Butwal Today

छात्रामाथि यौन दुव्र्यवहारको आरोप लागेका श्रेष्ठ डेढ लाख धरौटीमा रिहा

१९ श्रावण २०८०, शुक्रबार
अ+
अ-

घोराही, १९ साउन ।

छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका घोराही १५ स्थित पद्मोदय पब्लिक नमुना मावि भरतपुरका प्रशासन प्रमुख मिनेश श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।

दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलाशले श्रेष्ठलाई शुक्रबार डेढ लाख धरौटीमा छोड्न आदेश दिएको अदालतका सूचना अधिकारी रामकुमार शर्माले जानकारी दिए ।

डिआई हुँदै प्रशासन प्रमुख बनेका श्रेष्ठ विरुद्ध असार ६ गते यौन दुव्र्यवहार गरेको भन्दै १० कक्षामा अध्ययनरत बालिकाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेकै दिन प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर बाल यौन दुव्र्यवहार कसुरमा मुद्दा चलाएको थियो ।