Butwal Today

दुई करोडको लगानीमा भैरहवामा दिव्यम स्विट्स

२० श्रावण २०८०, शनिबार
अ+
अ-

भैरहवा, २० साउन ।

भैरहवाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२, देवकोटा चोकमा २ करोड लगानीमा दिव्यम स्विट्स एण्ड स्न्याक्स प्रालिको शुभारम्भ भएको छ ।

शुद्ध शाकाहारी भोजन र विभिन्न स्वादमा थरीथरीका गुणस्तरीय मिठाई आम उपभोक्तालाई सरल र सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य सहित सञ्चालनमा आएको दिव्यम स्विट्सका प्रवन्ध निर्देशक श्यामसुन्दर अग्रवालले जानकारी दिए ।

यही जेठको अन्तिम हप्ताबाट सञ्चालनमा ल्याएको दिव्यम स्विट्सले सेवा, बिशेषता र ब्यवसायका बारेमा शनिबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यहाँबाट साउथ ईन्डियन, नर्थ ईन्डियन, विभिन्न चाट, चाइनिज फुड, विभिन्न पेय पदार्थ, थरीथरीका स्वादमा बनाइएका विभिन्न मिठाई र हेल्दी तथा हाइजेनिक थाली खाना, खाजा आम उपभोक्तामाझ पस्कँदै आएको अग्रवाल बताउँछन् ।

साउन महिनाभर सवै प्रकारका मिठाईमा १० प्रतिशत छुटको ब्यवस्था गरिएको दिव्यम स्विट्सका प्रवन्ध निर्देशक अभिषेक अग्रवालले बताए । एकै पटकमा ४० जना पाहुनाले सेवा लिन सक्ने बताउंदै अग्रवालले भने, “शान्त, पारिवारिक वातावरणका साथै सफा सुग्घर र सुन्दर रहेको छ ।

ब्रान्ड एम्बेस्टर स्नेहलता रावतले दिव्यम स्विट्सले मार्केटिङका लागि सामाजिक सञ्जालको प्रयोग गरिरहेको बताइन् ।