Butwal Today

डाक्टरमाथि हातपात, अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्दै प्रहरी

१८ श्रावण २०८०, बिहीबार
अ+
अ-

सल्यान, १८ साउन ।

डाक्टरलाई हातपात गर्ने व्यक्तिलाई अभद्र ब्यवहार मुद्दा दर्ता भएको छ । जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर राहुल पाण्डेयमाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले एक जनालाई पक्राउ गरेको हो ।

डाक्टर पाण्डेयमाथि अपशब्द प्रयोग गरी सार्वजनिक स्थानमा हातपात गरेको भन्दै प्रहरीले दार्मा गाउँपालिका १ का अन्दाजी २२ वर्षीय दिपेन्द्र चन्दलाई पक्राउ गरेको हो ।

बुधबार साँझ शारदा नगरपालिका १ श्रीनगरमा डाक्टर माथि चन्दले मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गरी सार्वजनिक स्थलमा हातपात गरेको भन्दै डाक्टरले जाहेरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

अभद्र ब्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय सल्यानबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।