ट्रेंडिंग:

>> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ? 

यसरी फेरिंदै छ सिद्धार्थनगरको मुहार

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

भैरहवा, २२ साउन ।

फराकिला सडक, व्यवस्थित फुटपाथ र चिटिक्क हरियाली सडक सहित देशकै सुन्दर नगरको रूपमा सिद्धार्थनगरको परिचय स्थापित हुन थालेको छ ।

सिद्धार्थनगरमा रहेका भित्रि सडकहरूको स्तरोन्नती, सडक फराकिला र सफा हुँदा विदेशका सडकको झल्को समेत पाउन सकिन्छ । ठुला सडक, हरियाली बोटबिरुवा, डण्डा करिडोर, पर्यटकीय गेटले सिद्धार्थनगरलाई थप आकर्षक र मनमोहक बनाएका छन् ।

पहिलो चरण, दोश्रो चरणका काम सहित तेश्रो चरणमा एसियाली विकास बैँक(एडीबी) को लगानीमा हुन लागेका विकासका योजनाले सिद्धार्थनगरको मुहार फेर्न लागेको छ ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँनले यो आर्थिक वर्षमा नगरलाई ग्रीन नगरपालिका बनाउने उद्देश्य अनुसार सिद्धार्थनगर नगरपालिकामा साढे १२ हजार रुख बिरुवा लगाइसकेको बताए । “हामीले डण्डा करिडोरको विकास गरेका छौँ, सिद्धार्थनगर अब विकासले काँचुली फेरिँदै छ”– खाँनले भने, “गाई गोरुलाई गौशालामा राखिएको छ, छाडा कुकुरलाई अब बन्ध्याकरण गर्दै छौँ ।”

फुटपाथ सहित २७ किलोमिटर सडक पूरा भएपछि सिद्धार्थनगरमा पर्यटन प्रवद्र्धन हुनुका साथै नगरले विकासको मुहार फेरिने नगरप्रमुख खाँनले बताए । “सडक विकास भनेको विकासको मुख्य आधार हो, गुणस्तरीय पनि हुन्छ, नगरलाई यो खालको विकासमा लैजान ३ अर्ब जति लगानी हुँदै छ”– खाँनले भने, “यो बहुवर्षीय योजना हो अब हामी डिपिआर बनाउँदैछौँ ।”

सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले सिद्धार्थनगर नगरपालिकामा आन्तरिक श्रोत खासै नभएको सन्दर्भमा एडीबीको लगानीले नगरमा विकास भएको बताइन् । एडीबीले विश्वास कमाएको छ, समयमै धेरै काम सम्पन्न भएका छन्, अधिकारीले भनिन्, “यहाँका सडक फराकिला, धेरै राम्रा भएका छन्, अन्य क्षेत्रमा खासै काम नभएको अवस्थामा एडीबी मार्फत सिद्धार्थनगरमा २ वटा फेज पूर्णरुपमा सफल भएर तेस्रो फेजको लगानी लगाउने आउने तयारी हुँदै छ । बिगत जस्तै तेस्रो चरणमा समेत सफलरुपमा काम सम्पन्न भई सिद्धार्थनगर नगरपालिकामा विकासको मुहार फेरिने छ ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले सिद्धार्थनगरमा भएको विकासले प्रमुख आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन हुने बताए । “सडकको विकास भएपछि पर्यटक आउँछन्, पर्यटक आएपछि बढी चलायमान पनि हुन्छ, हाम्रो अहिलेसम्मको मान्यता भनेको सडक निर्माण हुनु भनेको विकासको मुख्य आधार हो”– पौड्यालले भने ।

यही हिसाबले नगरपालिकाले कर उठाएर नगर क्षेत्रमा लगानी गर्न करिब २० वर्ष जति लाग्ने पौड्यालको भनाई छ । “हाम्रो आन्तरिक स्रोत भनेको १०–१२ करोड हो, उसले करिब ३ अर्ब लगानी गर्ने हो, अहिलेको करको हिसाबले त अझै हामीलाई २० वर्षपनि लाग्छ”– पौड्यालले भने, “त्यो भएकाले नगरपालिकाले आफ्ना जनतालाई करको धेरै भार नपारीकन संघीय सरकारबाट पैसा लिएर सिफारिस गर्ने अवस्था सिर्जना भयो ।”

तेश्रो चरणको ठेक्का अझै नलागेको बताउँदै पौड्यालले भने, “अझै ठेक्का लागेको छैन कतिवर्षमा सक्ने भन्ने कुरा डिपिआर तयार भएर मापदण्ड अनुसार कति समय लाग्छ सोही अनुसार हुन्छ । यो योजना बहुवर्षीय योजना भएकाले हामीले प्राविधिक हिसाबले मूल्यांकन गर्ने हो”– पौड्यालले भने ।

दुई चरणका काम सकिएका छन् । “वृक्षारोपण सहितका सकिए, अबको तेश्रो चरण अन्तर्गतको लगानी हो”–पौड्यालले भने, “कुल लगानीमा १५ प्रतिशत हामीले ब्योर्हाेनुपर्ने, अरु संघीय सरकारले लगानी गर्ने हो ।

आयोजना ब्यवस्थापक साकार श्रेष्ठले यो आउटपुट १, आउटपुट २, आउटपुट ३ भनेर तीन वटा भएको बताए । ३ मार्फत गुरुयोजना बनाउने तयारी भएको बताउँदै श्रेष्ठले भने, “सुरुमा ६ वटा उद्देश्य हो हाम्रो, २ वटा गुरुयोजना छनौटमा परेका छन् । जसमध्ये सडक सबै एडीबीले लगानी गरेको जोड्ने सडकको गुरुयोजना, दोश्रो भनेको डण्डा करिडोर हो । पर्यटकीय गेटदेखि बाइपासको डण्डा खोलाको पुलसम्म हो ।”

श्रेष्ठले अहिलेको चरणमा अब अन्तिम प्रतिवेदन १ हप्ता देखि १० दिनमा पेश हुने बताए । डण्डा करिडोरको गुरुयोजनाको समय २ महिनाको छ । गुरुयोजना शहरी विकास मन्त्रालय अन्तर्गत भइराखेको हो ।

आयोजना ब्यवस्थापक श्रेष्ठले पछिल्लो चरणमा ६५ किलोमिटर पठाउँदा धेरै लगानी भएकाले हाललाई अन्दाजी २६ किलोमिटर जतिको गुरुयोजना बन्दै गरेको बताए ।
“अबको सिद्धार्थनगर नगरपालिका र जनकपुर ठेक्का सुरुमा खोल्ने तयारी छ, क्रृण सम्झौता अक्टोबरतिर होला सायद”–श्रेष्ठले भने, “एसियाली विकास बैँक, अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालयको लक्रृण सम्झौता होला । ठेक्का निकाल्ने तयारी चरणमा हामी अंगाडि छौँ, ठेक्का ५ वटा पालिकाको हुँदै छ ।”

एडिबीको लगानीमा हाल सिद्धार्थनगर नगरपालिकाको काम अंगाडि रहेको श्रेष्ठको भनाई छ । अहिलेको तेस्रो चरणको लगानीमा समेत सुरुमा सिद्धार्थनगर नगरपालिकामा एडीबीको लगानी हुने श्रेष्ठले बताए ।

यस अघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयूडिपी’ र ‘आईयूडिपी’ आयोजना संचालन भइ सम्पन्न भएको थियो । आरयूडिपी आयोजना संचालनको क्रममा देशमै पूजिँगत खर्चको अवस्था निराशजनक भएको बेला समयमै काम सम्पन्न गरेकाले एडीबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कार समेत प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?