ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सरकार–नर्सरीको तालमेल नमिल्दा :

किसानले पाएनन् खयरका बिरुवा

खयरको व्यवसायमा आवद्ध एक व्यवसायीले भने जिल्लामा २० करोड रूपैयाँ भन्दा बढि भित्रिने गर्दछ । आम्दानीको बलियो र भरपर्दो माध्यम पनि बनेको छ । तर अहिले रोप्नका लागि बिरुवा पाउन सकिएको छैन ।
२१ श्रावण २०८०, आइतबार
२१ श्रावण २०८०, आइतबार

पाल्पा, २१ साउन । वगनासकाली गाउँपालिकाको दर्लामका युवा मेघनाथ भण्डारी डिभिजन वन कार्यालय, पाल्पामा खयरको बिरुवा लिन गए । खयर खेतीबाट निकट भविष्यमा राम्रो आम्दानीको आशाले कार्यालय पुगेका भण्डारीले बिरुवा भने पाउन सकेनन् । कालीगण्डकी जलाधार क्षेत्रमा प्रर्याप्त मात्रमा पाइने खयर पछिल्लो समयमा आम्दानीको बलियो माध्यम बनेकाले भण्डारी आफ्नो ७ रोपनी क्षेत्रफलमा खयर खेती गर्ने उद्देश्यले बिरुवाका लागि वन कार्यालय पुगेका थिए ।

व्यवसाय र प्रवद्र्धन र खेतीलाई व्यवसायिक बनाउन लुम्बिनी प्रदेश सरकारले यस वर्षको लागि नीति र कार्यक्रममा पाल्पा, गुल्मी र अर्घाखाँची जिल्लालाई खयर बिकास कार्यक्रम लागू गर्ने विषय समावेश गरेको थियो । नीति तथा कार्यक्रम सुन्दा खुसी भएका किसान बजेट मार्फत सम्बोधन हुन नसक्दा खिन्न भएका छन ।

२०६३ साल भन्दा पूर्व कालीगण्डकी जलाधार क्षेत्रका जिल्ला भित्रका २० भन्दा बढि गाउँमा प्रसस्त मात्रमा पाइने खयर गाई भैंसीका गोठमा भकारो बनाउन प्रयोग हुन्थ्यो । राम्दी, रिडी, रानीघाट, खरियाघाट जस्ता शव दहन गर्ने घाटहरूमा शव दहनका लागि दाउराको रूपमा प्रयोग हुन्थ्यो । पछिल्लो समयमा कपिलबस्तु, नेपालगञ्ज, विरगंज जस्ता शहरी क्षेत्रमा खयर प्रशोधन केन्द्र, (कत्था ) उद्योग स्थापना भएपछि प्रशोधित खयर औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग हुन लाग्यो । तब भकारो दाउराको लागि प्रयोग भएको खयर आम्दानीको बलियो माध्यम बन्न पुगेको हो ।

कालीगण्डकी जलाधार क्षेत्रका पाखा पखेरा खोल्सामा प्राकृतिक जंगलका रूपमा प्रसस्त रूपमा पाइने खयर बाट वार्षिक रूपमा ७ देखि १० लाख रूपैयाँ सम्म आम्दानी गरेका निस्दी गाउँपालिकाको बाकामलाड्डका स्थानीय ज्ञान बहादुर रानाले यस वर्ष बाट व्यवसायिक खेती सुरुवात गरेको बताउँछन । पछिल्लो समयमा बारीमा लगाएका खाद्यान्न बाली वन्य जन्तुले सखाप परेपछि । खाली रहेको जमिनमा यसको व्यवसायीक खेतीको सुरुवात गरेका हुन । रामपुर नगर गेझाका जनक भण्डारी भन्दछन–‘पहिले पहिले यसको खासै प्रयोग हुदैन थियो । जब कत्था उद्योग खुल्यो तब यसको महत्व बढ्दै गयो । यो काटेर बोक्रा फालेर एक डेढ मिटरको टुक्रा बनाउने हो । अनि तौल गरेर बिक्री गर्ने हो । तौल गरेर बिक्री गर्दा प्रति के.जी ४५ देखि ६० रूपैयाँमा बिक्री गर्ने हो । आफूसंग भएका बस्तु बिक्रीका लागि आफैले बजार खोज्ने हो तर खयरका लागि बजार खोज्न पर्दैन । घर घरमा व्यापारी तथा ठेक्केदारहरू आउँछन ।’

सामान्यरूपमा एउटा बाट बाट १५ देखि २० हजार रूपैया हात पर्दछ । अन्य रुख बिक्री गर्दा सोझौ तथा सिधा मात्र हो यो भने बाड्डो भए पनि बिक्री हुने गर्दछ यो त पेन्सन जस्तै भएको कृषकहरूको अनुभव रहेको छ ।
डिभिजन वन कार्यलयका साहायक वन अधिकृत तथा सुचना अधिकारी सयोग बस्नेत भन्दछन । खयरलाई नगदे वालिका रूपमा स्थापित गर्दै खालि जमिन भराउदै गाउ बस्तीका किसानको जिमन स्तरमा परिवर्तन गराउन यसको व्यवसायीक खेतिको सुरुवातका लागि सव डिभिजन कार्यलय रामपुर र निस्दीमा बिरुवा उत्पादन गरिन्छ । यस वर्ष दुई वटा नर्सरी वाट ४० हजार विरुवा उत्पादन भयो तर माग धेरै भएकाले कृषकको अपेक्षा अनुसार वितरण गर्न सकिएन । आफनो उत्पादनले नपुगेर छिमेकी जिल्लाबाट पनि बिरुवा ल्याइयो । यो वर्ष १ लाख विरुवाको माग रहेको छ उनले भने ।
भौगोलिक बनोट हावापानी तापक्रमका भएको नर्सरी तानसेनमा सभंव हुदैन । चिसो हावापानी भएको ठाउमा यसको विरुवा उम्रन सक्दैन । लगाएको १५ वर्षमा उत्पादन लिन सकिन्छ । त्यसै गरी काटेको ठाउ बाट पलाएको बिरुवा ७ वर्षमा मात्र उत्पादन लिन सकिन्छ । एउटा परिपक्क रुख ५ क्विटल हुन्छ । यसको कटारीको प्रकृया पनि सालको रुखको तुलनामा निकै सहज हुन्छ उनले भने । खयरलाई उद्योगमा प्रशोधन गरी कत्था बनाउने हो । यो जडिवुटी पनि हो । औद्योगिक कञ्चा पदार्थ पनि हो । प्रशोधित बस्तु विदेश निर्यात हुन्छ । विदेशी मुद्रा आर्जन गर्ने बलियो माध्यम बनेको कार्यालयका रेन्जर यमलाल पोखरेलले बताए । पछिल्लो समयमा वगनासकाली गाउपालिका, निस्दी गाउपालिका, रामपुर नगर क्षेत्रका सयौ कृषकहरूका लागि आम्दानीको बलियो माध्यम बनेको पोखरेलले बताए ।

खयरको व्यवसायमा आवद्ध एक व्यवसायीले भने जिल्लामा २० करोड रूपैया भन्दा बढि भित्रिने गर्दछ । आम्दानीको बलियो र भरपर्दो माध्यम पनि बनेको छ । तर अहिले रोप्नका लागि विरुवा पाउन सकिएको छैन् । यस्ता बस्तुको लागि सरकारले प्रोत्साहन गर्दै जिल्ला मै प्रशोधन केन्द्रको स्थापना भएको खण्डमा स्थानिय तह मै रोजगारीको लागि ढोका खुल्ने र विदेशी मुद्राको आर्जन गर्न सकिने स्थानियहरूको भनाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?