ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक
सम्पादकीय

अव पालो लडाकु शिविर छानविनको

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

तेश्रोपटक देशको प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोसमय भ्रष्टाचारविरुद्ध आक्रामक रूपमा प्रस्तुत भैरहेको जस्तो देखिनु भएको छ । उहाँले भ्रष्टाचारका धेरै पुराना फाईल खोल्ने पटकपटक दोर्होयाउँदैआउनुभएको छ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रधानमन्त्री प्रचण्डकै निर्देशन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा पुनः सुरु भएको बुझिन्छ ।

प्रधानमन्त्रीले भनेजस्तै भ्रष्टाचार प्रकरणका धेरै फाईल खोल्नुपर्ने छ । त्यसमा माओवादी लडाकु शिविरको फाईल पनि पर्छ कि पर्दैन ? आम चासोको बिषय बनेको छ । नेकपा एमालेले सरकार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लडाकू शिविर प्रकरणको छानबिन गर्न चुनौती दिईसकेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लडाकु शिविर प्रकरणको छानबिन गर्न चुनौती दिएका हुन । सरकारले भ्रष्टाचारका प्रचारात्मक काममात्र गरिरहेको तर लडाकु शिविरको छानबिन गर्नेतर्फ अझैपनि आनाकानी भैरहेकोप्रति एमालेको आपत्ती छ ।

भ्रष्टाचारका फाईल खोल्ने नै हो भने लडाकु शिविरको भ्रष्टाचारको फाईल पनि खोल्नुपर्ने एमालेको माग छ । अहिले भुटानी शरणार्थी र ललिता निवास प्रकरण मात्रै आइरहेको छ, लडाकु शिविरको छानबिन गर्ने सक्ने आँट सरकारसंग छ भने सरकार मूकदर्शक नबनोस् । यद्यपि सरकारका लागि भ्रष्टाचारको फाईल खोल्ने कुरा त्यति सजिलो हुनेछैन । यो चुनौतिको पहाडमात्रै होइन फलामको च्यूरा जस्तै हो । भुटानी शरणार्थी र ललिता निवास प्रकरण अहिले नै सरकारका लागि जटिल वनिरहेको सन्दर्भमा माओवादी लडाकु शिविरको प्रकरणको फाईल सरकारले खोल्ने आँट र हिम्मत नै गर्न सक्दैन् । यसअघि नेकपाको बहुमतको सरकारकै पालामा ओम्नी, यती, वाइडबडी विमान, सञ्चार उपकरण खरिद, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचारलगायतका अनेकौँ मुद्दा उठेका थिए । ती मुद्दाको छिनोफानो त्यस असरल्ल छ । सरकारले छानवीन नै गर्ने हो भने यी सवै भ्रष्टाचार प्रकरणको एकसाथ छानविन थालोस् । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले यी मुद्दालाई कसरी हेर्नेछ, सबैका लागि प्रतीक्षाको विषय बनेको छ । यी महत्वपूर्ण बिषयको छानविन प्रधानमन्त्रीको अर्को चुनौती हो भन्ने कुरामा शंका छैन ।

प्रधानमन्त्री प्रचण्डको अर्को महत्वपूर्ण चुनौती भनेको गठबन्धन सरकारको निर्वाध सञ्चालन पनि हो । यो सरकार काँग्रेस, माओवादी, जसपा र माधव नेपाल समूह लगायतको समर्थनमा निर्मित सरकार हो । तसर्थ राष्ट्रिय महत्वका मुद्दामा प्रचण्डको एकल निर्णय कुनैपनि अवस्थामा लागू हुन सक्दैन । विगतको तुलनामा यसपटक प्रचण्डले तुलनात्मक रूपले विवादमुक्त ढङ्गले शासन सञ्चालन गर्न खोजेको आभाष हुन्छ । यसमा सरकारका लागि केही सफलता प्राप्त भएका छन । केही सन्देश सकारात्मक रूपमा प्रवाहित भएका छन् ।

सरकारले भ्रष्टाचार नियन्त्रणमा अभियान नै सुरु गरेको भन्दै एकथरीले स्वागत गरेका छन । केही अपवादलाई छोडिदिने हो भने यसपटक प्रचण्ड सरकारले गरेका निर्णय विवादरहित छन् । तर अव सरकारको संकटको दिन सुरु भैसकेको छ । सरकार आफैले घोषणा गरेको भ्रष्टाचारको फाईल खुल्छ कि खुल्दैन ? भन्ने प्रश्न महत्वपूर्ण छ । सरकारले प्रतिवद्धता गरेकै हो भने अव भुटानी र ललिता निवासको कुरा मात्र होईन, माओवादी लडाकु शिविरकै फाईल अनुसन्धान गरोस् । एक युगमा एकदिन एकपटक आउँछ भनेजस्तै प्रधानमन्त्री प्रचण्डलाई आफै अध्यक्ष भएको पार्टीको लडाकु शिविर भ्रष्टाचार प्रकरण अनुसन्धान अघि बढाएर इतिहास राख्ने अवसर प्राप्त छ । त्यो अवसर प्रचण्डले नगुमाउन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?