ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु जातिको पहिचानमा ‘हरेरी पूजा’

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

चन्द्रौटा (कपिलवस्तु), २४ साउन ।  बहुल जाति बहुल भाषी देश हो । जहाँ विभिन्न्न जातजाति, भेषभूषा, भाषा, धर्म र संस्कृति अवलम्बन गर्दै आएको अनेकौँ समुदायका मानिस एकापसमा मिलेर बसोबासको सर्वविधित नै छ । थारु समुदाय जुन अन्य समुदायभन्दा बेग्लै संस्कृतिले पहिचान समेत बनाएको छ ।

हरेक समुदायको आ–आफ्नो मौलिक भेषभूषा, मूल्यमान्यता र पहिचान छुट्टाछुटै हुने गर्दछ । यस्तै अन्य समुदायको तुलनात्मक हिसाबले थारु समुदाय एक साँस्कृतिक रूपमा अब्बल रहेको मानिन्छ । आजा पूर्खाले बर्षौँदेखि मान्दै आएको पुर्खौली परम्परा रितिरिवाजलाई पछिल्लो युवा पुस्ताले कतै बिर्सिदै आएको त छैन् ? कतै थारु जातिको अस्तित्व नै मेटिने होइन् ? यस बिषयमा थारु अगुवा लगायत सामान्य व्यक्तिलाई पनि वर्तमान समय सापेक्षा चिन्ता र जिज्ञासाको बिषय समेत बनेको छ ।

जिल्लाको शिवराज नगरपालिका–२, बनकटवा गाउँका सामाजिक अभियान्ता तथा थारु अगुवा आशाराम थारुले आफूले खेतीपाती गर्दा मारिएका किरा लगायत अन्य जन्तुको नाश भएकोमा भगवानसँग क्षमा याचना गर्न हरेरी पूजा पुज्ने गरेको बताउँछन् । अगुवा थारुले थारु समुदायको सदियौँदेखि पूर्खाले संरक्षण गर्दै आएको राम्रो चाल चलन लोप हुँदै गएको उनले चिन्ता व्यक्त गरे । उनले भनेः “आगामी समयमा थारु जातिको पहिचान संस्कृति र संस्कारलाई पछिल्लो पुस्ताले आत्मसात गरेका छैनन् । युवा पुस्ता जिम्मेवार नभएकै कारण थारु जातिको अस्तित्व नै मेटिने हो कि भन्ने चिन्ता छ ।” वास्तवमै थारु जाति र थारु समुदाय कला संस्कृतिमा निकै धनी नै छ । त्यसै अनुरूप थारु समुदायको हेरेरी पूजाको बिषयमा चर्च गर्नु पर्दा यो थारु जातिको पहिचानको मुख्य महत्वपूर्ण अङ्गको रूपमा छ । बिशेषगरी थारु समुदायले धानको रोपाइ सकिए पछि यो पुजा प्रत्येक बर्ष गर्ने चलन छ ।

भौगोलिक विविधता तथा परिवेश अनुसार यो पूजालाई फरक तरिकाले गर्ने गरिन्छ । तर कपिलवस्तुका थारु समुदायको अनुकूल यस पूजाले रोपेको धान हरियो हुनुका साथै राम्रो फलोेस्, उत्पादनमा वृद्धि होस् भनि गरिन्छ । हरेरी पूजा थारु गाउँका थारु समुदाय एकजुट भएर गर्ने गरिन्छ । हरेक बर्ष यो पूजा गर्ने गरे त पनि प्रत्येक तेस्रो बर्षमा अलि भिन्नै हुने गरेको छ । ठाउँ अनुुुसार यो चलन फरक हुने गर्दछ । हरेरी पूजाले थारु जातिको ऐतिहासिक पहिचान समेत कायम राखेको छ ।

किवदन्तीअनुसार प्राचीनकालमा महादेव र पार्वतीको कथनसँगै टुनामन्तर (पूजाआजा) गरेर खेतीपातीको रोग किरा हटाएको विश्वास थारु समुदायमा छ । र त्यही अनुसार यो पूजा थारु किसानले गर्दै आएका छन् । प्रकृति पूजकका रूपमा थारु समुदायमा यस्तै अन्य पर्व संस्कार रहेका छन् । वर्षौं बर्ष देखिको विश्वास हो । यो पूजामा थारु समुदायका संस्कृति पनि जोडिएका छन् ।

सामाजिक मूूल्यमान्यता
धान रोपाईं सकेको केही दिनपछि थारु समुदायमा गाउँभरका मानिसले रकम संकलन गर्छन् । संकलन भएको रकमले पूजा सामग्री किन्ने र देवी देवतालाई चढाउन मिठाई किनेर देवी माताका जनावर र माटोमा देवी, देवताहरूको मूर्ती बनाएर पूजा गर्ने चलन छ । थारुहरूको दानवा भन्ने देवताले धानमा लाग्ने किरा लाग्नबाट जोगाउनकासाथै उत्पादनमा वृद्धि गराउने विश्वास छ । यो पूजा गर्दा उत्पादनमा वृद्धि हुनुका साथै मानव तथा पशुमा रोगव्याधी नलाग्ने थारु जातिको सामाजिक मान्यता छ ।

किन गरिन्छ हरेरी पूजा ?
पश्चिम तराईका थारु जातिले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा गर्ने गर्दछ । यस पुजाले थारु समुदायमा एकता ल्याउनुका साथै मेलमिलाप, सामाजिक सद्भाव कायम राख्न वातावरण सहज हुने गर्छ । परम्परागत पूजाले धान उत्पादनमा वुद्धि हुने थारु समुदायको विश्वास रहि आएको छ । धानमा किरा लाग्नबाट बचाउन र उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर्ने गरिन्छ ।

कसरी गरिन्छ पूजा ?
डिउहार (मरैया) मा अरू बर्ष रातीभरी बसीदैन् तर तस्रो बर्ष भने त्यहाँ गाउँभरका पुरुष एक ठाउँ जम्मा भएर सामूहिक रूपमा मदल बजाएर नाच, गान र पुजा अराधना गर्दै रात बिताउने चलन पुस्तौँ–पुस्तौँ देखि चल्दै आएको चलन छ । गाउँका मानिस मात्रै नभएर अझै गुर्वा र त्यो सँग बस्ने केसउका समेत बस्ने गर्दछन् । गुर्वा र केसउका भनिने मादलको तालमा नाच्ने र थारु परम्परानुसार प्रकृति यनिकी माटोले बनाएको एउटा बाघ र १० ओटा घोडा साथमा माटोले बनाएको दियो बालेर गाउँ समाजलाई रक्षा होस्, रोग व्याधीले नलागोस भनी पुजा गरी कामना गरिन्छ ।
यसैगरी राती पूजा गरेर सके पश्चात् बिहान गाउँका प्रत्येक घरबाट चामल, दाल र सब्जी लगायतका सामाग्री संकलन गरी एकठाउँमा भात, बरिया, पकौरा, सोहेना लगायत चढाएका कुखुराको मासु र बंगुरको मासु पकाएर डिउहर (मरैया) मा केटाकेटीलाई बोलाएर प्रसादको रूपमा खिलाउने गरिन्छ । प्रत्येक घरका एक जना व्यक्तिलाई एक छाक पुग्ने गरि बाँड्ने र सबै एकठाउँमा खाना खाने गर्दछन् ।

थारु अगुवाको बुझाई
बाणगंगा नगरपालिका वडा नम्बर–६ का अगुवा झगरु थारुले हरेरी पुजा खासगरी खेतिपाती गर्दा किरा, फट्ङग्रा लगायत जनावरहरूको जानी न जानी मारिएका हुन्छन् तिनीहरूको पाप आफूलाई नगोस् भगवानबाट माफ होस् भनी मान्यताका साथ पुजा गर्ने गरेको थारु बताए । उनका अनुसार गुर्वाले पुजा गर्दा गाउने गीत बर्का फुलवार वा खेतवती धर्ती कसरी बन्यो सृष्टि रचनाबाट सुरु हुन्छ “अक्ल काल गुर बाबा शकर पार्वतीके धानी हो” जलैजलले भरिएको संसारमा धर्ती रचना गर्ने क्रममा कमलको फूल माथि बसेको ईश्वरले सृष्टि रचना गर्दै गर्दा अब यसरी हुँदैन् अब माटोको पत्ता लगाउन को जाने भन्दा गगटो लगायत अन्य जानवरहरू लिना पठाउँदा कोही पनि ल्याउन नसकेको खण्डमा गड्यौलालाई माटो लिउन ईश्वरले पठाएको थारु बताउँछन् ।

यस्तै माटो लिएर (खाएर) आउने क्रममा रक्षसले बनयो तँ कहाँ गएको भन्दा गड्यौलाले जवाफ दियो घुमना गएको भनेर र पनि रक्षसले निमोटर छाडे तर पनि गड्यौला अलिकति भए पनि ईश्वर सम्म पुगेरै छाडेयो । अनि ईश्वरले गड्यौलालाई भने ल ठिक छ अब त जुगौँजुग बाँच्छस् तेरो बंश अमर हुनेछ भनेर अशिर्वाद दिए । र पुनः भने यस धर्तीमा संख्या बढ्दै जना थाल्यो । आफूलाई थाहा भए अनुसार दोस्रो विश्वयुद्ध पछि खेती गर्न सुरुवात सँगै हरेरी पुजने चलन चल्दै आएको बताउँदै यसले गाउँ समुदाय हराभरा रहने साथै गाउँमा रोग व्याधी न लागोस् भनी र रोपेको धान लगायत अन्नबालीमा किरा नलागोस् भनी यो पुजा गर्ने गरेको अगुवा थारुको भनाई छ ।
के भन्छन् थारु गुर्वा ?
शिवराज नगरपलिका–९, भगवानपुरका गुर्वा पूर्णवासी थारुले हरेरी पूजा पुर्खौँ पुर्खा देखि मनाउँदै आएको बताए । “विगतमा न त डाक्टर थिए न केहि” उनले भने : “धनमत गुर्वा, रासु गर्वा र धनकेश्वका गुर्वा थिए । जुन त्यतिबेला हैजा, खाँज लगायतको रोग फैलिएको थियो । ती गुर्वाहरूबीच एकदिन सल्लाह गरी रोग हटाउने बाचा भयो, त्यहि अनुसार अहिले हामी हरेरी पूजा गर्ने गरेका छौँ” उनका अनुसार थारु समुदायले मनाउने पूजामा अनेकौँ देउता छन् । काली माई पक्की होम खान्छिन्, जख्वाजखिनिया उनरा मुस (जंगलमा पाइने मुसा), डिउहार बाबा बोका खान्छन्, पाँचो पण्डा छत्ही नरैनी दुध जाउर (खिर) खाने वा बली लिने गरेको छन् । हरेरी पूजा असारदेखि भदौ महिनामा सामूहिकरूपमा गर्ने गरिन्छ । विशेष गरी थारु गाउँमा यो पूजा गरेपछि खेतीबारीमा कुनै किसिमका खेतीमा रोग नलाग्ने जनविश्वास रहेकोे उनले जानकारी दिए । “धान खेती नै मुख्य अन्नबाली रहेकाले हामी उब्जनी बढाउन परम्परागतदेखि आधुनिक प्रविधिको प्रयोग गर्ने गर्दछौँ”, पूर्णवासीले थपे : “सिँचाइ, मलखाद व्यवस्थापनसँगै रोग किरा, प्राकृतिक प्रकोपबाट बालीलाई जोगाउन परम्परागतदेखि आधुनिक प्रविधि गर्ने गरिन्छ तर थारु गाउँमा धान बालीको सुधार गर्न हरेरी पूजा महत्वपूर्ण मानिन्छ । हामी हरेक वर्ष पूजा गर्छौं ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?