ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

धारापानीमा एक करोड बत्ती बाल्ने तयारी

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

दाङ, २५ साउन ।

प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यही साउन २ गते देखि पुरुषोत्तम माहात्म्य प्रवचन एवम् शृङ्गारिक गंगा आरती बोलबम महोत्सव आयोजना गरिएको छ । मन्दिरमा सुरु भएको गंगा आरती हेर्ने भक्तजन तथा दर्शनार्थीहरुको बाक्लै घुइँचो लाग्ने गरेको छ ।

यही साउन ३० गते १ करोड बत्ती बाल्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । दाताहरुको दानबाट संकलन भएको बत्ती बाल्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जसमा एक लाख बत्ती दान गर्ने दाताले आठ हजार आठ सय ८५ रुपैयाँ जम्मा गर्नुपर्ने छ । ५० हजार बत्ती दान गर्ने दाताले चार हजार आठ सय ५५ जम्मा गर्नुपर्ने छ भने २० हजार बत्ती दान गर्ने दाताले एक हजार ५ रुपैयाँ जम्मा गर्नुपर्ने आयोजकले जनाएको छ ।

मलमासको समयमा मात्र सञ्चालन गर्न मिल्ने महामहोत्सव पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा यसवर्ष पहिलो पटक सञ्चालन भएको हो । साउन २ गतेदेखि मन्दिरमा साँझ नियमित रूपमा शृङ्गारिक गंगा आरती, मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठलगायतका कार्य भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले बताए ।

मन्दिरको प्रचारप्रसार तथा धर्म र धार्मिक आस्था थप सुदृढ बनाउने उद्देश्यले पुरुषोत्तम महात्म्य एवं शृङ्गारिक आरती बोलबम मासिक महामहोत्सव सञ्चालन गरेको महामहोत्सव मूल व्यवस्थापन समितिका संयोजक गणेशकुमार अधिकारीले जानकारी दिए ।

उनले भने, ‘मलमासको समयमा मात्रै सञ्चालन हुने भएकाले धारापानी धाममा महामहोत्सवको आयोजना गरेका हौं ।’ महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक विभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम माहात्म्य प्रवचन दिइरहेका छन् । त्यस अवसरमा वाराणसी समूहले प्रत्येक दिन बेलुकी वैदिक शृङ्गारिक गङ्गा आरती गर्ने गरेको संयोजक अधिकारीले बताए । उनका अनुसार महामहोत्सव अवधिभर मण्डव पूजा तथा हवन सञ्चालन, पुरुषोत्तम माहात्म्य पाठ पारायण, सङ्गीतमय लीलामय पुरुषोत्तम माहात्म्य प्रवचन, पुरुषोत्तम एवम् बोलबम महाआरती र सङ्गीतमय लीलामय प्रवचन तथा भजन सञ्चालन भैरहेको छ ।

धारापानीमा आउने पर्यटकका लागि आकर्षक थपिएको छ, सन्ध्या आरती । मनोरम दृश्यावलोकनबाट भ्रमणको शुभारम्भ गरेका पर्यटकहरु मठमन्दिर, विश्वको अग्लो त्रिशुल, एक सय आठ गौमुखी धारा, ओमकार पोखरी र अन्य मठ मन्दिर अवलोकनपश्चात साँझ भने सन्ध्याआरतीमा सहभागी हुने गरेका छन् ।

धारापानीको मूल मन्दिरको प्राङ्गणमा प्रत्येक दिन साँझ तीन जना युवा पण्डितबाट सङ्गीतमय धुनमा हुने सन्ध्या आरतीमा पछिल्लो समय भिड लाग्ने गरेको छ । आरती दर्शन गर्न विभिन्न उमेर समूहको रोजाई परेको छ ।

धारापानी मन्दिर व्यवस्थापन समिति सचिव विष्णुराम आचार्यका अनुसार भारतको प्रसिद्ध धार्मिकस्थल हरिद्वारबाट दुई जना र बनारसबाट एक जना गरेर तीन जना पण्डितले दैनिक आरती गर्ने गरेको बताए । उनका अनुसार आरतीमा धुप, घिउ, कपुर, मयुरपङ्ख, ल्वाङदानी, सेतोचमर, अलैँचीदाना र फूलपातीलगायतका विभिन्न सुगन्धित वस्तुको प्रयोग गरिन्छ । शङ्ख ध्वनीबाट शुभारम्भ हुने आरती समापनपछि भजन गाएर भक्तजनलाई नचाएर मनोरन्जन दिने गरिएको छ ।

भक्तजनको साथ र सहयोगले नै निरन्तरता दिन सकेको उनले बताए । भक्तजनबाट सहयोग प्राप्त भएको रकमबाट काम अगाडि बढेको सचिव आचार्यले बताए । दैनिक हुने आरतीमा भाग लिन चाहने भक्तजनले सचिवालयमा सम्पर्क गरेर (आठ हजार रुपैयाँ) दान गरेमा एक दिनको आरती संकल्प गर्ने व्यवस्था गरेको उनले बताए । २०८० साउन २३ गते सम्म १५ लाख ९३ हजार रकम संकलन भएको सचिवालयले जनाएको छ । दाताहरुको सहयोगबाट चलेको मन्दिरलाई दाताकै साथ सहयोग चाहिने व्यबस्थापन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?