ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

‘आदिवासी जनजाति समूदाय अधिकार रक्षामा उपमहानगर प्रतिवद्ध’

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २५ साउन ।

बुटवल उउपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले आदिवासी जनजातीका हक अधिकार सुनिश्चित गर्न उपमहानगर प्रतिवद्ध रहेको बताएकी छन् ।

२९ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

“आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान, सीपको प्रवर्द्धन गर्दै पुख्र्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं” भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ उपमहानगर सदस्य परिषद बुटवलको आयोजनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले जनजातिका हक, अधिकार र सुरक्षाको सुनिश्चित गरी जनजातिका समस्या समाधानमा सदैव लागि परिरहेको बताइन् ।

उनले जनजाति समूदायको साथमा रहेर आगामी दिनमा समेत अगुवाई गर्ने बताइन् । जनजातिका आआफ्नै भाषा, संस्कृति, भेषभूषा र परम्पराको जगेर्ना र संरक्षणमा सबै जनजातिहरु एकजुट भएर लागि पर्नुपर्नेमा उनले जोड दिइन् ।

उपप्रमुख अर्यालले विशेष गरी जनजाति महिलाहरु आत्मनिर्भर बनेर समाज परिवर्तनमा अग्रसर भएर लागि पर्न र निरन्तर अगाडि बढ्न समेत आग्रह गरिन् । उनले आदिवासी जनजाति समूदाय समान रुपमा अगाडि बढ्न पाउनुपर्नेमा जोड दिइन् । जनजाति समूदायका आ–आफ्ना हक, हित र अधिकार प्राप्तिका लागि राज्यसँग आफ्ना मागहरु शान्तिपूर्ण आन्दोलनबाट राख्नुपर्ने बताइन् ।

हरेक आदिवासी जनजाति महिलाहरु चुलो चौकिमा मात्र सिमित नरही आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, न्यायिक, राजनैतिक जस्ता हरेक क्षेत्रमा अग्रसर र आत्मविश्वासी भएर आत्मनिर्भर बन्न समेत आग्रह गरिन् । उनले आफू नेतृत्वमा आन्दोलनबाट नै आएको र आफ्ना हक अधिकार पाउन आन्दोलन गरेको दावी गर्दै आन्दोलनबाट नै धेरै उपलब्धी गरेको बताइन् ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषदका अध्यक्ष अरुण श्रेष्ठले आदिवासी जनजाति समुदाय एकजुट भएर अगाडि बढ्न अपिल गरे । उनले आदिवासी जनजाति समुदायको सर्वाङ्गीण विकासका लागि राज्यको तीनै तहको ध्यानाकर्षण गराए ।

आदिवासी जनजाति समुदायको भाषा, संस्कार तथा संस्कृति राज्यको सम्पति भएकाले यसको संरक्षण र सम्बर्द्धनमा उचित ढङ्गले राज्यको ध्यान जानुपर्ने कुरामा समेत बुटवल उपमहानगरपालिकाको ध्यानाकर्षण गराए ।

कार्यक्रममा फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाले आदिवासी जनजातिहरु सबैले आफ्ना समूदाय र जातिको हक र अधिकार प्राप्तिका लागि आफ्नो ठाउँबाट महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

विश्व आदिवासी जनजाति दिवस मनाईरहँदा कतिपय देशहरुले सार्वजनिक विदा दिएको जानकारी गराउँदै उनले सरकारले पूर्वमा सार्वजनिक विदा दिएपनि लुम्बिनी प्रदेशमा भने सार्वजनिक विदा नदिईएको भन्दै आपत्ति जनाए ।

जनजाति समुदायका भाषा, भेषभूषा र संस्कृतिको जगेर्ना गर्न राज्यले दायित्व बहन गर्नुपर्नेमा जोड दिए । जनजाति समुदाय लामो समयसम्म निदाएकाले अब जाग्नुपर्ने नेपाल महिला मगर संघका केन्द्रीय सचिव चन्दा थापाले बताइन् । कार्यक्रम, सभा, समारोहमा उपस्थित भएर , भाषा मात्र बोलेर र आफ्नो भेषभूषा प्रदर्शन गरेर मात्र आदिवासी जनजाति समुदायले आफ्ना, हक, अधिकार र पहिचान प्राप्त गर्न नसक्ने बताउँदै त्यसका लागि आन्दोलन गर्नुपर्ने बताइन् ।

तीन तहको सरकारले आदिवासी जनजाति समूदायको पहिचान गरी भाषा, भेषभूषा, संस्कृति, मूल्य मान्यता, रितिरिवाज र परम्पराको जगेर्ना र संरक्षणमा जोड दिनुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?