ट्रेंडिंग:

>> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर

दाङमा बढ्दै आँखा पाक्ने रोगका बिरामी

२० श्रावण २०८०, शनिबार
२० श्रावण २०८०, शनिबार

दाङ, २० साउन ।

घोराही उपमहानगरपालिका –६ गौरी डाँगीलाई आँखा पाक्ने रोगले सताएको तीन दिन भयो । सुरुमा आँखा बिझाउने, चिलाउने र रातो हुँदै गएको र आँखाबाट आँसु आउने, दुख्ने समस्या भए पनि उपचार गर्न घोराहीमा रहेको न्यु राप्ती अप्टिकल एन्ड आइकेयर सेन्टरमा पुगिन । त्यहाँ डाक्टरले जाँच गरि औषधि दिएपछि आँखा हेर्न केही सजिलो भएको बताइन् । समय मै उपचार गरे निको हुने उनले बताइन् ।

लमही नगरपालिका –३ बिशाल वलीलाई पनि आँखामा समस्या आयो । बेलुका सुत्दासम्म केही भएको थिएन । बिहान उठ्दा आँखामा चिप्रा आएर टालिएको थियो । आँखा खोल्न पनि मिलेन अनि लमहीमा रहेको आँखा अस्पतालमा उपचार गर्न आएको बताए । उनले भने, “मलाई यस्तो भएको तीन दिन भयो । घाममा हेर्न, मिल्दैन्, असाध्यै दुख्ने गरेको छ ।” औषधिको प्रयोगले केही कम भएको छ । घरका अन्य दुइ सदस्यलाई पनि यस्तो समस्या देखिएको उनले बताए ।

दाङमा आँखा पाक्ने रोगका बिरामीहरू बढ्दै गएका छन् । नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल रक्षाचौरमा दैनिक पाँच सय भन्दा बढी आँखाका बिरामी आउने गरेको अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले बताए । उनका अनुसार एक हप्ता अघि अस्पतालमा दुइ सय ५० सरदर आँखा उपचारमा आउने गरेपनि हाल दैनिक साढे पाँच सय देखि छ सयसम्म बिरामीहरू आउने गरेको बताए ।

उनका अनुसार बिरामीहरूमा कन्जन्टेभाइटिस, आँखा चिलाउने, रातो हुने, आँखा सुनिने र सुक्खा आँखाजस्ता समस्या पाइने गरेको छ । कन्जन्टेभाइटिस अर्थात आँखा पाक्ने रोग गर्मी मौसममा बढ्ने गरेको पाइन्छ, यो सरुवा रोग हो । “यसमा आँखाबाट आँसु बग्ने, चिप्रा लाग्ने, परेलीको डिल सुन्निने जस्ता समस्या हुन्छ”, उनले भने ।

सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित बिरामीले अस्पतालमै गएर जाँच गराउनुपर्छ, आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्ने उनको भनाई छ ।

लमही आँखा अस्पतालका नेत्र सहायक विमल घिमिरेले आँखा पाक्ने समस्या भएका बिरामी दैनिक दुइ सय देखि तीन सय जना आउने गरेको बताए । उनले त्यसमा ६० प्रतिशत आँखा बिझाउने, रातो हुने, आँसु आउने, घाममा हेर्न नमिल्ने लक्षण भएका बिरामीहरू आउने गरेको बताए । उनका अनुसार बितेको पाँच दिनदेखि बिरामीहरूको संख्या बढ्दै गएको छ ।

यसबाट बच्ने उपायहरू भाइरल र ब्याक्टेरियल आँखा पकुवा सरुवा रोग भएकाले रोगीले प्रयोग गरेका वस्तुहरू प्रयोग नगर्ने, हातमुख धुनेजस्ता काम गरेर व्यक्तिगत स्वास्थ्यको संरक्षण गर्ने, आँखा पाकेका बिरामीले प्रयोग गरेका रुमाल, कपडा, ओछ्यान आदिको प्रयोग नगर्ने सल्लाह दिएका छन् ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल, छन्द कालेबाबु नारायण आँखा अस्पताल बहादुरगञ्ज, तिलगंगा सर्जिकल आँखा केन्द्र सिसहनिया, भालुबाङ आँखा उपचार केन्द्र तथा अन्य आँखा उपचार केन्द्रमा आँखा पाक्ने रोगका बिरामी बढेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?