेन्टरहरू स्थापना गर्नु पर्ने डाँगीको सुझाव छ ।

जिल्लामा वढेको सवारी दुर्घटना संगै रोल्पा जिल्ला अदातलमा सवारी दुर्घटना सम्वन्धी मुद्दाको संख्या समेत वढ्दै जान थालेको छ । गत आर्थिक वर्ष रोल्पा जिल्ला अदालतमा सवारी ज्यान वा अंगभंग वा घाइते भएको कसुरमा १४ वटा मुद्दा परेका थिए । ती मध्ये रोल्पा जिल्ला अदालतले ९ वटा मुद्धा फच्छ्यौट गरेको र ५ वटा मुद्धा वाकी रहेको रोल्पा जिल्ला अदालतले जानकारी दिएका छ । अदालतले सवारी सम्वन्धी यस्ता मुद्दालाई अनुसूची १ मा उल्लेखित विशेष ऐन अन्तर्गतका मुद्दाको रूपमा लिएर फैसला गर्ने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?