ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

ज्योतिष विद्याको विश्वमा आकर्षण बढ्दो

विश्व ज्योतिष महासंघमा ४७ देशका ज्योतिषहरु संगठित भएर कमी कमजोरी हटाउँदै एकसुत्रमा बाँधिएका छन् । प्रदेशमा एक हजार बढी ज्योतिषहरु रहेका छन् ।
१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

बुटवल, १९ साउन ।

आधुनिक विश्वमा ज्योतिष विद्याको महत्व र आकर्षण बढ्दै गएको छ । आम नागरिकको भुत, वर्तमान र भविष्य त्रिकाल नै बताउन सक्ने विद्याका रुपमा रहेको यो परिचित छ । आधुनिक अध्ययनका धेरै विषयमध्ये यो युवाहरुमाझ आकर्षण बढेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले दाबी गरेका छन् । अन्य जुनसुकै विषयको मूल विद्याको श्रोतका रुपमा ज्योतिष विद्या भएको हुदा यसको महत्व र आकर्षण बढेको उनीहरुको दाबी गरेका हुन् । हिन्दु धर्मावलम्बीहरुले मान्ने आसौच, ज्योतिषशास्त्र र वास्तुशास्त्रका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न भन्दै बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० मा बोल्ने वक्ताहरुले सो कुरा जोड दिएका हुन् । विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी पुजा सामग्री भण्डार सहआयोजनामा शुक्रबार र शनिबार दुई दिने सम्मेलन चल्नेछ ।

कार्यक्रमको उद्घाटन गर्दै नयाँ गाउँ मुक्तिनाथ धामका संरक्षक ब्रह्मनिष्ठ सन्तशिरोमणी १००८ स्वामी लोकानन्द महाराजले ज्ञानको सागरमा दर्शन र स्नान हुने अवसरका रुपमा कार्यक्रम महत्वपूर्ण भएको बताए । धर्म सभा आफैमा पूर्ण हुने भन्दै उनले ज्योतिषलाई चिन्न र मनन गर्न ब्यवहारमा लागु गर्न सुझाव दिए । ज्योतिष विद्या महत्वपूर्ण विषय भएको दाबी गर्दै उनले विश्वमा नै यो विद्या अहिले मुख्य आकर्षणको विषय भएको बताए । परापुर्व कालमा हाम्रा परमपुज्य गुरुहरुको योगदानकै कारण अहिले हामी अहिले यो अवस्थामा रहेको छ ।

डार्बिनको विकासको सिद्धान्त वा न्युट्रनको सिद्धान्तलाई स्विकार नगर्ने भन्दै ब्रह्मको सृष्टि मात्र मान्ने वा स्वीकार्ने बताए । ज्योतिष सिद्धान्त सबैभन्दा पहिले उत्पत्ति भएको दाबी गर्दै यो नै विज्ञान भएको दाबी गरे । ‘ज्योतिष वैज्ञानिक हो’—उनले भने । अहिलेको विज्ञानलाई आफू स्वीकार नगर्ने तर्क दिदै उनले शास्त्रको उदाहरणहरु दिए । ज्योतिष शास्त्रमा आकास गंगाको गणना भएको छ । हिन्दु धर्मको नीति भनेको धर्म सिन्धु र निर्णयसिन्धु भएको दाबी गर्दै उनले यसमा चल्न सके लोकको कल्याण हुने बताए ।

ग्रह, खड्गो जस्ता विपत्तिको उपचार ज्योतिषशास्त्र भएको दाबी गर्दै धेरै समस्या समाधानको उपायहरु यसमा रहेको बताए । ज्योतिषहरुबीचको मतभिन्नतालाई छोड्न सुझाव दिंदै उनले यम र नियम पालना गर्नुपर्ने बताए । एकतामा बल हुने हँुदा धेरै संस्था बनाउने भन्दा पनि एउटै संस्थामा जुट्न उनले आग्रह गरे । एउटा घरपरिवारदेखि जगतसम्मको समस्या ज्योतिषमार्फत समाधान हुने हुँदा पनि आफ्नो महत्वलाई बुझ्नुपर्ने आग्रह गरे । धर्मसभा गर्न आफ्नै सभाहल निर्माण गर्न उले सुझाव दिए ।
हामी दान माग्ने नभई दान दिनेको सन्तान भएको दाबी गर्दै उनले त्यो संस्कृतिलाई जोगाउने रुपमा बताए ।

कार्यक्रममा चैतन्य कृष्ण, प्रमुख वक्ता देवमणी भट्टराई, विश्व ज्योतिष महासंघका केन्द्रीय अध्यक्ष लोकराज पौडेल, समाजसेवी टंक पराजुलीले विश्वमा नै फलित ज्योतिषले मानिसहरुको भुत, वर्तमान र भविष्य बताउने हँुदा त्रिकालदर्शी मानिने दाबी गरे । “परिणाम दिने हँुदा पनि यो महत्वपूर्ण छ । फलादेश कसरी गर्ने भन्ने विषयमा समेत ब्याख्या हुनेछ”–उनले भने ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले धेरै महत्वपूर्ण विषयमा सम्मेलन हुन लागेको बताए । धर्म, ज्योतिष र वास्तुबाट मानवशान्ति प्राप्त हुने दाबी गरे ।

कार्यक्रममा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईले आयातित धर्महरु हाम्रो परापुर्वको धर्ममाथि प्रहार गरेको दुःखेसो गरे । जनभाषाका रुपमा हाम्रो बेद र पुराणलाई लैजान नसक्दा पछि परेको उनले बताए । धर्म, संस्कृति र संस्कारलाई ब्यवस्थित गर्दै जनजनमा पुर्याउने गरी अभियान थाल्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा प्रमुख वक्ता देवमणी भट्टराईले ज्योतिष परामर्श केन्द्र वास्तवमा रिसर्च सेन्टर भएको दाबी गरे । जहाँ नयाँ नयाँ अध्ययन र अनुसन्धान हुने उनले बताए । “ज्योतिष एउटा गौरवशाली विषय हो । जसको पाठक हामी हुनु नै महत्वपूर्ण छ”–उनले भने ।

धर्मशास्त्र अन्तर्गत आशौच परिचय र निर्णयहरु प्रा. डा. देवमणि भट्टराई, ज्योतिश शास्त्र अन्तर्गत बैदेशिक यात्रा उप प्राध्यापक लक्ष्मीप्रसाद बराल तथा वास्तु र जीवनको बारेमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रम निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए ।

हिन्दु धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्ने र निचोड निकाल्ने गरी कार्यक्रम गरिएको नेपाल ज्योतिष परिषद केन्द्रीय सदस्य एवं सम्मेलन ब्यवस्थापक सुन्दर भण्डारीले बताए । कार्यक्रममा ५ सय सहभागी रहेको उनले बताए ।

भिडियो सामग्री

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?