ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
विचार

श्रीकृष्ण कथामा मित्रताको अनुपम नमूना

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

कृष्ण चरित्रका मुख्य पात्रको रूपमा श्रीकृष्णलाई लिने गरिन्छ । कृष्णका बाल्यकालका लिलाहरू एक होइन अनेक पाइन्छन् । उनका बाललिला सुन्दा अनौठो लाग्नेखालका पाइन्छन् । तृणाबर्त बध, वकासुर वध, अघासुर वध, प्रलम्व वध, गोवर्धन पर्वत धारण लिला, अजिंगर वध, कंश वध जस्ता आचश्र्यलाग्दा लिलाहरू अनेकन पाइन्छन् । महाभारतको युद्धको लिला त झन परको कुरा भयो । सानो उमेरमा उनले कंशको वध गरेपछि उनका बावु बासुदेव र आमा देवकीले दुबै पुत्र कृष्ण र बलरामको ब्रतवन्ध गरिदिए । दीक्षामन्त्र दिनुसंगै वासुदेवले अवन्तिपुरीमा रहेका अति चर्चित गुरु सान्दीपिनीकहाँ शिक्षा आर्जनका निम्ति लिएर गए । त्यहाँ अध्ययन गर्ने अनेक बालकहरू थिए । जो सान्दिपिनी गुरुको समिपमा रहेर विद्यार्जन गरिरहेका थिए । गुरुका समिपमा जाँदा कृष्ण र बलराम साथैमा थिए । पहिलो दिनमै दुई भाइको साथीलाई गुरुकुलको नियमको वारेमा जानकारी दिनका लागि सुदामाको साथमा पठाइयो । सुदामा कृष्ण बलराम भन्दा केही समय पहिलेदेखि सोही गुरुसंग शिक्षा आर्जन गरिरहेका थिए ।

गुरु सान्दिपिनीको गुरुकुलमा सबै शिष्यहरूलाई एकनाशले हेर्ने र समान व्यवहार गर्ने गरिन्थ्यो । त्यहाँ कडा परिश्रम समेत गर्नुपर्दथ्यो । अध्ययनका अतिरिक्त कहिले वनमा पुगेर दाउरा लिएर आउनु, पाठशाला तथा त्यसको आँगन सफा गर्नु र सरसफाइमा ध्यान दिनु । विहान सबेरै उठेर योगाभ्यास गर्नु जस्ता कार्यहरू गर्नुपर्दथ्यो । पहिलो दिनमा सुदामाका साथमा कृष्ण र बलरामलाई पठाएपछि उनीहरूको भोक प्यास मेटाउनका लागि सुदामाले निकै ध्यान दिएर सेवागरे । यहीक्रममा कृष्णले सुदामालाई मित्र भनेर सम्वोधन गरेका थिए । सुदामा यो शब्द सुनेर आश्चर्यमा परेका थिए । कृष्णले आफ्नो मित्रता जीवनभर रहने भनेर बाचा गरेका थिए । यो बाचाले सुदामाको मनमा कृष्णप्रति थप प्रेम भावना जागेको थियो ।

सुदामा ब्राह्मण कुलका थिए, कृष्ण राजघरानाका थिए । कृष्ण र सुदामाको मित्रताले उनीहरू एउटै कुलघरानाका हुन भन्ने जस्तो लाग्दथ्यो । पढ्ने समयमा कहिले सुदामाले कृष्णलाई भविष्यको कल्पना गरेर पनि केही कुरा गर्दथे । कृष्णले भविष्यमा पनि आफ्नो मित्रता दिगो रहने वचन दिईरहन्थे । शिक्षा आर्जनपछि कृष्ण मथुरा फिर्ता पुगे । केही समय पछि उनले द्वारकामा राजधानी सारे । त्यहाँको राजपाठको जिम्मा पनि उनको काँधमा आयो । उनलाई द्वारकाधिशका नामले पुकार्न लागियो । उता कृष्ण द्वारकाधिश बनेर अनेकन लिला गर्न लागे । यता सुदामाले आफ्नो पुराना सखाको सम्झना र सम्मानका निम्ति हरक्षण श्रीकृण जपना गरिरहन्थे । उनको बोलीमा सधै श्रीकृष्ण, श्रीकृष्ण रहन्थ्यो । उनको आर्थिक अवस्था अति नाजुक थियो । उनी आफू पनि शारीरिकरूपले केही कमजोर भएको हुनाले उनले आफ्नो परिवार पाल्नका लागि विभिन्न टोल छिमेकमा पुगेर भिक्षा मागेर ल्याउने र परिवारलाई भरण पोषण गर्ने गर्दथे । आर्थिक अवस्था अति कमजोर भएको हुनाले उनकी श्रीमतीले शरीरमा लगाउने कपडा टालो हालेर लगाउँदा त्यो कपडाका टालाहरूले रंगीविरंगी देखिन्थ्यो । त्यो भेष देखेर छिमेकीहरूले उनलाई गिज्याउँथे । उनी त्यो अपमान सहन वाध्य थिइन ।

सुदामाले हरक्षण श्रीकृष्ण भनिरहने हुनाले सुदामाकी श्रीमतीले कृष्णलाई भेट्न जान र आफ्ना कुरा सुनाउन आग्रह गरिन । तर सुदामाले मित्रसंग आफ्नो दर्द देखाउन जान आनाकानी गरे तर उनकी श्रीमतीले बढ्ता कर गरे पछि सुदामा कृष्णलाई भेटन जान राजी भए । जाँदा के लिएर जाने भन्ने अर्को चिन्ता भयो । सुदामाकी श्रीमतीले टोलमा पुगेर थोरै कनिका मागेर ल्याइन र कृष्णलाई उपहार दिनका लागि श्रीमानका हातमा थमाइन । सुदामा आफ्ना बालसखा कृष्णलाई भेट्नका लागि द्वारका पुगे । विभिन्न चोक चोकमा सुरक्षा व्यवस्था थियो । सुदामाले आफू कृष्णको बालसखा भएकाले कृष्णलाई भेटन आएको कुरा सुनाए । उनको शरीरमा एउटा धोती थियो । त्यो पनि अति जीर्ण । ठाउँ ठाउँमा फाटेको थियो । उनको पोशाक देखेर द्वारकाका वासिन्दाले मानसिक सन्तुलन गुमाएको ब्यक्ति सम्झिए । यस्तो मानिस कृष्णको सखा हुन सक्दैन भनेर उनको खिल्ली उडाए । कृष्णलाई भेटन दिने वातावरण बनाउनुको साटो उनको मानसिक दुर्वलता रहेको ठान्न पुगे । सुदामा द्वारकामा पुगेको खवर कुनै माध्यमबाट कृष्णको कानमा पुग्यो । कृष्ण आसनबाट उठेर खाली खुट्टा सुदामालाई भेटन सहरमा दौडन लागे । उनी सुदामालाई पुकार्दै .दौडिए । उनी खाली खुट्टा दौडिएको देखेर द्वारकावासी आश्चर्यमा परे । सुदामा निकै टाढा पुगेका थिए । कृष्णले निकै मेहनत गरेर सुदामालाई भेटन पुगे । नागरिकहरू द्वारका नगरमा यत्रतत्र थिए । त्यसको प्रवाह नगरेर कृष्णले सुदामालाई चौबाटोमा अंकमाल गरे । दर्शकहरू तीनछक परे । कहाँको द्वारकाधिश कहाँको सुदामा ? कृष्णले उनलाई आफ्नो कक्षमा लिएर गए । यो घटना देख्नेहरूका लागि सपना देखे जस्तो भयो । केहीले त यो के देख्नु परेको भनेर समेत भने तर केही ज्ञानीहरूले बालसखाको विश्लेषण गरेर मित्रताको चरम चुली देखेर हर्षित भए ।

आफ्नो कक्षमा लगेर कृष्णले सुदामालाई स्नान गराए । नयाँ वस्त्र दिएर मित्रताको थप प्रमाण दिलाए । आफूले सुदामाले चाहना गरेको कुरा सोधे तर सुदामाले आफू कुनै वस्तु लिन नआएको कुरा सुनाए । सुदामाले आफू लिन आएको नभइ दिन आएको भनेर आफ्नी श्रीमतीले दिएको कनिका कृष्णको हातमा दिए । कृष्णले त्यो कनिका अति स्वादिष्ट ठानेर खानलागे । उनकी श्रीमती रुक्मिणी र सत्याभामाले समेत अति स्वादिष्ट वस्तु ठानेर ग्रहण गरे । यो कुरा शहरभरी हावासरी फैलियो । त्यो मैलो हेर्दा मानसिक सन्तुलन गुमाएको जस्तो देखिने सुदामालाई खाली खुट्टा लिन जाने अनि आफू सक्दो सेवा गर्नु । साथमा उनले लिएर आएको कनिका नपकाई अति स्वादिष्ट वस्तु ठानेर ग्रहण गर्नु जस्ता कुरा जसले मित्रताको अर्थ जान्न सक्दैन उसले आश्चर्य ठान्दछ भने मित्रताको मर्म जानेको र बुझेको व्यक्तिले यसमा पनि कमी देख्दैन होला ।

ज्ञानीहरूले कहिलेकाँही विभिन्न स्थानमा प्रसंग चलेको समयमा सुदामाको कनिका भनेर उदाहरण दिने गर्दछन । कृष्णको कथा यो सत्य होला वा नहोला तर मित्रताको कथालाई एक पटक मनन गर्न जरुरी छ जस्तो लाग्दछ । लौ एकपटक आफूले आफूलाई कसी लगाऔं । आफ्ना सखा जो जस्तो अवस्थामा छ या जस्तो पेशा व्यवसाय गरेर जीवन निर्वाह गरेको छ । उसलाई मैले कसरी हेरेको छु र कस्तो व्यवहार गरेको छु ? हाम्रा पनि कतिपय बाल सखाहरू हुनुहुन्छ । उहाँहरू कति उच्च ओहदामा पुगिसक्नु भएको छ । सुकिला मुकिला हुनुहुन्छ । कहिले लाग्छ हामीसंग साथैमा बस्दा उहाँहरूलाई असहज लाग्छ होला । उहाँहरूको उचाइ कति माथि छ ? थाहा छैन तर बालसखा भन्न पनि गाह्रो लाग्छ होला । एक समयको कुरा हो– शहरमा बस्ने एउटा छोराले आफ्ना बाबुलाई साथीसंग चिनाउन खोज्दा सर्भेन्ट भनेको थियो रे । आफ्ना बावुलाई बावु नभनेर सर्भेन्ट भन्नेले आफ्नो त्यस्तै हैसियतको साथीलाई के भन्ने गर्दा हुन ? यस्ता प्रश्नहरू कहिलेकाँही मनमा उब्जने गर्दछन् । मित्रता कपडामा नापिदैन् । टल्कने जुत्तामा मित्रता हुँदैन । सुकिला मुकिला पोशाकमा मित्रता हुँदैन । मित्रता केवल सुदामाको कनिकामा हुने गर्दछ । कृष्ण जस्तो मित्र भेटियो भने सुदामा जस्ता बालसखाको उद्धार समेत हुन जानेछ । वास्तविक मित्रताको यो उपमा हो भन्ने लाग्दछ । धन्यवाद !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?