ट्रेंडिंग:

>> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम

सरावल सरकारले खोज्दै कुलो पुनःउत्थान

२४ श्रावण २०८०, बुधबार
२४ श्रावण २०८०, बुधबार

नवलपरासी, २४ साउन ।  जिल्लाको सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम बनाउने योजना अगाडि सारेको छ । कतिपय पालिकामा कुलो पुर्दै सडक पूर्वाधार बनाउँदै गरेको भए पनि सरावल गाउँपालिकाले कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको हो ।

पूर्खाले कुलो मार्फत सिंचाई तथा जलनिकास दुबै गर्दै आएको कुरालाई विचमा बोरिगँ र पम्मिगँसेट तथा नहर आदीको प्रचलनले हराउँदै गएको कुलो सिचाई ब्यवस्थालाई पुनः स्थापित गर्नका लागि गाउपालिकाले अब योजना बनाएरै कुलो पुर्नउत्थान कार्यक्रम ल्याउन लागेको गाउँपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराए । कुलो सुख्यायाममा सिचाई साधन मात्र होईन्,उनले भने,कुलो बाढीको बेला जलनिकासको साधन पनि हो ।

कुलो सिंचाईले विगत बर्षमा गाँउको जलनिकास र खेतमा सिंचाई प्रबन्ध मिलाइएको थियो । २०२४ सालको नापी हँुदाको बखत पनि पुराना नक्सामा धेरै कुलो, घोलहरू हँदै छाडन्, सोई जस्ता जलस्रोतको उल्लेख गरेको पाईन्छ । तर विगत केही दशकदेखि विकास पूर्वाधारका लागि स्थानीय तहमा बजेट आउन थालेपछि बजेटको सदुपयोग गर्ने नाँउमा पुराना कुलो पुरियो, घोलहरू भरियो, सोईहरू पुरेर खेत बनाइयो, पोखरी पुर्ने चलनले पनि ब्यापकता पायो, अध्यक्ष चौधरीले भने, तर अहिले आएर ती पुराना संरचनाहरू आवश्यक रहेको कुरा स्थानीयले महशुस गर्न थालेका छन् ।

कुला, घोल, पोखरी, ताल, सोई जस्ता पानीका स्रोतहरूलाई पुनः पुर्नउत्थान नगरि स्थायी रूपमा पानीको स्रोत संरक्षण हुँदैन । प्रविधिले बोरिगँ र ट्युवेल गाड्ने सहजता त ल्यायो,तर जमिन मुनिको पानीको स्थायी स्रोत जमिन भित्र जल पुर्नभरणको यिनै स्रोत मास्ने अवस्था पनि ल्याएको छ । दुई दशकमै जमिन मुनिको जल भण्डार सकिएको महशुस हुन थालेको छ, अध्यक्ष चौधरीले थपे, अहिले जमिनमुनिको पानी निकाल्न डिजल महगो भयो, विकल्प बिजुली रोजिदै छ, तर पानीको विकल्प पानी नै भएको हँुदा पुर्नभरणको माध्यम पनि तिनै कुला र घोल हुन सक्ने भएकोले कुलो पुर्नउत्थान आवश्यक रहेको गाउँपालिकाले महशुस गर्न थालेको छ ।

गाउँपालिका भएर गण्डक नहरको मुल नहर तथा शाखा नहरहरू पनि छन्, तर ती नहरहरूमा पनि एकै पटक सबै तिर पानीको माग हुन थाले पछि नहर भए पनि पानी पाउन सकेका छैनन् । आधुनिक सिंचाई विधिका कारण नासिदै गएको पुराना सिंचाई विधिलाई जसरी पनि पुर्नउत्थान गर्न आवश्यक रहेको उनको भनाई थियो । उनले पहिलो चरणमा प्रत्येक वार्डमा रहेका कुलोहरूको सर्वेक्षण गरिने र लगत तयार गर्न लगाईने छ । त्यस पछि कुलोको पानीको मुहान, स्रोतको पहिचान गराईने छ । जल निकासका सोईहरूको समेत पहिचान गरिने गरि जलनिकासको ब्यवस्थापन गरिने उनले जनाए । चुरे देखी भारतिय सिमासम्म फैलिएको सरावल गाउँपालिकालाई सिचाई ब्यवस्थापनका लागि तिनै कुलो, घोल, सोर्इं, ताल पोखरीको लगतको आधारमा गुरुयोजना बनाईने छ,उनले भने, क्रमशः प्राथमिकताको आधारमा कुलो पुर्नउत्थानका लागि बजेट विनियोजन गर्दै कुलो सफाई गर्ने, हुलासी, पिडुरा, पेटबनिया लगायतका विभिन्न घोलको पनि उचिन ब्यवस्थापन गरिने छ । कुलो सिचाई स्रोत हो,भन्ने घोलहरू, पोखरी, ताल तलैया पानीको स्रोत हुन, त्यसै गरि सोईहरू सिंचाईपछि बढि भएका पानीहरू बग्ने जलनिकासका पारम्परिक साधन हुन् । यसलाई पुर्नत्थान गर्न आवश्यक छ ।

आधुनिक सिंचाई साधान नहर,बोरिगँका लागि पनि पारम्परिक जलस्रोत ब्यवस्थापन गर्न सकियो भन्ने मात्र ती साधनको दिगो प्रयोगमा ल्याउन सकिन्छ । दिगो कृषि प्रणालीलाई सुचारु गर्न सकिन्छ । आधुनिकताको नाममा पारम्परिक साधनलाई वेवास्ता गरियो भन्ने केही समय पछि आधुनिक साधनले पनि काम गर्न छाड्ने उनको तर्क थियो । जुन यो बर्ष देख्न सुन्न पाइयो, अध्यक्ष चौधरीले भने,धेरै बोरिगँमा पानी आउन छाड्यो,नहरमा पानी अभाव भयो,अन्तिममा खेत बाझो हुने अवस्था पनि देखियो । त्यसै गरि जलनिकासका प्रारम्परिक साधान सोईहरू पुरेर खेत बनाइए पछि जलनिकास बन्द भएर ठूलो पानी पर्यो भन्ने डुबान निम्त्याउने गरेको छ । यसले गर्दा पनि जिल्लामा सबै भन्दा लामो समय डुबानको मार झेल्नेमा सरावल गाउपालिका नै रहेको छ । त्यसमा पनि सिचाई प्रणालीको नाममा गण्डक सम्झौता अनुसार बनेका झरही,धनेवा,खजुरा खोलामा बनाइएका बाँधहरू रहेका छन् । चुरे देखी भारतिय सिमासम्म कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डमा सुख्खा हुने र ३ वटा वार्ड डुबान हुने समस्या हुदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?