ट्रेंडिंग:

>> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र

कर वृद्धि गरेको भन्दै मेयर थापालाई चेम्बरको ध्यानाकर्षण 

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

चन्द्रौटा (कपिलवस्तु), २५ साउन ।

व्यवसायी नै धरासायी हुनेगरी कर वृद्धि गरेको भन्दै चेम्बर अफ कमर्श कपिलवस्तुले शिवराज नगरपालिकाका मेयर अजय थापालाई ज्ञापन पत्र बुझाएको छ ।

चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य तथा चेम्बर अफ कमर्श कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो । अध्यक्ष पोख्रेल र महासचिव गोपाल प्रसाद बन्जाडेले हस्तक्षर गरेको विज्ञप्तिमा वर्तमान अवस्थामा व्यवसायीहरू निकै मर्कामा परेको, व्यवसयीहरू बैंकको ऋण, व्याज, किस्ता तिर्न नसकेर घर तथा धितो लिलाम हुने अवस्थामा पुगेको छ ।

कतिपय ब्यापारीहरू आत्महत्या गर्नुपर्ने सम्मको अवस्थामा पुगेको, नागरिकहरू आर्थिक मन्दिका कारण आर्थिक गतिविधि गर्न नसक्ने अवस्थामा रहेको जटिल परिस्थितिमा समेत नगरपालिकाले घर बहाल कर, सिफारिस दस्तुर लगायत विभिन्न करमा वृद्धि गरी नागरिक तथा ब्यापारीलाई आर्थिक भार थोपरेकोमा ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष ०८०÷०८१ मा तोकिएको राजस्व तथा करलाई सुधार गर्न विज्ञप्तिमा मार्फत सुझाव समेत पेश गरिएको छ । पोख्रेलले स्थानीय सरकार चलाउन करको दायरा बढाएर करको दरमा समेत १० देखि २० प्रतिशत सम्म कर वृद्धि गर्दा ठिकै हुने हुन्थ्यो उनले भने ः “नगरपालिकाले कतिपय शीर्षकमा एकैपटक ४ सय प्रतिशत भन्दा बढीका दरले कर बढाउनु आपत्तिजन रहेको छ ।”

व्यवहारिक अध्ययन बिना बढाइएको कर तत्काल सुधार गर्नुको विकल्प नरहेको उनको भनाई छ । यस्तै बुधबार विज्ञप्ति बुझ्दै मेयर थापाले करको दर र दायराका विषयमा चेम्बर अफ कमर्शका प्रतिनिधि, चन्द्रौटा उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत सरोकारवालालाई राखेर अन्र्तक्रिया गरिने बताए । नगरपालिकाले पछिल्लो समय स्थलगत अनुगमन गरी पालिकामा दर्ता नभएका उद्योग, कलकारखाना, व्यवसाय, शैक्षिक संस्था, स्वस्थ्य संस्थालाई नगरपालिकामा दर्ता गरी करको दायरामा आउन ताकेता गरेको छ ।

संस्था दर्ता र करको दायरामा ल्याउने विषय उपयुक्त भएपनि करको दरको भारी वृद्धिले भने स्थानीय व्यापारी र आम नागरिक समेत निरास बनेको व्यावसायीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?