ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

स्तनपान अधिकार कुण्ठित नहोस्

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाहरूको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु भएको विश्व स्तनपान सप्ताहको आज अन्तिम दिन । यो बर्षको नाराले कामकाजी महिलाहरूलाई लक्षित गरि नानी बाबुलाई स्तनपान गराउन महत्वपूर्ण सन्देश दिएको छ । नवजात शिशुका लागि आमाको दुध कति पोषणयुक्त हुन्छ भन्ने नजान्दा विश्वमा धेरै नावालक वालबालिकाको मृत्यु हुने गरेको छ । नेपालकै सन्दर्भमा समेत स्तनपानको महत्व नवुझ्दा धेरै आमाहरूले शिशुलाई दुध खुवाउन अनिच्छा देखाउँदै आएका छन । अझै आफू सुन्दर देखिने नाममा बच्चालाई दुध नचुसाउने गरेको पाइएको छ । यसरी नवजात शिशुको आमाको दुध पिउन पाउने अधिकारको जानेर वा नजानेर हनन् भैरहेको छ । जसका कारण धेरै शिशु अकालमा मृत्युको मुखमा पुग्न विवस भएका छन । स्तनपान अमृत समान हुने गरेको वैज्ञानिक पुष्टी भैसकेको सन्दर्भमा यसको महत्वका विषयमा अझै आमाहरूलाई जानकारी दिनु जरुरी छ ।

नवजात शिशुलाई पोषणको नाममा विभिन्न किसिमका बजारीय दुध खुवाउने क्रम बढ्दो छ । त्यस्ता पाउडर दुधले एकातिर शिशुको स्वास्थ्यमा असर पुगिरहेको हुन्छ भने अर्कोतिर त्यसका कारण अनेकथरि रोगको शिकार समेत हुने गरेको धेरै उदाहरण छन । शिशुलाई आमाको दुध नै सर्वोत्तम हुने भएपनि त्यसको विषयमा धेरै जानकारी नहुँदा आमाहरूले शिशुहरूलाई रोगी र कमजोर वनाउँदै लगेका छन । ६ महिनासम्म बच्चालाई सहि तरीकाले स्तनपान गराउँदा पनि त्यो अमृत समान हुन्छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने हुनसक्छ । बच्चालाई दुधको मात्रा पु¥याउन क्याल्सीयम युक्त खानेकुराहरू पनि दिनुपर्ने जरुरी छ । जेहोस स्तनपान सप्ताहको यो अवसरमा नेपालमा पनि आमाहरूले आफ्ना शिशुहरूलाई सही रूपमा स्तनपान गराएर शिशुको स्वास्थ्यमा गंभीर ध्यान दिनुपर्दछ । त्यसका लागि फेरिपनि स्तनपानको महत्वका विषयमा ग्रामिण क्षेत्रदेखि शहरसम्म महिलाहरूमा सचेतना बढाउनु आवश्यक देखिएको छ ।

अर्कोतर्फ कामकाजी आमाका लागि कार्यस्थलमा स्तनपान कक्ष नहुँदा ६ महिनासम्म स्तनपान गर्न पाउने शिशुको सङ्ख्या घट्दै गएको देखिएको छ । धेरैजसो महिला शिशुलाई घरमा नै छाडेर कामकाजमा जाने र कार्यालयमा स्तनपान कक्ष नभएकाले शिशुले स्तनपान गर्न नपाएको अवस्था छ । सुत्केरीपछि आमा काममा फर्किनुपर्ने कारणले गर्दा स्तनपानलाई निरन्तरता दिन आमाले चुनौती व्यहोर्नु परेको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को प्रतिवेदनमा नेपालमा छ महिनाभन्दा मुनिका ५६ प्रतिशत शिशुलाई पूर्णरूपमा स्तनपान गराइएको छ । जबकी जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को प्रतिवेदनमा ६६ प्रतिशतले शिशु जन्मेको छ महिनाभित्रमा स्तनपान गराएको थियो । यसरी स्तनपान गराउनेको संख्यामा १० प्रतिशतले कमी आएको छ । कामकाजी महिलाले सुत्केरीबाट काममा फर्केपछि पनि छ महिनासम्म शिशुलाई आफ्नो दूध मात्र खुवाएर पूर्ण स्तनपान गराउनुपर्ने हुन्छ । तर, विभिन्न कारणले कार्यस्थलको सुरक्षा अभाव देखिएको छ । ६ महिनासम्म पूर्णरूपमा आमाको दुध मात्र खुवाए शिशुलाई कुनै रोगले नसमात्ने र कुपोषण नहुने चिकित्सकहरूको भनाई छ । यो बर्ष स्तनपान दिवस मनाउँदै गर्दा र दिवसको समापन हुँदै गर्दा दिवस केवल औपचारिकतामात्रै नबनोस् । दिवसको मनाउनुको सार्थकता नतिजामा देखियोस् । प्रत्येक शिशुको स्तनपानको अधिकार कुष्ठित नहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?