Butwal Today

पत्रकार कृष्ण अन्जान ज्ञवालीको निधन

२० श्रावण २०८०, शनिबार
अ+
अ-

बुटवल,साउन १९ ।

गुल्मीबाट पत्रकारिता गर्दै आएका कृष्ण अन्जान ज्ञवालीको शुक्रबार साँझ निधन भएको छ । सुगरका बिरामी रहेका उनको उपचारको हृदयघातका कारण मृत्यु भएको हो । हृदयघात भएपछि उनलाई शुक्रबार बेलुका नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

लामोसमय देखि बिभिन्न पेशा ब्यबसायको अनुभव समेत संगाली पछिल्ला बर्षहरुमा पत्रकारितामा उनी सक्रिय रहेका थिए ।

गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामीण क्षेत्रको पत्रकारितामा दख्खल राख्थे । उनको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ शनिबार मात्रै अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जानकारी दिएको छ ।

गीत संगितमा समेत रुची राख्ने ज्ञवालीले थुप्रै गीतहरु सिर्जना समेत गरेका थिए । उनको परिवारमा श्रीमती तथा १ छोरी र १ छोरा छन् । उनको परिवार हाल पोखरा बस्दै आएको छ ।