Butwal Today
फिफा महिला विश्वकप २०२३

शनिबारदेखि अन्तिम १६ का खेलहरु शुरु

१९ श्रावण २०८०, शुक्रबार
अ+
अ-
  • बुटवल, १९ साउन । न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप २०२३ को अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको छ । बिहीबार समूह ‘एच’ का अन्तिम दुई खेल सकिएसँगै अन्तिम १६ मा भिड्ने टिमको टुंगो लागेको हो ।

दक्षिण कोरिया र जर्मनीले १–१ को बराबरी खेल्दा दुवै टिम बाहिरिए । यो समूहबाट कोलम्बिया र मोरक्को अन्तिम १६ मा पुगे । अन्तिम दिन कोलम्बियामाथि मोरक्कोले १–० गोलको जित हासिल गर्यो । प्रतियोगितामा पहिलो चरणमा ३२ देश प्रतिस्प्रर्धा गरेका थिए ।

शनिबारदेखि अन्तिम १६ का खेलहरु शुरु हुनेछन । पहिलो दिन स्विट्जरल्यान्ड्स र स्पेन तथा जापान र नर्वेबीच खेल हुनेछ ।

अन्तिम १६ को भिडन्त

स्विट्जरल्यान्ड र स्पेन                                                जापान र नर्वे
नेदरल्यान्ड्स र दक्षिण अफ्रिका                                      स्विडेन र अमेरिका
इंग्ल्यान्ड र नाइजेरिया                                                  अस्ट्रेलिया र डेनमार्क
कोलम्बिया र जमैका                                                  फ्रान्स र मोरक्को