ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड
सम्पादकीय

डेंगु नियन्त्रणमा गुमनाम पालिकाहरू

२१ श्रावण २०८०, आइतबार
२१ श्रावण २०८०, आइतबार

नेपालमा डेंगुका कारण अहिलेसम्म १० जनाको मृत्यु भैसकेको छ । सयौं विरामी डेंगु संक्रमणको जोखिममा छन । डेंगुले यो बर्ष पनि आफ्नो भयावह रूप देखाउने पुष्टी अहिलेसम्म भएको मृत्यु र संक्रमणले गरिसकेको छ । त्यसो त बर्षायाम सुरु भएपछि डेंगुको जोखिमबाट बच्नुपर्ने हरेक नेपाली नागरिकको कर्तब्य हो भन्ने बुझ्नुपर्ने भएको छ । किनभने डेंगु नियन्त्रण कसैले गरिदेला भन्ने सोँच राख्ने हो भने मानिसको मृत्यु भएपछि बल्ल अभियान थालिन्छ । नेपालमा यस्तै हुन्छ । ठूलो मानवीय क्षति भएपछि मात्र राज्यको होस खुल्छ । पालिकाहरू सल्बलाउन थाल्छन । जब प¥यो राती तब बुढी ताती भन्ने उखान डेंगु नियन्त्रण अभियानमा पनि मेल खान्छ । रूपन्देहीका १६ पालिकामध्ये बुटवल उपमहानगरमात्रै अहिले डेंगु नियन्त्रणमा सल्बलाएको छ । त्यहीपनि बुटवलले समेत ढिलो गरि अभियान सुरु गरेको छ । विहिवारदेखि बुटवलमा डेंगु नियन्त्रण अभियान सुरु भएको छ । बाँकी १५ पालिकाहरू अहिलेसम्म गुमनाम छन । मानौं महामारी फैलिएपछि मात्र पालिकाहरूको चेत खुल्छ । हरेक वर्ष पालिकाहरूको यही रवैयाले सोँच्नु बाध्य बनाएको छ– समय घर्किएपछि थालिएको अभियानको औचित्य के होला ? पालिकाहरूले जवाफ दिनुपर्दछ ।

तराईदेखि पहाड हुँदै हिमाल चढेको लामखुट्टे नियन्त्रणमा यसैगरी लापरवाही गर्ने पालिकाहरूको गुमनाम प्रवृत्तिमा सुधार जरुरी छ । अहिले मध्य बर्षाको समय छ । नेपालका तराईका विभिन्न जिल्लामा पानी पर्नेक्रम बढिरहेको छ । रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासी जिल्लामा पानी पर्नेक्रमसंगै डुवानको समस्या समेत बढेको छ । डुबान हुँदा लामखुट्टको प्रकोप बढ्ने गरेको छ । डुबानमात्र होइन घर छेउ वरिपरी पानी जम्ने र खाल्डाखुल्डीमा पानी भरिँदा लामखुट्टे बस्ने र त्यसले फूल पारेर अझै प्रकोप बढाउने गरेको छ । नेपालमा बर्षेनी डेंगुको प्रकोप बढ्दै गएको छ । बर्षामै हो डेंगुले आफ्नो प्रभाव फैलाउने समय । नेपालका तराईका जिल्लाहरूमा डेंगुको संक्रमण यसरी नै बढ्दै जाने हो भने भोलिका दिनमा यसले भयावह अवस्था सिर्जना गराउन सक्छ ।

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने सरुवा रोग हो । लामखुट्टेले टोकेपछि सर्ने यो रोग नियन्त्रणका लागि सम्वन्धित जिल्लाका स्वास्थ्य संस्थाहरूले समेत ध्यान दिनु जरुरी देखिएको छ । होइन भने यसको संजालभित्र अव गरिवमात्र होइन सम्भ्रान्त धनी वर्गका मानिसपनि पर्नुपर्ने निश्चित छ । रूपन्देहीका १५ पालिकाहरूले डेंगु नियन्त्रण अभियान कहिलेदेखि सुरु गर्ने हुन थाहा छैन तर ती पालिकाहरूले बुटवल उपमहानगरको अभियानबाट सिकून । बुटवलमा डेंगु खोज र नष्ट गर अभियान सुरु भैसकेको छ । बुटवलले रूपन्देहीका अरू पालिकाहरूभन्दा अघि यो अभियान सुरु गरेर महामारीप्रति पूर्व सचेत रहेको छनक दिएको छ । राम्रो कामको प्रशंसा जहाँबाट गर्दापनि हुन्छ । तसर्थ रूपन्देहीका बाँकी १५ पालिकाहरूले छिटोभन्दा छिटो अभियान सुरु गरेर डेंगु नियन्त्रणमा बुटवल उपमहानगरको अनुसरण गरुन् ।

सवै कुराको आशा संघीय र प्रदेश सरकारबाट गर्नु जिम्मेवारीबाट पञ्छिने तरिका हो भन्दा अत्युक्ति नहोला । डेंगु नियन्त्रण अभियान पालिकाहरूले सञ्चालन गर्न सक्छन् । अझैपनि समय छ– पालिकाहरूको डेंगु नियन्त्रण अभियानमा ध्यान जाओस् । डेंगु नियन्त्रण अभियान पालिकामा मात्र होइन, पालिकाभित्रका चोक चोक र टोल टोलबाट सुरु गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?