Butwal Today

मदन पुरस्कारका लागि पाँच पुस्तकको सूची सार्वजनिक

२४ श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौं,२४ साउन । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०७९ का लागि छनोट भएका पुस्तकहरुको सूची सार्वजनिक गरेको छ।

मदन पुरस्कार गुठीले बुधबार विज्ञप्ति निकालेर पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो।

जसमा सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घरलाई श्रेष्ठ पाँचको सूचीमा राखिएको छ।

यिनै पाँच कृतिमध्ये एकलाई सर्वोत्कृष्ट कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिनेछ। हाल मदन पुरस्कारको राशि चार लाख रूपैयाँ छ।