Butwal Today

दुर्घटनामा परी नेपालगञ्जका एकै परिवारका ६ जनाको भारतमा निधन

२१ श्रावण २०८०, आइतबार
अ+
अ-

बाँके, २१ साउन  गते।

नेपालगञ्जमा एकै परिवारका ४ सहित ६ जनाको भारतको श्रावस्ती जिल्लामा भएको कार दुर्घटनामा निधन भएको छ । त्रिभुवन चोकका बैभव गुप्ता, उहाँकि पत्नी दिपिका गुप्ता,५ बर्षकि छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको निधन भएको छ ।

यसैगरी निलान्स गुप्ता र उहाँकि बहिनी नीति गुप्ताको पनि भारत श्रावस्तीको एकाउन्न भन्ने स्थानमा शनिबारराती भएको दुर्घटनामा निधन भएको छ । दुर्घटनामा निधन हुने ६ जना नै नातेदार रहेका छन् । दुइ परिवारका ६ जनाको निधन भएपछि नेपालगञ्ज बजार शोकमा परेको छ । बैभव भारत माइतीमा रहेकी पत्निलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?