ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

लिखित प्रतिवेदनविनै सकिँदै माओवादी बैठक

२१ श्रावण २०८०, आइतबार
२१ श्रावण २०८०, आइतबार

काठमाडौँ, २१ साउन ।

बुधबारदेखि राजधानीको प्रज्ञा भवन, कमलादीमा जारी नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज समापन हुँदै छ । शनिबार अबेसम्म बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम लगभग सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको महासचिव देव गुरुङले जानकारी दिए ।

‘अध्यक्षले प्रस्तुत गर्नुभएको राजनीतिक र सङ्गठनात्मक प्रतिवेदनमाथि शनिबारसम्म केन्द्रीय सदस्यहरू आ–आफ्ना विचार राख्ने क्रम सकिएको । आज बैठकमा उठेका प्रश्नहरूको जवाफ अध्यक्षज्यूले दिएपछि प्रतिवेदन परिमार्जनसहित पारित हुनेछ’, गुरुङले भने ।

शनिबार पदाधिकारीसहित ७४ जनाले प्रतिवेदनमाथि छलफलमा भाग लिएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । चार दिन अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि २१५ जना सदस्यहरूले आफ्नो धारणा राखेको उपाध्यायले जानकारी दिए ।

लिखित प्रतिवेदनबिनै सम्पन्न हुँदै माओवादी बैठक

यो पटक माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भिन्न देखिएको छ । यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले आफै प्रतिवेदन तयार गर्थ्यो । उद्घाटन सत्रको दिन प्रतिवेदका विषय संक्षिप्त जानकारी गराएपछि लिखित प्रतिवेदन प्रत्येक सदस्यको हात हातमा दिइन्थ्यो । सदस्यहरूले प्रतिवेदनमा भएका विषय अध्ययन गरेर आलोचनात्मक विरोध वा समर्थन गर्थ्ये तर यस पटक प्रचण्डले बैठकमा राजनीतिक र संगठानिक प्रतिवेदन मौखिक रूपमा बैठकमा जानकारी दिए । लिखित प्रतिवेदन बाँडेनन् ।

पटक पटक बसेको पदाधिकारी बैठकले एजेन्डा तय गरी अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाइएको थियो । यो पटक प्रतिवेदन उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले तयार गरेर प्रचण्डलाई बुझाएका थिए ।

सुरुको बैठकमा प्राविधिक समस्याका कारण प्रतिवेदन तयार हुन ढिलाइ भएको बैठकलाई जानकारी गराइयो । दोस्रो दिनको बैठकमा पनि प्रतिवेदन नपाएपछि सदस्यहरूले गुनासो गरे । दिउँसोसम्ममा प्रतिवेदन आउने महासचिव गुरुङले जानकारी गराए, तर आएन । बैठकको तेस्रो दिनसम्म आइपुग्दा सदस्यहरूले नेतृत्वको कार्यशैली, जीवनशैलीलाई लिएर चर्को आलोचना भएपछि प्रतिवेदन परिमार्जन गरेर मात्र दिने जानकारी गरियो ।

अध्यक्षज्यूले प्रतिवेदनमा भएका विषयवस्तु सारसंक्षेपमा राख्नुभएको छ । त्यसकै आधारमा सदस्यहरूले विचार र बहस गर्नुभयो’, कार्यालय सचिव उपाध्यायले भने, ‘लिखित प्रतिवेदन पेस गरे पनि परिमार्जन गर्नु परिहाल्छ । अब सदस्यहरूले उठाएका विषय समेटेर परिमार्जित प्रतिवेदन दिनेछौँ ।’

नेताहरू भन्छन् नयाँ ‘एक्सपेरिमेन्ट’

लिखित प्रतिवेदनबिना नै केन्द्रीय समिति बैठक समापन हुन लागेपछि सचिव गणेश साहले यो पटक नयाँ ‘एक्सपेरिमेन्ट’ भएको बताए । उनले कम्युनिस्ट पार्टीमा नयाँ नयाँ प्रयोग हुने भन्दै बिना प्रतिवेदनको बहस र छलफल पनि अर्को नयाँ प्रयोग भएको व्यङ्ग्य गरे ।

‘यसअघि कम्युनिस्ट पार्टीमा अध्यक्षले राजनीति प्रतिवेदन र महासचिवले सङ्गठनात्मक प्रतिवेदन तयार गरी बैठकमा पेस गरिन्थ्यो । तर, यो पटको बैठकमा नयाँ ‘एक्सपेरिमेन्ट’ भयो’, व्यङ्ग्यात्मक रूपमा उनले भने ।

यसैगरी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले प्रचण्डको लिखित प्रतिवेदन नआउनुमा बढी विवादित बन्न सक्ने डर रहेको हुनसक्ने अनुमान गरे ।

‘लिखित प्रतिवेदन प्रस्तुत गर्दा चर्को आलोचना खेप्नुपर्ने डर अध्यक्षमा रहेको देखिन्छ । त्यसले बाहिर नराम्रो सन्देश जाने भय मनोविज्ञानले उहाँमा काम गरेको हुनसक्छ’, न्यौपानेले भने ।

मङ्सिरमा विधान सम्मेलन हुनेमा आशङ्का

चार दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरूले नीति र नेतृत्वको खुलेर आलोचना गरे । अधिकांश सदस्यहरूले पदाधिकारीदेखि वडा तहसम्म निर्वाचन प्रणालीबाट कार्यसमिति चयन गर्न प्रस्ताव गरे । विधान सम्मेलन नगरी विशेष महाधिवेशन गर्न सुझाव दिए । नेतृत्वको रूपान्तरणसहित पार्टी रूपान्तरणमा जोड दिए । तर, उनीहरूले आफूले दिएको सुझाव कार्यान्वयन हुनेमा आशङ्का गरेका छन् ।

हिमाल शर्मा, लेखनाथ न्यौपाने, लेखनाथ दाहाल, रामप्रसाद सापकोटा, सरल सहयात्री पौडेल, माधव सापकोटा लगायत धेरै युवा नेताहरूले केन्द्रीय समितिको निर्णय लागु हुनेमा आशङ्का गरेका हुन् ।

‘विगतमा भएका निर्णय पनि नेतृत्वले कार्यान्वयन गर्छौँ भनेर पटक पटक प्रतिबद्धता जनाएका थिए तर ती निर्णय अहिलेसम्म व्यवहारमा लागु भएको छैन । हेटौँडा महाधिवेशनले उत्पादनलाई जोड दिएको थियो’, शर्माले भने, ‘नेतृत्वले कार्यशैली र जीवनशैली सच्याउने भनेका थिए । डेढ वर्षअघि प्रज्ञा भवनमै भएको आठौँ महाधिवेशनमा उत्पादनलाई जोड दिएर कार्यक्रम ल्याउने भनिएको थियो अहिलेसम्म केही पनि आएको छैन । यो पटक पनि लागु हुनेमा आशङ्का छ ।’

अब पनि नेतृत्वको चेत नखुले माओवादी आन्दोलन समाप्त हुने र त्यसको फाइदा प्रतिगामी तथा प्रतिक्रान्तिकारीले उठाउने सदस्यहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?