Butwal Today

आफ्नै निर्णयबाट पछि हट्यो माओवादी केन्द्र, केन्द्रीय समिति बैठक लाइभ नहुने

१७ श्रावण २०८०, बुधबार
अ+
अ-

काठमाडौं, १७ साउन ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले आज सुरु हुने केन्द्रीय समितिको बैठक प्रत्यक्षण प्रसारण नगर्ने भएको छ।

यसअघि गत सोमबार बसेको माओवादी केन्द्रले पहिलोपटक केन्द्रीय समितिको बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर आज बिहान पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक लाइभ नगर्ने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए।