ट्रेंडिंग:

>> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने

तीन मन्त्रालयको भारी बोक्दै मुख्यमन्त्री, मन्त्रीबिनाका मन्त्रालयमा भने समस्या

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २५ साउन ।

एमालेका लीला गिरीलाई बिस्थापित गर्दै १४ बैशाखमा माओवादी केन्द्रको प्रस्तावमा मुख्यमन्त्री नियुक्त भएका डिल्लीकुमार चौधरीले मन्त्रिपरिषदलाई पूर्णता नदिइकनै सय दिन कटाए । यसबीचमा सरकार बिस्तारमा पटक पटक प्रयास गरेपनि उनी टुंगोमा पुग्न असफल देखिएका छन् ।

मुख्यमन्त्री चौधरीले तीनवटा मन्त्रालयको भारी बोक्दै आएको सय दिन पुगेको छ । हाल १० वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले खानेपानी, ग्रामीण तथा सहकारी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय सम्हालिरहेका छन् । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए । उनले तीनवटा मन्त्रालयको भारी बोक्दा विभागीय मन्त्रालयको काम कारवाहीमा भने कठिनाई हुने गरेको छ ।

प्रदेशको समग्र शान्ति सुरक्षा, आर्थिक संकट समाधान, जनजिविकाका समस्या समाधान, विकास, समृद्धि, भौतिक पूर्वाधार निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने मुख्यमन्त्री मन्त्रालयको भारी बोकेर हिंड्नु परेको छ ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नयाँ दुई वटा मन्त्रालय बनाउन उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय र सहरी विकास मन्त्रालय विभाजन गर्ने गृहकार्य भइरहेको छ । नयाँ मन्त्रालय विभाजन गर्ने भनिए पनि यसको भागबण्डाबारे भने अझै टुंगो लाग्न सकेको छैन ।

यसअघि भएकै सहमति बमोजिम नै मन्त्रालय विभाजन गर्ने तयारी गरिएको माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजीत थारुले बताए । अहिले भएकै मन्त्रालय बाँडफाँडमा समेत दलहरुबीच सहमति बन्न नसकिरहेका बेला मन्त्रालय विभाजन गर्दा भागबण्डा मिलाउन थप सकस् पर्ने देखिन्छ ।

काँग्रेसबाट दलबहादुर राना, विश्वप्रेम पाठक, भुवनेश्वरी चौधरी, धनेन्द्र कार्की, निमा गिरी लगायतले मन्त्री बन्नका लागि तीव्र लविङ गरिरहेका छन् । माओवादीले भने कृष्णा केसी र दिपेन्द्र पुनलाई मन्त्रीका लागि सिफारिश गरिसकेको छ ।

अहिले भागवण्डा हुन बाँकी तीन मन्त्रालयमध्ये कांग्रेसलाई दुई र माओवादीलाई एक मन्त्रालय दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी रहेपनि माओवादीले भने थप दुई मन्त्रालयमा आफ्नो दाबी छोडेको छैन । पूर्वसहमति अनुसार तीन मन्त्रालय माओवादीले माग गर्दै आएको छ । सरकारमा सहभागी हुँदा कांग्रेस चार र माओवादीलाई तीन मन्त्रालय दिने पूर्व सहमति थियो ।

गृहमन्त्री सन्तोषकुमार पाण्डेले भने अव छिट्टै नै मन्त्रिपरिषदे पूर्णता पाउने दावी गरे । ”आन्तरिक समझदारी बनिसकेकोले मन्त्रिपरिषदले अव छिट्टै नै पूर्णता पाउँछ”–उनले भने । लुम्बिनी प्रदेशमा अहिले नेपाली कांग्रेसले मुख्यमन्त्री र स्वास्थ्य मन्त्रालय, माओवादीले अर्थ मन्त्रालय, लोसपाले गृहमन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार मन्त्रालय, जसपाले कृषि तथा भूमि सुधार मन्त्रालय र जनमत पार्टीले सामाजिक विकास मन्त्रालय पाएका छन् ।

सरकारलाई समर्थन गरेका नेकपा एस र जनमोर्चालाई भागबण्डा पुगेको छैन । उनीहरूलाई संसदीय समितिमा जिम्मेवारी दिने गरी पनि छलफल भएको छ । छ वटा संसदीय समितिको नेतृत्वका लागि सत्तारुढ दलले समझदारी गरेको अवस्था छ । दुई विपक्षी एमाले, तीन कांग्रेस र माओवादी तथा एक साना दलबाट सहभागिता गराउने अनौपचारिक समझदारी बनेको छ ।

बजेट कार्यान्वयन गर्ने समयमा विभागीय मन्त्री नहुँदा बजेट खर्च गर्ने कुरामा समस्या देखिन थालेको कर्मचारीहरु बताउँछन् । वन तथा वातावरण मन्त्रालय प्रशासन महाशाखा प्रमुख केशव अर्यालले विभागीय मन्त्री नहुँदा मन्त्रालयका काम गर्न कठिनाई हुने बताए । “अव पनि मन्त्री नियुक्त नहुने हो भने झनै समस्या हुन्छ”–उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?