ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा धर्म, ज्योतिष तथा वास्तु सम्मेलन हुने

घोषणापत्र जारी गरी मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने
१५ श्रावण २०८०, सोमबार
१५ श्रावण २०८०, सोमबार

बुटवल, १५ साउन ।

हिन्दु धर्मावलम्बीहरुले मान्ने आशौच, ज्योतिषशास्त्र र वास्तुका विषयमा देखिएका विविध अन्यौलतालाई चिर्न बुटवलमा पहिलोपटक धर्म, ज्योतिष तथा वास्तु सम्मेलन २०८० हुने भएको छ ।

विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशको आयोजना तथा लुम्बिनी पुजा सामग्री भण्डारको सहआयोजनामा साउन १९ र २० गते दुई दिने सम्मेलन हुने भएको हो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी गराइएको हो । सिद्धार्थ कटेजमा हुने दुई दिने कार्यक्रमको तयारी पूरा भएको विश्व ज्योतिष महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जनार्दन न्यौपानेले बताए । देशभरबाट ५ सय बढी पण्डितहरु सहभागी हुने कार्यक्रममा नविकरण, आवश्यक तयारीहरु सबै पूरा भएको उनले बताए । काजकिरियालाई छोट्याउन मिल्ने वा नमिल्ने भन्ने विषयमा समाजमा बहस भैरहेको भन्दै उनले यस विषयमा गरुड पुराणमा विस्तृत व्याख्या रहेको बताए ।

एउटा मनुष्यको विकासक्रमको १० दिने विस्तृत ब्याख्या यसमा रहेको तर्क दिंदै उनले १३ दिन बार्ने कुरा वैज्ञानिक र तथ्यपूर्ण रहेको दाबी गरे । धर्मशास्त्र अन्तर्गत आशौच परिचय र निर्णयहरु प्रा. डा. देवमणि भट्टराई, ज्योतिषशास्त्र अन्तर्गत बैदेशिक यात्रा उप प्राध्यापक लक्ष्मीप्रसाद बराल तथा बास्तु र जीवनको बारेमा डा. माधवमंगल जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

यसैगरी कार्यक्रममा निष्कर्ष निकालेर घोषणापत्र समेत जारी गरिने र मुखपत्रका रुपमा पुस्तक प्रकाशन गरिने उनले बताए । यो सम्पूर्ण पण्डित र हिन्दु धर्मावलम्बीहरुलाई उपयोगी पुस्तक हुने उनले बताए । “धर्मसिन्धु, निर्णयसिन्धु जो विधि विधानका रुपमा रहेको पाउँछौ । त्यसकै आधारमा नै मतमतान्तर छन् । हजार वर्षअघि बनेको यो धर्मग्रन्थ विस्तृत रहेको छ”–उनले भने । हरेक क्षेत्रमा विकृति रहेको र केही रुपमा ज्योतिष क्षेत्रमा पनि देखिएको र यसलाई सुधार गर्ने अभियान थालेको उनले बताए । नेपाल पञ्चाङ्ग निर्णायक समिति अन्तर्गत रहेका परीक्षा प्रणालीमार्फत वर्ग छुट्टयाएर अधिकार दिनुपर्ने भन्ने कुरालाई जोड दिएको समेत उनले बताए । सम्मेलनमा भारतबाट समेत ज्योतिष आउने छन् ।

कार्यक्रममा महासंघका उपाध्यक्ष चेत नारायण सुवेदी, उपाध्यक्ष मनोहर घिमिरे, नेपाल ज्योतिष महासंघका केन्द्रीय सदस्य सुन्दर भण्डारीले नेपालमै पहिलोपटक सम्मेलन एक, विषय अनेक नारा दिएर कार्यक्रम गर्न लागेको बताए । हिन्दु धर्मावलम्बीहरुले १३ दिन बार्ने, धर्म विषयमा रहेर हाम्रो आफन्तको मृत्युमा बार्नुपर्ने के के हुन् भन्ने विषयको समाधान निस्कने बताए ।

प्रदेशस्तरीय २१ सदस्यीय समिति एक महिना अघि मात्र गठन भएको महासचिव कमल पौडेलले बताए । हाल प्रदेशमा १ हजार बढी पण्डित, ज्योतिषहरु रहेको उनले बताए । हाल महासंघमा ४७ देशका ज्योतिषहरु संगठित रहेका छन् । नेपालबाट नयाँ ज्योतिष तयार गर्ने र विश्वभरका ज्योतिषहरुलाई एकतावद्घ गराउने उद्देश्य रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?