Butwal Today

प्रतिनिधिसभाको बैठक बस्दै, टोपबहादुरको सांसद पद निलम्बन गरिने

१५ श्रावण २०८०, सोमबार
अ+
अ-

काठमाडौं, १५ साउन ।

आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​

गत प्रतिनिधिसभाकाे निर्वाचनमा अर्घाखाँचीकाट निर्वाचित रायमाझीलाइ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे भन्दै काठमाडौं जिल्ला अदालतले गत असार १ गते पुर्पक्षका लागि कारागार पठाउने आदेश जारी गरेकाे थियाे ।

उनलाइ नेकपा एमालेले पनि एमाले सचिव पदबाट निलम्बन गरी सकेकाे छ । अब के हुन्छ, अर्घाखाँचीमा ? प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा सांसद निलम्बनमा पर्ने प्रावधान छ ।

अदालतबाट यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले सांसदको हैसियतमा कुनै गतिविधि गर्ने पाउनेछैनन् । उनले निलम्बित अवधिको पारिश्रमिक र अन्य सेवा सुविधासमेत पाउनेछैनन् । संसद्को यो कार्यकालभित्र मुद्दाको अन्तिम फैसला भएर उनी दोषी ठहर भए उनको पदै जान्छ र उनी निर्वाचित क्षेत्रमा उपनिर्वाचन हुन्छ ।