ट्रेंडिंग:

>> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण
जनयुद्धको उद्गमथलोमै छैनन् दलित जनप्रतिनिधिः

बिर्सियो समुदायको उत्थानको नारा

शान्ति प्रकृयापछिको करिब डेढ दशक लामो संसदीय अभ्यासमा रहेको माओवादी पनि यो समुदायको विषयमा उदार देखिएन । दलितहरूको प्रतिनिधित्व सहजै देखिने संघ,प्रदेश र स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वले यो तथ्य स्पष्ट पारेको छ ।
१९ श्रावण २०८०, शुक्रबार
१९ श्रावण २०८०, शुक्रबार

रोल्पा, १९ साउन । रोल्पा दश वर्ष लामो माओवादी सशस्त्र युद्धको उद्गम स्थल । सशस्त्र द्वन्द्वकालमा मात्र हैन त्यसपछिको शान्ति प्रकृयाका धेरै वर्ष माओवादीले पछाडि पारिएका वर्ग समुदायको उत्थानको नारा निकै विकायो । शान्ति प्रकृया पछिको करिब डेढ दशक लामो संसदीय अभ्यासमा रहेको माओवादी पनि यो समुदायको विषयमा उदार देखिएन । दलितहरूको प्रतिनिधित्व सहजै देखिने संघ, प्रदेश र स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्वले यो तथ्य स्पष्ट पारेको छ । आफैले अघि सारेका मुद्दाहरू माओवादीले भुल्दै जान थालेको भन्ने आलोचना रोल्पाका स्थानीय तहमा माओवादीवाट निर्वाचित दलितको प्रतिनिधित्वले स्पष्ट पार्दछ ।

सशस्त्र द्वन्द्व नै उत्पीडनका विरुद्ध भन्थे माओवादी । यही नाराले दलित, महिला, गरिव र पिछडिएको क्षेत्रका समुदायलाई आकर्षण पनि ग¥यो, मुक्तीको सपना देखेर माओवादीलाई साथ पनि दिए । २०७२ सालमा संविधान जारी भएयता २ वटा स्थानीय निर्वाचन भईसकेका छन । दुई वटै निर्वाचनमा रोल्पाका स्थानीय तहमा महिला र दलित समुदायको प्रतिनिधित्व अवस्था हरिविजोग देखिएको छ । कुल जनसंख्याको करिव १८ प्रतिशत हिस्सा ओगड्ने रोल्पाको दलित समुदाय आफैले लडेर ल्याएको भनिएको व्यवस्थामा भने सधै शासित मात्रै भईरहे । घर आगनको सरकार भनिने स्थानीय सरकारको प्रमुख, उपप्रमुख दलितका लागि आकाशको फल भएको छ ।

७२ वडा मध्ये एउटा वडामा मात्र दलित वडाध्यक्ष निर्वाचित भए । २०७४ सालको स्थानीय तह निर्वाचनमा २ वटा वडाध्यक्ष निर्वाचित भएका थिए । यस पटक रोल्पा नगरपालिका वडा नं. ५ मा नेकपा माओवादी केन्द्रको तर्फवाट तोपवहादुर नेपाली निर्वाचित भएका छन । उनले ४९५ मत ल्याएर निर्वाचित हँुदा प्रतिस्पर्धी नेपाली काँग्रेसका नन्दबहादुर महराले ४०३ मत प्राप्त गरेका थिए । नेपाली २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत वडाध्यक्ष निर्वाचित भएका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका वडा नं. २ को वडाध्यक्ष निर्वाचित भुपाल दमाई २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार थिए । नेकपा माओवादी केन्द्रवकाट उम्मेदवार वनेका उनी यस पटकको निर्वाचनमा तेश्रो स्थान सहित पराजित भए । ठूला दलको प्राथमिकतामा पदैनन दलित मुख्य ठूला तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फवाट २०७९ सालको स्थानीय तह निर्वाचनमा २ जना दलितले उपाध्यक्षको उम्मेदवार हुने अवसर पाएका थिए । तर उनीहरू निर्वाचित भने हुन सकेनन ।
भागिसरा वन्दीपुरे खड्का २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट त्रिवेणी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार वनिन । दलित महिला समुदायकी उनलाई काँग्रेस एमाले गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका लेखमणी डाँगीले पराजित गरे । वन्दीपुरे खड्काले तीन हजार ८३५ मत ल्याउदा डाँगीले चार हजार ५७६ मत प्राप्त गरेका थिए ।

माडी गाउँपालिकामा काँग्रेस एमाले गठवन्धनको तर्फवाट उपाध्यक्षको साझा उम्मेदवार बनेको नेपाली काँग्रेसका कृष्ण विक तीन हजार ३० मतका साथ पराजित भए । उनलाई माओवादी एकीकृत समाजवादीको तर्फवाट साझा उम्मेदवार वनेकी माओवादी केन्द्रकी जयपुरी घर्तीमगरले ती हजार ९६६ मतका साथ हराएकी थिईन ।

वडाध्यक्षमा रुन्टीगढी गाउँपालिका वडा नं. १ मा नेकपा एमालेको तर्फवाट हेमराज विक उम्मेदवार वने । उनले २२० मत प्राप्त गर्दा नेपाली काँग्रेसका थमवहादुर घर्तीमगरले ६३२ मत प्राप्त गरेका थिए । सो वडामा विक तेश्रो भएका थिए । रोल्पा नगरपालिका वडा नं. ९ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार वनेका इविराम विकले २४ मत ल्याएका थिए । सो वडामा नेकपा माओवादी केन्द्रका मिमवहादुर घर्तीमगर अत्यधिक मतले विजयी भएका थिए । नेकपा एमालेका उम्मेदवार विकलाई उम्मेदवारी फिर्ता लिन माओवादी कार्यकर्ताले धम्कि दिएको नेकपा एमाले लुम्विनी प्रदेश सदस्य घनश्याम आचार्यले जानकारी दिए । स्वतन्त्र पुर्वक निर्वाचन लड्ने वातारण भए मत परिणाम फरक आउने थियो रोल्पामा त्यस्तो अवस्था छैन पूर्व मानवअधिकारकर्मी समेत रहेका आचार्यले भने ।

लुंग्री गाउँपालिका वडा नंं ४ मा नेकपा एमालेको तर्फवाट उम्मेदवार वनेका साउने कामीले ३८ मत ल्याएका थिए । गाउँपालिका वडा नं. ५ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका सूर्यवहादुर कामीले ३५६ मत ल्याई पराजित हुदा नेकपा माओवादी केन्द्रका रीखवहादुर रोकाले ५५९ मत ल्याई विजयी भएका थिए । सोही गाउँपालिकाको वडा नं. ७ मा नेपाली काँग्रेसका झगलाल कामीले २८६ मत ल्याई पराजित हुदा नेकपा माओवादी केन्द्रका हिराबहादुर पुनले ५१८ मत ल्याई विजयी भएका थिए । गंगादेव गाउँपालिका वडा नं. ५ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका वलिराम दमाईले २७९ मत प्राप्त गरि पराजित हुदा नेपाली काँग्रेसका अमृतवहादुर वुढामगरले ५५४ मत ल्याई विजयी भएका थिए ।

त्यसो त २०७४ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा समेत मुख्य तीन राजनैतिक दलहरू उदार थिएनन् । सो निर्वाचनमा समेत उनीहरूको प्राथमिकतामा दलित नपर्दा जिल्लाका ७२ मध्ये २ वटा वडामा मात्रै दलित निर्वाचित भएका थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा निर्वाचिन हुने २ जना दलित वडाध्यक्षमा रोल्पा नगरपालिका वडा नं. ५ वाट तोपवहादुर नेपाली र गंगादेव गाउँपालिका वडा नं. २ वाट भुपाल दमाई हुन उनीहरू दुवै नेकपा माओवादी केन्द्रको तर्फवाट निर्वाचित भएका थिए । तोपवहादुरले ३०१ मत र भुपालले ३५९ मत ल्याई विजयी भएका थिए ।

सो निर्वाचनमा रोल्पा नगरपालिका ७ मा नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार वनेकी रति कामी जिल्लाकै एक मात्र दलित महिला उम्मेवार थिईन । उनले १७६ मत प्राप्त गरि पराजित भएकी थिईन । सो निर्वाचनमा त्रिवेणी गाउँपालिका २ मा नेकपा माओवादी केन्द्रको तर्फवाट वडाध्यक्षको उम्मेदवार बनेका शेरसिंह वन्दीपुरे ५८१ मत प्राप्त गरि पराजित भएका थिए । सोही गाउँपालिका वडा नं. ७ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार गणेश परियार १ मतले पराजित भएका थिए । नेकपा एमालेका भानवहादुर घर्तीमगरले ७७८ मत प्राप्त गर्दा गणेशले ७७७ मत प्राप्त गरेका थिए ।

लुंग्री गाउँपालिका ७ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेको झगलाल कामीले २०८ मत प्राप्त गरि पराजित भएका थिए । गंगादेव गाउँपालिका १ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार वनेको खुसलसिंह कामीले १९८ मत प्राप्त गरि पराजित भएका थिए ।
सुनछहरी गाउँपालिका २ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका गणेश विकले ३३ मत र वडा नं. ७ मा सोही पार्टीवाट वडाध्यक्षको उम्मेदवार वनेको प्रसाद कामीले १९ मत प्राप्त गरि पराजित भएका थिए । सुनिलमस्मृती गाउँपालिका ४ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका अने कामीले ६० मत प्राप्त गरि पराजित भएका थिए ।

दशक लामो सशस्त्र द्धन्दमा रोल्पामा राज्य पक्षवाट १८ महिला र ८८ पुरुष सहित १०६ जना दलितले ज्यान गुमाएका थिए । विद्रोही पक्षवाट १ महिला र १४ पुरुष गरि १५ जना र राज्य पक्षवाट १७ महिला ७३ पुरुष गरि ९० जनाले ज्यान गुमाएका थिए । सो घटनामा ज्यान गुमाएका १ जना दलितको भने राज्य वा विद्रोही कसवाट हताहती भएको हो, पक्ष खुलेको छैन । सवै दलहरूमा उच्च जातिय अहंकारका कारण दलितहरूले अवसर पाउदैनन नेपाल दलित संघका पूर्व केन्द्रीय सदस्य मोहन परियारले भने । सांगठनिक नेतृत्वमा नै उनीहरूको वोलवाला हुन्छ अनि कसरी दलित परुन परियारले भने । दलितले पैसा खर्च गर्न सक्दैनन भनेर पनि उम्मेदवारीको प्राथमिकतामा पर्दैनन परियारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?