Butwal Today

एमालेले सुन तस्करीबारे उच्चस्तरीय छानवीन समिति गठनको अडान नछाडेपछि संसद वैठक एक साता स्थगित

१६ श्रावण २०८०, मंगलवार
अ+
अ-

काठमाडौं, १६ साउन । नेकपा एमालेले सुन तस्करीबारे उच्चस्तरीय छानवीन समिति गठनको अडान नछाडेपछि संसद वैठक एक साता सम्मका लागि स्थगित भएको छ ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको हो ।
मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिसभा बैठक २२ साउनको दिउँसो १ बजेका लागि तोकिएको छ ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । तर सत्तारुढ गठबन्धनले उक्त समिति गठन गर्न अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?