ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

नगर अस्पतालमा अन्तरङ्ग सेवा सुरु

१६ श्रावण २०८०, मंगलवार
१६ श्रावण २०८०, मंगलवार

नवलपुर, १६ साउन ।

नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ ।

यस अगाडि अस्पतालबाट बहिरङ्ग सेवा प्रदान हुँदै आएको थियो । १५ शैयाको नगर अस्पतालमा शुरुवातमा ७ शैयाबाट अन्तरङ्ग सेवा सञ्चालन हुने अस्पतालका प्रमुख नन्दलाल राना मगरले बताए । अस्पतालबाट यस अगाडि सर्पदंश, रेविज, प्रयोगशाला, प्रसुती लगायतका स्वास्थ्य प्रवाह हुँदै आएको थियो । अस्पतालमा आउने सेवाग्राहीको स्वास्थ्य उपचारलाई व्यवस्थित र थप प्रभावकारी बनाउन भिडियो एक्सरे सेवालाई नियमित र विशेषज्ञ सहितको स्वास्थ्य परिक्षण सेवा थप गर्ने योजनामा रहेको उनले बताए ।

मध्यविन्दु नगरपालिका र आसपासका स्थानीयहरुको लागि सहज स्वास्थ्य पहुँच स्थापना नगरपालिकाको प्राथमिकतामा रहेको नगर प्रमुख भिमलाल अधिकारीले बताए । निर्माणाधीन नगर अस्पतालको सुविधा सम्पन्न अस्पताल निर्माणको कार्य सम्पान्न भएपस्चात थप सेवाहरु समेत बिस्तार हुने उनले बताए । उनले नागरिकहरुलाई अस्पताल सम्म ल्याउने र उनीहरुको विश्वास जित्नेगरी सेवा प्रवाह गर्न समेत अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनका कर्मचारीहरुलाई अनुरोध गरेका छन । क्रमशः अस्पतालमा सेवा लिन आउने नागरिकहरुको संख्यामा बृद्धि भइरहेको भन्दै उनले नागरिक मैत्री सेवाप्रवाह हुनुपर्नेमा जोड दिएका छन् ।

मध्यविन्दु नगरपालिका पूर्व नगर प्रमुख चन्द्र बहादुर रानाले विगतको अवस्थाबाट हाल अवस्था सम्म आईपुग्दा विभिन्न चरणहरु पार गरेको स्मरण गर्दै नागरिकलाई प्रवाह गरिने सेवाको गुणस्तरीयता र विश्वनियतामा ध्यान दिनुपर्ने बताए । नगर अस्पताल निर्माण पश्चात सबै नागरिकलाई सहज सेवा प्रवाह हुने उनले विश्वास व्यक्त गरेका थिए ।

मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले विपन्न र ग्रामीण स्तरमा रहेका नागरिकहरु आर्थिक अवस्थाकै कारण स्वास्थ्य सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नहोस् भन्नेतर्फ सबैको ध्यान पुग्न आवश्यक रहेको बताए ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले अझैपनि आम नागरिकहरु स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा पुग्न नसकेको भन्दै स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सक्दा स्थानीय समुदायलाई उपचार वापत लाग्ने खर्च बोझको कमी संगै अस्पताल सञ्चालनमा समेत सहयोग पुग्ने बताए ।

साविकको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालमा स्तरोन्नती गरिए पश्चात पुरानै भवनबाट अस्पतालले आफ्नो सेवा प्रवाह गर्दै आएको छ । १५ शैयाको सुविधा सम्पन्न भवन निर्माणको चरणमा रहेको मध्यविन्दु नगर अस्पतालको भवन निर्माण सम्पन्न भएपश्चात सेवा प्रवाह थप प्रभावकारी हुने अस्पतालका उपाध्यक्ष अमृत प्रसाद ज्ञवालीले विश्वास व्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?