ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

शिवालयमा साउनको रौनक नै बेग्लै

१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

स्याङ्जाकी ७५ वर्षीय तीर्थकुमारी खनाल शिवको पुजा र जलार्पणको लागि सोमबार बिहानै सिद्धबाबा मन्दिर पुगिन् । उनी दुई नातिनीहरुलाई साथमा लिएर मन्दिर दर्शन गर्न त्यहाँ पुगेकी हुन् । तर मान्दिर भिडभाड र गाडीको ओहोर दोहोर, त्यहीमाथि मन्दिर परिसर हिलाम्य र आफु वृद्धा पनि भएको कारण लामो समय उभिन सकिनन् र जलार्पण गर्न पनि पाईनन् । बाहिरबाटै दर्शन गरेर फर्किइन् । ‘बिहानैदेखि धेरै लामो लाइन छ । भित्र गएर पूजा गर्न त पाएनौँ । बाहिरबाटै दर्शन गरेर फर्किन लागेका छौ । शिवको पूजा मनको सन्तुष्टी र भगवान प्रतिको बिश्वास र आस्थाले नै हामी अगाडि बढ्न सकेका छौँ’–उनले भनिन् ।

सिद्धबाबा मन्दिर परिसरमा बिहान ४ बजेदेखि नै भक्तजनहरु पूजा एवं शिवको दर्शनका लागि लाममा बसे । लाईनमा बसेका दर्शनार्थी संजय कुमार जौसवाल भारतको गोरखपुरबाट शिवालय दर्शनको लागि सिद्धबाबा धाममा आए । उनले पहेँलो वस्त्र धारण गरी हातमा शिवलाई अर्पण गर्ने दुध र जौँ तिल मिश्रित जल कलशमा लिएर लाईन बसे । उनी आफै पनि भगवान शिवको भक्त भएको बताउँछन् । उनले बर्षभरीको सोमबार शिवको नाममा उपासन गर्ने बताए । तर साउन महिना भने धर्मशास्त्र अनुसार शिवको महिना भनिएका कारण पनि उनी महिनाभरी माछामासु नखाने र सोमबार शिवलाई बिशेष पुजा गरी शुद्ध जलार्पण गरेमा आफुले सोचेको मनोकामना पुरा हुने, व्यापार व्यवसायमा पनि सफलता प्राप्त हुने र परिवारमा सुख शान्ति र समृद्धि हुने बताउँछन् । ‘भगवान प्रतिको आस्था शिव प्रतिको बिश्वास धेरै छ, त्यसकारण साउन महिना र सोमबार बिशेष गरी मनाउँछौ’ भारतीय दर्शनार्थी जैसवाल बताउँछन ।

एलिसा थापा बिहानै भैरहवाबाट आएर दर्शन गरिन् । उनी कलेज पढ्ने विद्यार्थी हुन् । सोमवार भने बिहानको कलेज छोडेर उनी शिवालय दर्शनका लागि सिद्धबाबा आएकी थिइन् । उनी भन्छिन्, “साउने सोमबार शिवजीको पुजा गरे असल पति पाउने भन्ने धार्मिक बिश्वास छ तर साउन महिना शिवको पुजा गर्ने मनको शान्ति र आत्मसन्तुष्टि पनि हो ।”

“हामी हिन्दु धर्मावलम्बीहरुले साउनलाई बिशेष शिवको पुजा गरी मनाउने एउटा धार्मिक परम्परा रहेको छ । धर्म र संस्कृतीलाई बचाउन पनि हामी साउनमा शिवको बिशेष पुजा आरधान गर्नुपर्छ”–उनी भन्छिन् ।

साउन महिनाको सुरुवातीसँगै विभिन्न स्थानमा रहेका शिवालय मन्दिरहरुमा धार्मिक भाव जनाउने भजन किर्तनहरु घन्किएका छन् भने हरियो र पहेँलो वस्त्र धारण गरी शिवको पुजा आरधाना र जलार्पणको लागि श्रद्धालु भक्तजनहरुको शिवालयमा घुईचो लाग्ने गरेको छ ।

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । साउन महिना शिवजीसँग जोडिएको महिनाको रुपमा पनि मानिन्छ । विशेष गरी साउनको सोमबार शिवजीको पूजा आराधना र जलार्पण गरी व्रत बस्ने चलन छ ।

साउने सोमबार देशभरीका शिवालय मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्दछ । त्यस्तै रुपन्देहीमा रहेका बिभिन्न शिवालयहरुमा पनि बिशेष गरी साउन महिनामा बाह्य र आन्तरिक दर्शनार्थीको घुइँचो लागेको छ । उक्त स्थानहरुमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लाग्ने गरेको छ । भारतका विभिन्न प्रान्तहरुबाट पनि यहाँ शिवको पुजा आरधना गर्न आउनेहरुको भिड लाग्ने गर्छ ।

पाल्पा र बुटवलको संगम स्थलमा रहेको प्रसिद्ध धार्मिक मन्दिर सिद्धबाबा धाममा साउनको तेस्रो सोमबार पनि बिहानैदेखि भक्तजनहरुकाो भीड लागेको छ । यहाँ साउन महिनामा शिवालय दर्शन र शिवको पुजा आरधना गर्नका लागि मात्रै भए पनि भारतीय दर्शनार्थीहरु पनी आउने गर्दछन् ।

सिद्धबाबा धामका मूल पूरोहित नारायण प्रसाद घिमिरेका अनुसार साउन महिनामा अत्यधिक पानी पर्ने र वर्षातको समयसँगै नयाँ पालुवाहरु पलाउने र यसमै शिव रमाउने भएकाले शिवलाई जलधार गरे शितलता प्रदान हुने शास्त्रीय बिश्वास रहेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन र बोलबम यात्रा गरी साउनमा शिवको पुजा गरे पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने र विवाहित महिलाको हकमा श्रीमानको दीर्घायु र अविवाहितको लागि शिव जस्तै पति अर्थात असल पति पाईने भन्ने धार्मिक विश्वास रहेको उनले बताए । यो बर्षको साउन महिनाको पहिलो सोमवार सिद्धबाबामा २० हजार बढी भक्तजनहरु आएका थिए भने अहिले पनि दैनिक १५ सय हाराहारीमा दर्शनार्थीहरु आउने गरेको मन्दिरका मूल पूरोहित घिमिरेले बताए ।

त्यस्तै बुटवलको देविनगरस्थित श्रृङ्श्वेर मुक्तिनाथ धाममा पनि शिवजीलाई जलार्पण गर्ने भक्तजनहरुको भिड लागेको छ । बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवको आशिर्वाद प्राप्त गर्न भक्तजनको भीड लागेको हो । अधिक मासको भ्रमले विगतका बर्षहरुमा भन्दा यस बर्ष भने भक्तजनहरु अलि कम भएका छन । हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरीबाट ल्याएको जल वा धाराबाट निश्चल जल उठाई शिवलिङ्गमा जल चढाइरहेका छन् ।

साउन महिनाको सोमबार भगवान् शिवलाई जल चढाए पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, शैक्षिक प्रगति हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको तिलोत्तमाकी नम्रता खनालले बताईन् । त्यस्तै सैनामैनाकी ५५ वर्षीय सुमन कुमारी थापाले भने वर्षौ सम्म पनि आफ्नी छोरीलाई सन्तान प्राप्त नभएको कारण सन्तान प्राप्तीको लागि प्रत्येक वर्ष भगवान शिव पुज्ने गरेको बताउँछिन् । उनी भन्छिन्, “भगवानकै कारण परिवारमा सुख, खुसी र शान्ति छ । आशा छ उहाँले नै हाम्रो छोरीको मनोकांक्षा पनि पुरा गरिदिनुहुन्छ ।” विभिन्न विश्वास र आस्था बोकेर हिन्दु धर्मावलम्बीहरुले साउने सोमबार शिवालयहरुमा जाने शिवलाई जलार्पण गर्ने गरेको पाईन्छ ।

साउन महिनामा पवित्र कर्म गर्नाले असफल भएका कार्यहरुको सफलता मिल्ने विश्वास समेत रहेको आचार्य त्रिकालदर्शी ज्योतिष पण्डित दुर्गा प्रसाद उपाध्याय बताए । उनका अनुसार साउन र सोमबार शिवजीको उत्पत्य महिना र बार हो । यो महिना भगवान शिवलाई जल, दुध, मह, दही, चिनी र घ्युबाट स्नान गराएमा शिव छिटो प्रसन्न हुने र जसले गर्दा मनोकांक्षा पुरा हुन्छ र अरु दिन भन्दा अक्षय पुण्य फल प्राप्त हुने हुँदा साउनको महिमा र शिवको पुजा विशेष रहने गरेको छ ।

यस बर्ष साउन १ गते नै सोमबार परेको थियो ज्योतिषशास्त्र अनुसार ५ वटा सोमबार परेको बर्ष साउनमा व्रत बस्नु निकै राम्रो र फलदायी मानिन्छ ।

भगवान शिव र साउन महिनाको महिमा

साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिनाको रुपमा पनि मानिन्छ। यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। साउन शिवजीसँग जोडिएको महिना हो। साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ। पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन्।साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?