ट्रेंडिंग:

>> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र

दाङमा महिलाहरुद्वारा व्यावसायिक चप्पल उत्पादन र बिक्री सुरु

१७ श्रावण २०८०, बुधबार
१७ श्रावण २०८०, बुधबार

बुटवल, १७ साउन ।

दाङको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् । गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशील समूह र लालीगुराँस उद्यमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय शुरु गरेका हुन् ।

आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुल नाराका साथ गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल उत्पादन व्यवसायको सुरु भएको पालिका अध्यक्ष यमनारायण पोखरेलल जानाकारी दिए ।

सिप सिकेर आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिका उद्यमशील विकास शाखाको आयोजनामा कोठरीका महिलाहरुलाई चप्पल उत्पादन सम्बन्धी तालिम दिइएको थियो । तालिम पश्चात महिला समूहका सदस्यहरु मिलेर पैसा संकलन गरी उत्पादन गर्न थालेको सिर्जनशील लघु उद्यमशिल समूहका सचिव संगिता चौधरीले जानकारी दिईन् ।

घरको काम सकेर फुर्सदको समयलाई सदुपयोग गर्दै महिला दिदिबहिनीहरु मिलेर चप्पल उत्पादन व्यवसाय सुरु गरेको र पालिकाले विक्री वितरणको लागि समन्वयको भूमिका निभाईदिए आवश्यकता अनुसार उत्पादन गर्न सकिने सचिव चौधरीले बताईन् । “आफुहरुले गर्न सकिदैन कि भनेर डराएका थियौ तर पालिकले तालिमको आयोजना गरिदियो अब त सजिलै हरेक डिजाईनका चप्पल बनाउन सकिने भयौ”–सचिव चौधरीको भनिन् ।

समृद्ध गाउँपालिका बनाउने उद्देश्यले पालिकाले जीवपयोगी तालिमहरु सुरु गरेको सोही पालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताए । उनले पालिकाबासीलाई आत्मनिर्भर बन्नको लागि बिभिन्न खाले तालिमहरुमा करोडौको लगानी गरेको तर उत्पादनमुखी कार्यक्रम खासै नभएको बताउदै चप्पल उत्पादन व्यवसायले आफु अत्यन्त खुसी भएको बताए । पालिकाले पहिले तालिम र तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुलाई आवश्यकता अनुसारको थप तालिम लगायतका अन्य सबै खाले सहयोगका गर्न प्रतिबद्ध रहेको समेत अध्यक्ष पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?