Butwal Today

लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

२२ श्रावण २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, २२ साउन । मनसुन सक्रिय भएसँगै देशभर वर्षा हुने क्रम जारी छ। अहिले (सोमबार बिहान) पनि कोशी, बागमती, लुम्बिनी, मधेश प्रदेशको पश्चिमी भाग र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशााखाकी मौसमविद् शान्ति कँडेलका अनुसार अहिले काठमाडौं उपत्यकाका पनि विभिन्न स्थानमा वर्षा भइरहेको छ।
‘अहिले मनसुन सक्रिय भएको छ’, उनले भनिन्, ‘अरू दुई/तीन दिन वर्षा जारी रहने देखिन्छ।’

महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

‘आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् कँडेलले जानकारी दिइन्।

यस्तै राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। मौसम महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?