Butwal Today

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्यास भने प्रतिसिलिण्डर १३० रुपैयाँ घट्यो

१६ श्रावण २०८०, मंगलवार
अ+
अ-

काठमाडौँ, १६ साउन ।

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्यवृद्धि गरेको हो।

निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले बढेको छ।निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ।

आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ।

त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ।