Butwal Today

घाँस काट्न गएकी महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

२१ श्रावण २०८०, आइतबार
अ+
अ-

सल्यान, २१ साउन ।

सल्यानको शारदा नगरपालिकामा घाँस काट्न गएकी महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी छिन् ।

जिल्लाको शारदा नगरपालिका १४ माल्नेटा ढारखानी निवासी अन्दाजी ३९ वर्षकी प्रमिला गिरी आइतबार बिहान गाउँ नजिकै मृत फेला परेको स्थानीयले बताएका छन् ।

बिहानै घरबाट घाँस काट्न बारीमा पुगेकी महिला घर नआएपछि परिवारले खोजीकार्य गर्दा बारीमा मृत अवस्थामा भेटिएकी हुन् । शव हेर्दा घाँटी काटिएको जस्तो देखिएको स्थानीयबासीले बताएका छन् । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यानको टोली पुग्दै छ ।