ट्रेंडिंग:

>>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना

नमूना सदरमुकाम बन्ने सम्भावना टर्दै, झण्डै ५० करोड फिर्ता

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

नवलपुर, १७ साउन ।

नयाँ जिल्लाका रुपमा निर्माण हुन लागेको नवलपरासी पुर्वको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामको शिलन्यास भएको पाँच बर्ष बित्नै लाग्यो । सुरुका वर्षमा केही काम भए पनि अहिले भने सबै काम बन्द भएपछि नमुना सदरमुकाम बन्ने संभावना टर्दै गएको छ ।

कावासोती नगरपालिका–३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको एक सय ८६ विगाहा जग्गामा नमुना सदरमुकाम बनाउनका लागि नेपाल सरकारको नाममा श्रेस्ता कायम भए पनि अहिले सम्म भौतिक निर्माणको काम नै हुन नसकेको र प्राप्त हुने बजेट पनि त्यसै फ्रिज भएर जाने गरेको नेपाली काँग्रेस नवलपुरका कार्यबाहक सभापति चन्द्रबहादुर रानामगर बताउँछन् ।

२०७६ वैशाख ७ गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास भएको नमुना सदरमुकाममा शिलान्यासको पाँच वर्ष बित्न लाग्दा सम्म कुुनै पनि भौतिक पूर्वाधारहरु निर्माण सुरु हुन सकेका छैनन् । अहिले त यहाँ आएको झण्डै ५० करोड बजेट काम नभएपछि फ्रिज भएर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राजनीतिक खिचातानी र सरकार छिनछिनमा फेरबदल भैरहने जस्ता धेरै कारणले पनि नमुना सदरमुकाम निर्माणले गति लिन नसकेको नेकपा एमाले नवलपुरका जिल्ला उपसचिव भीम कंडेलले बताए ।

६ महिना अघिसम्म पटक–पटक नमुना सदरमुकाम निर्माण गर्ने बैठकहरु हुने गर्थे । प्रमुख जिल्ला अधिकारीको बारम्बार पहलमा हुने बैठकले निर्माण कार्यलाई तीब्रता दिने निर्णय गरिन्छ । कागजमा लेखिन्छ, तर भवन निर्माणको कार्यबिधि र श्रोत सुनिश्चितताको लागि खासै कार्यान्बयन हुुन नसकेको बताउँछन कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसाल ।

सुरुमा प्रारम्भिक गुरुयोजना सम्पन्न गर्न ३६ अर्ब ४३ करोड लागत अनुमान गरिएको सो नमुना सदरमुकाम सम्पन्न गर्न अहिले भने प्रारम्भिक पुनरावलोकनमा रु १६ अर्ब लाग्ने अनुमान गरिएको भवन डिभिजन भरतपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा नमूना सदरमुकामको सरकारी भवन निर्माणका लागि रु १० करोड र शहरी विकास कार्यक्रम अन्तर्गत रु ३३ करोड ९५ लाख विनियोजित भएकोमा सो अनुसारको कुनै भवन निर्माण हुन नसकेपछि सबै रकम फ्रिज भएर गएको भवन डिभिजन कार्यालयले जनाएको छ ।

एकीकृत रुपमा एकै ठाउँमा जिल्लास्थित सरकारी कार्यालयहरु हुँदा सेवाग्राहीहरुले एकै ठाउँबाट सबै काम पुरा गर्न पाउने र छिटो छरितो समेत हुने परिकल्पना गरेर नै नमुना सदरमुकामको अवधारणा अगाडि सारिएको सहायक प्रमुख जिल्ला अधिकारी सुभाषकुमार लामिछानेले बताए ।

अलपत्र नमुना सदरमुकाम बन्ने छाँट नै छैन । अहिले त कसैले यसको बारेमा चासो लिन समेत छाडेको कावासोतीबासीहरुको गुनासो रहेको छ । नमुना सदरमुकामको परिकल्पना गरेर १८६ बिगाहा जमीन एकीकृत पारे पनि यो सपनामै सीमित हुने होकी भन्ने आम चिन्ता बढेको जिल्ला समन्बय समितिका पुर्व प्रमुख चेसराम आले मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?