Butwal Today

आंखा पाक्ने रोगले विद्यालय बन्द गरिंदै

२२ श्रावण २०८०, सोमबार
अ+
अ-

लमही २२ साउन ।  देउखुरीका सर्वसाधारण सहित विद्यार्थीहरुका आँखा पाक्ने रोग फैलिन थाले पछि केही दिनका लागि विद्यालयहरु बन्द हुन थालेका छन । देउखुरीको गढवा गाँउपालिकाले आइतवार देखि पालिकाभरी रहेका संस्थागत (निजी ) विद्यालयहरु साउन २८ गते सम्मका लागि बन्द गर्ने पत्राचार गरेको पालिकाका शिक्षा शाखा प्रमुख श्याम वहादुर विकले जानाकारी दिएका छन । उनले विद्यालयहरुमा पछिल्लो समयमा आँखा रातो हुने चिलाउने रोग दिन प्रतिदिन फैलदै गएकोले बालबालिकाहरुका हुन सक्ने जोखिम न्यून गर्न लागि विद्यालयहरु वन्द गर्न सबै विद्यालयहरुमा पत्राचार गरेको वताए । पालिकामा रहेका सामुदायिक विद्यालयहरुका भने साउन १ गते देखि साउन २९ गते सम्मका लागि बर्षे बिदा गरिएको उनले जनाए । विद्यार्थीहरुमा मात्र होइन । देउखुरीमा सर्वै उमेर समुहका व्याक्तीहरुमा आँखा पाक्ने रोग फैलिएको छ ।

Photo : file